राजनीति

टेलिकमले साझेदारी भित्राउन सक्ने

काठमाडौं , १८ असोज । सूचना तथा सञ्चार मन्त्रालयबाट गएको प्रस्तावमा छलफल गर्दै मन्त्रिपरिषदको वैठकले नेपाल टेलिकमलाई साझेदारी भित्राउन स्वीकृति दिने निर्णय गरेको छ । यस निर्णयसँगै टेलिकमलाई रणनीतिक साझेदार भित्राउन बाटो खुल्ला भएको छ ।निजी क्षेत्रका दूरसञ्चार सेवा प्रदायक कम्पनीसँग प्रतिस्पर्धात्मक क्षमता विस्तार गर्न टेलिकममा रणनीतिक साझेदारी भित्राउने तयारी गरिएको थियो । साझेदार भित्राउने […]

२०७० आश्विन १८ गते, शुक्रबार

अरुण पूर्व अनिश्चितकालीन बन्द

इलाम , १८ असोज- संघीय लिम्बुवान राज्य परिषदले पूर्वमा अनिश्चितकालीन बन्दको आह्वान गरेको छ । पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाईको माग गर्दै बन्द आह्वान गरिएको विज्ञप्तिमा भनिएको छ । बन्दको कारण अरुण पूर्वका ९ जिल्लाको जनजीवन प्रभावित भएको छ । यातायात सञ्चालनमा आएको छैन भने शैक्षिक संस्था, बजार र उद्योग पनि ठप्प छन । बन्दले […]

२०७० आश्विन १८ गते, शुक्रबार

विश्व अहिंसा दिवस मनाइदै

काठमाडौं, १६ असोज। आज विश्व अहिंसा दिवस, नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइदै छ । संयुक्त राष्ट्र संघको आह्वानमा भारतीय अहिंसावादी नेता महात्मा गान्धीको जन्मदिनको अवसर पारेर राष्ट्रसंघ आवद्ध मुलुकहरुमा हरेक बर्ष अक्टोबर २ अर्थात आजकै दिन विश्व अहिंसा दिवश मनाइदै आइएको छ।अहिंसा दिवसका अवसरमा शान्ति र अहिंसाको क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाले राजधानी लगायत […]

२०७० आश्विन १६ गते, बुधबार

डिभीको आबेदन खुल्यो

काठमाडौं, १५ असोज । अमेरिका जानेको लागि सन २०१५ डाइभर्सिटी भिसा डिभी कार्यक्रमको आबेदन आजबाट खुल्ला गरेको छ । डिभी चिट्ठा फाराम भर्नको लागि एक महिनाको अवधि दिइएको छ । आगामी कात्तिक १६ गतेसम्म डिभी चिट्ठा आवेदन पठाउन सकिने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । डिभी चिट्ठामा सहभागी हुन कुनै शुल्क नलाग्नेबारे अमेरिकी दूतावास सबै […]

२०७० आश्विन १५ गते, मंगलवार

हेलो सरकारमा उजुरीको चाङ्ग

काठमाडौं, १४ असोज – सरकारले दुई वर्षअघि स्थापना गरेको हेलो सरकारमा दिनहुँ थरीथरीका समस्या चाङ लाग्ने गरेका छन् ।सरकारले धेरै काम भएको दावी गरेपनि यस्ता गुनासा सम्बोधन भएको नागरिकले प्रत्यक्ष अनुभूति गर्न पाएका छैनन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव कृष्णहरि बास्कोटाका अनुसार भदौ महिनामा हेलो सरकारमा यस्ता गुनासा परेका थिए:विदेशबाट पति झिकाई पाउँ । लोडसेडिङ्गको […]

