समाज

तीन छोरीलाई विष खुवाएर आत्महत्या

काठमाडौं ,१९ पुस । सर्लाहीको पिपरियाकी एक महिलाले आफ्ना तीन छोरीलाई विष खुवाएर आफूले समेत आत्महत्या गरेकी छन् । विष सेवनबाट पिपरिया गाविस–३ की रामाधार पण्डितकी श्रीमती ३० वर्षीया गुन्द्रु देवी र १० वर्षीया छोरी चन्दा कुमारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनीहरुलाई उपचारका लागि मलंगवा लाने क्रममा बाटोमै मृत्यु भएको […]

२०७३ पुष १९ गते, मंगलवार

दामनमा हिंउ पर्यो

काठमाडौं, १९ पुस । त्रिभुवन राजपथमा पर्ने दामनमा हिंउ परेको छ। हिंउमा रमाउनेहरु काठमाडौ तथा हेटौडावाट त्यहाँ पुग्नेहरुको घुइँचो लागेको छ । हिंउ खेल्ने तथा हिंउमा चिप्लेटी खेल्नेहरुको लागि दामनको हिंउ आकर्षणको गन्तव्य बनेको छ। हिंउको कारण दामनको बाटोमा सवारी साधन चलाउन निक्कै नै अवरोध भएको छ। दूर्घटना हुने धेरै संभावना भएकोले सचेत भएर यात्रा […]

२०७३ पुष १९ गते, मंगलवार

पहराभित्र विस्फोटक पदार्थ

काठमाडौं, १८ पुस । गोरखाको स्वाँरा गाविस–९ स्थित थलाको जङ्गलभित्र ओडारमा ढुङ्गाले छोपेर लुकाइराखेको अवस्थामा ठूलो परिमाणमा विस्फोटक पदार्थ फेला परेको छ । बाख्रा चराउन आइतबार दिउँसो जङ्गल पुगेका स्वाँराका विष्णु तामाङले बोराभित्र विस्फोटक पदार्थ देखेपछि प्रहरी चौकी सौरपानीमा खबर गरेपछि प्रहरीले विस्फोटक पदार्थ बरामद गरेको हो । प्रहरी चौकी सौरपानीका प्रहरी सहायक निरीक्षक रुकमानसिं […]

२०७३ पुष १८ गते, सोमबार

कुष्ठरोगका कारण खोला किनारमा बास

काठमाडौं, १८ पुस । कुष्ठरोग लागेपछि अरुलाई पनि सर्छ भन्ने अन्धविश्वासका कारण रुकुमको बाँफीकोटकी एक महिला ४० वर्षदेखि खोलाको किनारमा बस्दै आएका छिन् । रुकुम, बाँफीकोट–८ की ६० वर्षीया तुलसा केसी कुष्ठरोगकै कारण ४० वर्षदेखि स्थानीय ढार्नेखोलाको छेउमा बस्न बाध्य भएकी हुन् । सानै उम्मेरमा कुष्ठरोग भएपछि उनलाई आफन्त र गाउँलेले खोलाको किनारमा बनाइदिएको सानो […]

२०७३ पुष १८ गते, सोमबार

काठमाडौंमा चिसो बढ्यो

काठमाडौं, १७ पुस । मौसम बदली भई वर्षा हुन थालेपछि पूर्वी तथा मध्य पहाडि क्षेत्रमा हिमपात सुरु भएको छ । ताप्लेजुङ, दोलखा, रामेछापलगायतका जिल्लाका पहाडि क्षेत्रमा हिमपात भएको हो । त्यस्तै रामेछापको तामेडाँडा, गुम्देल, देउराली शेरदिङ आसपासका क्षेत्रमा पनि हिमपात सुरु भएको छ । हिउँद लागे यता लामो समयपछि वर्षा हुँदा तल्लो क्षेत्रका कृषकलाई भने […]

२०७३ पुष १७ गते, आईतवार

सेल्फी मोहले ज्यान गयो

काठमाडौँ, १६ पुस । मेची राजमार्गअन्तर्गत् कोल्बुङ–२ मा सेल्फी खिच्दै गरेका फिदिम नगरपालिका–१ का विशाल सम्बाहाम्फेको शुक्रबार साँझ बसको ठक्करबाट घटनास्थलमा नै मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काकाअनुसार फिक्कलबाट बिर्तामोडतर्फ आउँदै गरेको को१ख ३५६१ नम्बरको बसले कोल्बुङ, सानो पाथीभरानजिकै सेल्फी खिच्दै गरेका पाँचथरका सम्बाहाम्फेलाई ठक्कर दिँदा सो […]

२०७३ पुष १६ गते, शनिबार

आज तमू ल्होसार

काठमाडौं, १५ पुस । आज तमू ल्होसार पर्व, गुरुङ समुदायले बाँदर वर्गलाई बिदाई गरी चरा वर्गलाई स्वागत गरेर मनाउँदैछन् । ल्हो को अर्थ वर्ष र सारको अर्थ हो नयाँ । ल्होसारको अवसरमा आफन्त तथा साथीभाई भेला भई मीठामीठा परिकार खाने प्रचलन छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने […]

२०७३ पुष १५ गते, शुक्रबार

सडक विस्तारविरुद्ध आन्दोलन

काठमाडौं, १४ पुस । उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले अदालतको आदेश र स्थानीय वासिन्दाको भावनाविपरीत सरकारले उपत्यकाका विभिन्न स्थानमा सडक विस्तार गरेको भन्दै आन्दोलनको घोषणा गरेको छ । समितिले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी जनताको निजी घर तथा जग्गाको उचित मुआब्जा प्रदान गरेरमात्र सडक विस्तार गर्न सरकारसँग माग राखेका छन् । यस्तै, सडक विस्तार […]

२०७३ पुष १४ गते, बिहीबार

नेपाल टेलिभिजनको महाप्रबन्धक पदपूर्ति प्रक्रिया रोक : सर्वोच्च

काठमाडौं, १४ पुस । सर्वोच्च अदालतले नेपाल टेलिभिजनको महाप्रबन्धकको पदपूर्तिको प्रक्रिया हाललाई यथास्थितिमा राख्न आदेश दिएको छ । प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले बुधबार उक्त आदेश जारी गरेको हो । सो इजलासले यही पुस १९ गते दुबै पक्षलाई राखी अन्तरिम आदेश सम्बन्धमा छलफल गर्न बोलाएकोे छ । नेपाल टेलिभिजनका कार्यकारी समाचार सम्पादक राजेन्द्रराज तिमिल्सिनाले सर्वोच्च […]

२०७३ पुष १४ गते, बिहीबार

जनवरी १ लाई नेपाली टोपी दिवसको रुपमा मनाइने

काठमाडौं, १४ पुस । विगत तीन बर्षदेखि हरेक अंग्रेजी नयाँ बर्षको पहिलो दिन अर्थात जनवरी १ लाई नेपाली टोपी दिवसको मनाउदै आइएको छ । नेपाली टोपी दिवसका विगत देखिकै अभियन्ताको रुपमा चिरपरिचित ‘जागरुक युवा अभियान नेपाल’ले यस बर्ष पनि त्यस कार्यक्रमलाई निरन्तरता दिने भएको छ । नेपालीको पहिचान स्थापित गर्ने उद्देश्य अनुरुप यस बर्ष पनि […]

२०७३ पुष १४ गते, बिहीबार