राजनीति

राष्ट्रपतिको परामर्श जारी

काठमाडौँ ,२२ पुस।राष्ट्रपति रामवरण यादवले आज पनि राजनीतिक दलहरुसँग परामर्श जारी राख्ने भएका छन् । ठूला साना सबै दलका शीर्ष नेताहरुलाई शितल निवासमा बोलाएर छुट्टा छुट्टै भेटेर यादवले संविधानसभाको पहिलो बैठक आह्वान राष्ट्रपतिबाटै गर्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गराउदै आएका छन् । राष्ट्रपति यादवले आज सोमबार संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राई र दलिज जनजाती पार्टीका […]

२०७० पुष २२ गते, सोमबार

पार्टीको नेतृत्व फेर्नुपर्छ: पौडेल

काठमाडौ, २० पुस – एकीकृत नेकपा माओवादीका पूर्व पोलिटब्युरो सदस्य देवेन्द्र पौडेल सुनिलले पार्टीको नेतृत्व फेर्नुपर्ने बताएका छन् ।रिपोर्टर्स क्लवमा भएको कार्यक्रममा नेता डा.बाबुराम भट्टराई निकट मानिने नेता पौडेलले नेतृत्व र नीति असफल भएकाले अब नेतृत्व परिवर्तन गर्नुपर्ने बेला आएको बताए । उनले संविधानसभा चुनावको परिणामले नेतृत्व असफल देखाएकोले अब पार्टीभित्र नेतृत्व परिवर्तनको मुद्दा औपचारिक […]

२०७० पुष २० गते, शनिबार

हत्यारालाइ सभासद बनाइयो : वली

काठमाडौं,१६ पुस – एकीकृत नेकपा माओवादीका नेता हेमन्तप्रकाश वलीले एमाओबादीले हत्यारा लाइ सभासद बनाएको बताएका छन् । उनले जनयूद्धमा आफ्नी छोरीको हत्या गर्ने पूर्व प्रहरी महानिरिक्षक रविन्द्र प्रताप शाह आफ्नो स्थानमा समानुपातिक सभासद भएको भन्दै पार्टीलाई निर्णय सच्याउन आग्रह गरेका छन् ।रिपोर्टर्स क्लवले काठमाडौंमा गरेको साक्षात्कारमा वलीले पार्टीले यस्ता गल्ती तत्काल नसच्याए भावी परिणाम राम्रो […]

२०७० पुष १६ गते, मंगलवार

कांग्रेस राष्ट्रिय मेलमिलाप दिवस मनाउदै

काठमाडौं, १६ पौष । नेपाली कांग्रेसले आज वीपी कोइरालाले अघि सारेको राष्ट्रिय मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाउंदै छ । नेपाली कांग्रेसका संस्थापक नेता वीपीले आठ बर्ष लामो भारत निर्वासनपछि २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको आव्हानसहित स्वदेश फर्किएको सम्झनामा यो दिवस मनाउने गरिएको छ ।तत्कालीन पञ्चायती ब्यवस्थाले आफुविरुद्ध लगाएका विभिन्न मुद्धाको पर्वाह […]

२०७० पुष १६ गते, मंगलवार

सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई जरिवाना

काठमाडौ, १५ पुस- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने ५० हजारभन्दा बढी राष्ट्रसेवक कर्मचारीलाई कानुनअनुसार जनही पाँच हजार रुपैयाँका दरले जरिवाना गरेको छ । राष्ट्रिय सतर्कता केन्द्रले यसै साता विभिन्न तहका सरकारी कर्मचारीले सम्पत्ति विवरण नबुझाएको सार्वजनिक गरेको थियो । अख्तियारले आइतबार विज्ञप्ति जारी गरी उनीहरूलाई ३० दिनभित्र ५ हजार रुपैयाँका दरले जरिवाना अनिवार्य […]