२०७० आश्विन १४ गते, सोमबार

क्रान्तिकारी यातायात मजदूर संघद्वारा आन्दोलनको घोषणा

काभ्रे, १४ असोज ।नेकपा–माओवादीको भातृ संगठन अखिल नेपाल क्रान्तिकारी यातायात मजदूर संघले आन्दोलनका क्रममा काभ्रेको धुलिखेलमा बसमा आगो लगाएको आरोपमा आफ्ना कार्यकर्ता पक्राउ परेपछि रिहाइको लागि आन्दोलनको घोषणा गरेको छ । यातायात मजदूर संघले पक्राउ परेका आफ्नो साथि रमन परियारलाई रिहा गर्न माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । संघले विज्ञप्ति जारी गर्दै तत्काल […]

२०७० आश्विन १४ गते, सोमबार

सेना परिचालन रोक्न संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण

काठमाण्डौ,१३ असोज ।नेकपा-माओवादीले संविधानसभा चुनावमा सरकारले सेना परिचालन गर्न लागेको भन्दै संयुक्त राष्ट्रसंघलाई पत्र पठाएको छ । ललितपुरमा संयुक्त राष्ट्रसंघका आवसीय प्रतिनीधि जेमी म्याक गोडिरकसँगको भेटमा नेकपा–माओवादीले चुनावमा सेनापरिचालन शान्ति सम्झौताको उल्लघंन भन्दै ध्यानाकर्षण गराउनका राष्ट्रसंघका महासचिव मुनलाई पत्र पठाएको हो ।हाम्रो उद्देश्य सेना परिचालन रोक्नु नै हो तर पत्रमा शान्ति सम्झौता भंग हुन भएकाले […]

२०७० आश्विन १३ गते, आईतवार

आयल निगमका कर्मचारी संगठनका अध्यक्ष न्यौपाने पक्राउ

काठमाडौं, ११ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम संचालक समितिका सदस्य एवं कर्मचारी संगठनका अध्यक्ष देवीप्रसाद न्यौपानेलाई पक्राउ गरेको छ ।आयल निगम घाटामा रहेको बेला बोनस बाँडेर भ्रष्टाचार गरेको आरोपमा कार्यकारी निर्देशन सुरेश अग्रवालका उच्च अधिकारीलाई अख्तियारले पक्राउ गरेपछि कर्मचारीहरु आन्दोलनमा छन् । बोनस बाँड्ने निर्णयमा संलग्न न्यौपानेले अनुसन्धानमा बाधा पुर्‍याउने गरी […]

२०७० आश्विन ११ गते, शुक्रबार

अनेरास्ववियुको अध्यक्षमा मल्ल

काठमाडौं ,११ असोज – अनेरास्ववियुको अध्यक्षमा किशोर विक्रम मल्ल निर्वाचित भएका छन्। काठमाडौंमा जारी २१ औ महाधिवेशनमा मल्ल र लक्ष्मण लम्साललाई बीच प्रतिस्पर्धा भएको थियो । महासचिवमा रचना खड्का र नविना लामा बीच भएको प्रतिस्पर्धामा नविना लामा महासचिव पदमा निर्वाचित भएकी छन् । उपाध्यक्षमा ऐन महर, दीपक गौतम थोमस बास्तोला विजयी भएका छन्। सचिवमा भने […]

२०७० आश्विन ११ गते, शुक्रबार

एमाओवादीका केन्द्रीय सल्लाहकारद्वारा परित्याग

काठमाडौं । एमाओवादी पार्टीभित्र हुर्कदै गएको गैर क्रान्तिकारी चरित्र, गैर कम्युनिष्ट व्यवहार र र्सवहाराकरणको सामान्य सिद्धान्तबाट समेत च्यूत हुँदै गएपछि सो पार्टी परित्याग गर्ने क्रम बढ्दै गएको छ । यसै क्रममा एनेकपा माओवादीको केन्द्रीय सल्लाहकार परिषदका सदस्य नवराज शर्मा तिमल्सिनाले पार्टी परित्यागको घोषणा गरेका छन् ।मकवानपुरको हेटौडामा बस्दै आएका शर्मा नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि […]

२०७० आश्विन १० गते, बिहीबार