समाज

अविरल बर्षा र बाढी पहिरोको बितन्डा

काठमाडौँ । अविरल बर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु बजार क्षेत्रमा आएको बाढीका कारण ७ जना बेपत्ता भएका छन् । हेलम्बुमा रहेको नेपाली सेना, नेपाल प्रहरीको क्याम्प, मेलाम्ची खानेपानी आयोजनास्थल लगायतमा क्षति पुगेको र सातजना बेपत्ता भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रकाश सापकोटाले संसारन्युजलाई जानकारी दिएका छन् । ‘अहिलेसम्म ७ जना बेपत्ता भएको […]

२०७८ असार २ गते, बुधबार

‘ गैरकानुनी रूपमा नदीजन्य पदार्थ उत्खननकार्य रोक’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मेचीनगर नगर कमिटी, झापाले पहुँच र पावरको दुरुपयोग गर्दै प्राकृतिक सम्पत्तिको गैरकानुनी रूपमा नदीजन्य पदार्थ उत्खनन र आर्थिक हिनामिना लगायतका कार्यमा करोडौँ राजस्व छली गरेको, फर्जी बिल बनाएको र जिम्मेवार व्यक्तिहरू संलग्न रहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । मेचीनगर नगर कमिटी इन्चार्ज जितुले सोमबार प्रेस विज्ञप्तिमार्फत गैरकानुनी रूपमा […]

२०७८ असार १ गते, मंगलवार

मेलम्चीको पानी करिब दुई महिना नआउने : खानेपानी वितरणको तालिकामा फेरबदल

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले काठमाडौं उपत्यकामा करिब दुई महिना मेलम्चीको पानी नआउने बताएको छ । मेलम्चीको सुरूङ खाली गर्ने तथा मर्मत संहारका कारण नियमित आउँदै गरेको दैनिक १७ करोड लिटर पानी नआउने भएको हाे । उपत्यकामा पानी नआउने भएपछि खानेपानी लिमिटेडले खानेपानी वितरणको तालिकामा फेरबदल गरेको छ । मेलम्चीकाे सुरूङ खाली गर्ने तथा […]

२०७८ जेष्ठ ३१ गते, सोमबार

६० र ६१ वर्षकालाई कोरोना खोप लगाइदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित भएको कार्यक्रम आजदेखि दुई दिन सञ्चालन हुने जनाएको छ । भेरोसेल खोपको पहिलो मात्रा लगाउन छुटेका ६० र ६१ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउन सुरु गर्न जिल्ला स्वास्थ्य कार्यालय काठमाण्डौले परिपत्र गरेअनुसार पुनः खोप कार्यक्रम सञ्चालन गर्न लागिएको महानगरपालिकाको सहरी स्वास्थ्य तथा […]

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता थप !

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकरीहरुको बैठकले उपत्यकामा एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको छ। । बैठकले जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय गरेको हो । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले एक साता निषेधाज्ञा लम्ब्याउने र थपिएको निषेधाज्ञामा केही प्रावधान खुकुलो बनाउने निर्णय गरेको बताइएको […]

२०७८ जेष्ठ ३० गते, आईतवार

श्रीमतीमाथि एसिड प्रहार !

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ कि ३८ वर्षिया दिपिका विक माथि एसिड प्रहार भएको हो । विकलाई उनकै श्रीमान दिपक विकले एसिड प्रहार गरेका हुन् । घरमा झगडा परेपछि केही छिन बाहिर गएका दिपकले बोतलमा केही चिज ल्याएर छ्याप्न खोज्दा दीपीकाले खोस्ने प्रयास गरेकी थिइन् । सोही क्रममा उनको हात र पेटको […]

२०७८ जेष्ठ ३० गते, आईतवार

सिद्धार्थ राजमार्ग अबरुद्ध

काठमाडौँ । गए रातिदेखि परेको अविरल वर्षको कारण सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा पोखरा सडकखण्डस्थित भालुपहाडमा माथिबाट खसेको पहिरोले गर्दा राति २ बजेदेखि याातायात अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा रुपन्देही, पाल्पा र पोखराबाट राजगार्ग हुँदा पहाडि जिल्लामा आउने र तराई जाने सम्पूर्ण सवारी साधन बाटोमै रोकिएका छन् । भालुपहाडमा माथिबाट ढुगांसहितको ठूलो पहिरो खस्ने […]

२०७८ जेष्ठ ३० गते, आईतवार

आज बालश्रम विरुद्वको अन्तराष्ट्रिय दिवस

काठमाडौं । आज बालश्रम विरुद्वको अन्तराष्ट्रिय दिवस । कोरोना महामारीको बीच भर्चुअल माध्यमबाटै भएपनि बालश्रम रोकथाम तथा बालकालिकाको अधिकारका लागि विश्वभर विभिन्न कार्यक्रम आयोजना गरेर यो दिवस मनाइदैँछ । नेपालको संविधानले कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा अन्य जोखिमपूर्ण काममा लगाउन बन्देज लगाएको छ ।बालबालिका सम्बन्धी ऐन, २०७५ ले १८ वर्ष मुनिका व्यक्तिलाई बालबालिका भनेर […]

२०७८ जेष्ठ २९ गते, शनिबार

उखु किसानले मल पाएनन् !

काठमाडौं । सर्लाहीका किसानले उखु खेतीका लागि मल हाल्ने समय भएपनि मल नपाएको गुनासो गरेका छन । मलका लागि किसानहरू कहिले कृषि सहकारी संस्था त कहिले कृृषि सामग्री तथा साल्ट ट्रेडिङमा पुग्ने गरेका छन् । वर्षासँगै किसानलाई उखुमा मल हाल्ने चटारो हुन्छ  तर सर्लाही प्रशासनले जेठ २० गते सूचना जारी गर्दै अनुदानमा आधारित मलको कोटाभन्दा बढी […]

२०७८ जेष्ठ २८ गते, शुक्रबार

कोरोनाबिरुद्ध सरसफाई अभियान र जनचेतनामुलक कार्यक्रम

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कालिकोटले कोभिड १९ बिरुद्ध सरसफाई अभियान र जनचेतना मुलक कार्यक्रमको सुरु गरेको छ। सो कार्यक्रमको उद्घाटन कालिकोटको पचालझरना कोटिला स्कुलबाट गरेको बताइएको छ। नेकपा कालिकोट जिल्ला ईन्चार्ज एबं केन्द्रीय सदस्य बिराट, जिल्ला सेक्रेटरी रणदिपलगायत तखत र लोचन को उपस्थितीमा कोटिलाका ६० घरधुरीलाई साबुनलगायत स्वास्थ्य सामग्री बितरण गरिएको बताइएको छ । […]

२०७८ जेष्ठ २७ गते, बिहीबार