२०७० पुष १५ गते, सोमबार

भारतद्वारा महाकाली नदीमा तटबन्ध निर्माण

काठमाडौं, १४ पुस -भारतीय सुरक्षा बल एसएसबीले महाकाली नदी किनारमा तटबन्ध निर्माण सुरु गरेको छ । भारतीय पक्षले नदी किनारमा एकलौटी तरिकाले तटबन्ध निर्माण गर्न सुरु गर्दासमेत नेपाली पक्ष मौन छ । भारतीय सीमा सुरक्षा बलले नदी किनारमा तटबन्ध निर्माण गरिरहेको दृश्य नेपाली पक्षले मुकदर्शक भएर हेरिरहेको छ, र त्यसका विरुद्धमा आवाज उठाउने हिम्मत कसैसँग […]

२०७० पुष १४ गते, आईतवार

आन्दोलनको विकल्प छैन : गुरुङ

काठमाडौं, १३ पौष । नेकपा–माओवादीका सचिव देव गुरुङले ४ राजनीतिक दलसँग वार्ताको सम्भावना क्षीण बन्दै गएकाले आन्दोलनको विकल्प नभएको बताएका छन् । क्रान्तिकारी पत्रकार महासंघ लमजुङले आज गरेको पत्रकार भेटघाटमा नेता गुरुङले अहिलेको संविधानसभा निर्वाचनको कुनै औचित्य नभएको बताए । औचित्य नभएको संविधानसभाले जारी गरेको संविधानको पनि औचित्य नहुने भएकाले आफूहरुले त्यसलाई नमान्ने उनले बताए […]

२०७० पुष १३ गते, शनिबार

हिन्दु राष्ट्र माग गर्दै सिरहा बन्द

काठमाडौं,१३ पुस ।नेपाललाई हिन्दु राष्ट्र घोषणा हुनु पर्ने मांग गर्दै शनिबार सिरहा बन्दको आह्वान गरिएको छ ।गौवंश हत्या सर्वत्र वन्द गरियोस् र नेपाललाई संवैधानिकरुपमा हिन्दू राष्ट्र घोषणा गरियोस् भन्ने माँग सहित बन्दको अह्वन गरिएको बैदिक सनातन हिन्दू तथा गौवंश संरक्षण संधर्ष समिति, सिरहाले जनाएको छ ।गत मंगलबारदेखि सिरहाको लहान स्थित सहिद चौकनजिक पंडित श्रीनिवास आचार्य […]

२०७० पुष १३ गते, शनिबार

संकट निकासको लागि राजनीतिक सभा अनिबार्य : किरण

काठमाडौ, ११ पुस – नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणले दलका शीर्ष नेताहरू उच्चस्तरीय राजनीतिक सभामा बसी राजनीतिक निकास खोज्नुपर्ने बताएका छन् । आफूहरूले पहिलेदेखि नै भन्दै आएको गोलमेच सभाकै विकसित रूपमा त्यसलाई अथ्र्याउँदै उनले त्यसो नभए कुनै प्रक्रियामा सामेल नहुने अडान राखेका छन् ।संविधान निर्माणमा सघाउन ठूला दलका शीर्ष नेताहरू रहने समिति गठन गर्ने सहमतिलाई […]

२०७० पुष ११ गते, बिहीबार

‘मलाई मेरा मित्रहरुबाट बचाऊ’: बाबुराम

काठमाडौं,१० पुस । एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले पार्टीभित्र एउटै मानिस पदमा दुई कार्यकालभन्दा बढी बस्न हुँदैन भन्ने आफ्नो धारणा फेसबुकमार्फत् सार्वजनिक भए लगत्तै उनले प्रशंसा र आलोचना दुवै खेप्नु परिरहेको छ ।डा. भट्टराईले पार्टीको औपचारिक वैठकमा उक्त प्रस्तावलाई पेस नगरेपनि पार्टीभित्रबाटै उनको उक्त धारणाको धेरै आलोचना भएको पाइएको छ । एमाओवादी अध्यक्ष प्रचण्डका […]

२०७० पुष १० गते, बुधबार