समाज

यार्सा संकलनमा रोक !

काठमाडौं, २३ जेठ । बझाङको सुर्मा गाँउपालिकाका स्थानीय बासिन्दाहरुले धनसेरी वनमा हिउँ नपग्लिएको भन्दै जेठ ३० गतेसम्मका लागि यार्सा संकलन गर्न रोक लगाएका छन् । यार्सा संकलनमा स्थानीय बासिन्दाहरु मिलेर रोक लगाएपछि यार्सा संकलन गर्न लेक गएका सबै स्थानीय घर फर्केका छन् । जेठ ३० गतेसम्म कसैले यार्सा संकलन गरेको फेला परे समितिले गरेको निर्णय […]

२०७६ जेष्ठ २३ गते, बिहीबार

आज इद उल फित्र पर्व

काठमाडौं, २२ जेठ । मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै छन् । अरबी पात्रो हिजरी सम्वतअनुसार दशौँ महिनाको पहिलो दिन आज मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशिर्वाद लिएर इद उल फित्र पर्व मनाउने चलन छ । विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिने तथा आफूभन्दा सानालाई आशीर्वाद […]

२०७६ जेष्ठ २२ गते, बुधबार

ज्योतिष अर्जुन क्षेत्री प्रकाउ

काठमाडौं, २१ जेठ । ज्योतिष अर्जुन क्षेत्रीलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले प्रकाउ गरेको छ । ज्योतिष अर्जुनलाई विभिन्न युट्युब च्यानलमार्फत विनाशकारी भूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाएको अभियोगमा पक्राउ गरेको प्रहरीले बताएको छ। काठमाडौंको गौशालाबाट पक्राउ गरी अर्जुनमाथि अनुसन्धान सुरु भएको जनाइएको छ ।

२०७६ जेष्ठ २१ गते, मंगलवार

मिथिलाञ्चलमा ‘वटसावित्री’ मनाइदै

काठमाडौं, २० जेठ । आज मिथिलाञ्चल क्षेत्रमा लोक आस्थाको पर्व वटसावित्री पूजा पतिको दीर्घायुको कामना गर्दै मनाइँदै छ । पतिको दीर्घायु, सुस्वास्थ्य र मंगलमय कामनाका लागि यो पर्व मनाउन थालिएको विश्वास गरिन्छ । यो पर्व मनाउनका लागि महिलाहरु आज बिहानैदेखि चोखो भएर नवबस्त्र धारण गरी पूजा सामग्रीका साथ बरको रुखमुनि बसेर पूजा गरिरहेका छन् । […]

२०७६ जेष्ठ २० गते, सोमबार

गौतम बुद्ध अन्तराष्ट्रिय रंगशाला सार्न माग

काठमाडौं, १९ जेठ । नेपाल कम्युनिष्ट पार्टी चितवनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिक्रेट रंगशाला अन्यत्र सार्न माग गरेको छ। भरतपुर महानगरपालिकास्थित कृषि तथा वन विश्वविद्यालयको २० बिघा ६ कट्ठा जमिनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिक्रेट रंगशाला निर्माण गर्न लागेको प्रति एक बिज्ञप्ति मार्फत रंगशाला अन्यत्र सार्न माग गरेको हो । नेकपाका जिल्ला सेक्रेटरी ध्रुवले प्रेसविज्ञप्ति जारी गर्दै […]

२०७६ जेष्ठ १९ गते, आईतवार

जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डेलाई पक्राउ गर्न पत्राचार

काठमाडौं, १७ जेठ । जिल्ला प्रशासन कार्यालय धनुषाले जानकी मेडिकल कलेज सञ्चालक समितिका अध्यक्ष ओमप्रकाश पाण्डे (ओपी पाण्डे)लाई पक्राउ गर्न पत्राचार गरेको छ । अध्यक्ष पाण्डे विभिन्न व्यक्ति, संस्था र कर्मचारीहरुको तलब लगायतको लेनदेन बाँकी रहेको उजुरी परेको कारण उनी विरूद्ध पक्राउ पुर्जी जारी गरिएको बताइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत दिनेश […]

२०७६ जेष्ठ १७ गते, शुक्रबार

गलैँचा मजदुर सङ्घको केन्द्रीय अध्यक्ष गिरफ्तार

काठमाडौं, १४ जेठ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका केन्द्रीय सदस्य एवम् गलैँचा मजदुर सङ्घको केन्द्रीय अध्यक्ष बुमुरा कोमोर्चालाई गत आइतबार काठमाडौँको कोटेश्वरबाट गिरफ्तार गरिएको छ । आफ्नो नियमित काममा हिँडिरहेको बेला उनलाई पक्राउ गरिएको हो । नेकपाको १३ गतेको बन्दको अघिल्लो दिन बन्दकर्ताको आरोप लगाउँदै प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेको खबर छ । […]

२०७६ जेष्ठ १५ गते, बुधबार

मिडिया काउन्सिल विधेयक परिमार्जन गर्न सुझाव

काठमाडौं, १४ जेठ । नेपाल पत्रकार महासंघले गरेको छलफलमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले मिडिया काउन्सिल विधेयक संशोधन गरेरमात्र पारित गर्नुपर्ने बताएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद दिनानाथ शर्माले मिडिया काउन्सिल विधेयक राष्ट्रियसभा सचिवालयमा दर्ता भएको जानकारी गराउँदै यसबारे पत्रकार महासंघलगायत सरोकारवालापक्षसँग छलफल गरेरमात्र अघि बढाइने बताए । उनले राष्ट्रियसभाले लोकतन्त्रको मूल्य, मान्यताविपरीत […]

२०७६ जेष्ठ १४ गते, मंगलवार

काठमाडौ र ललितपुरका ठाउँ ठाउमा प्रेसर कुकर !

काठमाडौ, १३ जेठ । नेपाल कम्युनिस्ट पार्टीले आफना कार्यकर्ता मारिएको बिरोधमा गरेको नेपाल बन्दको प्रभाव काठमाडौ लगायत देशैभर परेको छ । उपत्यकामा नगन्य मात्रामा सवारी चलेका छन भने गाउँ गाउँबाट काठमाडौ उपत्यका भित्रीने गाडी सुन्य जस्तै भएको छ । बन्दको पुर्व सन्ध्यामा आइतबार साझ अनामनगर नजिकै, घट्टेकुलो र सुकेधारामा टाइम बम बिष्फोटमा चारजनाको मृत्यु भएपछी […]

२०७६ जेष्ठ १३ गते, सोमबार

देशभरका अदालत बिदा

काठमाडौं, १२ जेठ । सर्वोच्च अदालतलले पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको ९६ वर्षको उमेरमा निधन भएको शोकमा आज सबै अदालतमा बिदा दिने निर्णय गरेको छ। सर्वोच्च अदालतका मुख्य रजिष्टार नृपध्वज निरौलाले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा पूर्व प्रधानन्यायाधीश खत्रीको निधनको शोक प्रकट गर्न यही जेठ १२ गते देशभरका जिल्ला, उच्च, सर्वोच्च, विशेष तथा न्यायाधिकरण शोक बिदाका रुपमा […]

२०७६ जेष्ठ १२ गते, आईतवार