समाज

कुष्ठरोगका कारण खोला किनारमा बास

काठमाडौं, १८ पुस । कुष्ठरोग लागेपछि अरुलाई पनि सर्छ भन्ने अन्धविश्वासका कारण रुकुमको बाँफीकोटकी एक महिला ४० वर्षदेखि खोलाको किनारमा बस्दै आएका छिन् । रुकुम, बाँफीकोट–८ की ६० वर्षीया तुलसा केसी कुष्ठरोगकै कारण ४० वर्षदेखि स्थानीय ढार्नेखोलाको छेउमा बस्न बाध्य भएकी हुन् । सानै उम्मेरमा कुष्ठरोग भएपछि उनलाई आफन्त र गाउँलेले खोलाको किनारमा बनाइदिएको सानो […]

२०७३ पुष १८ गते, सोमबार

काठमाडौंमा चिसो बढ्यो

काठमाडौं, १७ पुस । मौसम बदली भई वर्षा हुन थालेपछि पूर्वी तथा मध्य पहाडि क्षेत्रमा हिमपात सुरु भएको छ । ताप्लेजुङ, दोलखा, रामेछापलगायतका जिल्लाका पहाडि क्षेत्रमा हिमपात भएको हो । त्यस्तै रामेछापको तामेडाँडा, गुम्देल, देउराली शेरदिङ आसपासका क्षेत्रमा पनि हिमपात सुरु भएको छ । हिउँद लागे यता लामो समयपछि वर्षा हुँदा तल्लो क्षेत्रका कृषकलाई भने […]

२०७३ पुष १७ गते, आईतवार

सेल्फी मोहले ज्यान गयो

काठमाडौँ, १६ पुस । मेची राजमार्गअन्तर्गत् कोल्बुङ–२ मा सेल्फी खिच्दै गरेका फिदिम नगरपालिका–१ का विशाल सम्बाहाम्फेको शुक्रबार साँझ बसको ठक्करबाट घटनास्थलमा नै मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काकाअनुसार फिक्कलबाट बिर्तामोडतर्फ आउँदै गरेको को१ख ३५६१ नम्बरको बसले कोल्बुङ, सानो पाथीभरानजिकै सेल्फी खिच्दै गरेका पाँचथरका सम्बाहाम्फेलाई ठक्कर दिँदा सो […]

२०७३ पुष १६ गते, शनिबार

आज तमू ल्होसार

काठमाडौं, १५ पुस । आज तमू ल्होसार पर्व, गुरुङ समुदायले बाँदर वर्गलाई बिदाई गरी चरा वर्गलाई स्वागत गरेर मनाउँदैछन् । ल्हो को अर्थ वर्ष र सारको अर्थ हो नयाँ । ल्होसारको अवसरमा आफन्त तथा साथीभाई भेला भई मीठामीठा परिकार खाने प्रचलन छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने […]

२०७३ पुष १५ गते, शुक्रबार

सडक विस्तारविरुद्ध आन्दोलन

काठमाडौं, १४ पुस । उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले अदालतको आदेश र स्थानीय वासिन्दाको भावनाविपरीत सरकारले उपत्यकाका विभिन्न स्थानमा सडक विस्तार गरेको भन्दै आन्दोलनको घोषणा गरेको छ । समितिले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी जनताको निजी घर तथा जग्गाको उचित मुआब्जा प्रदान गरेरमात्र सडक विस्तार गर्न सरकारसँग माग राखेका छन् । यस्तै, सडक विस्तार […]

२०७३ पुष १४ गते, बिहीबार

नेपाल टेलिभिजनको महाप्रबन्धक पदपूर्ति प्रक्रिया रोक : सर्वोच्च

काठमाडौं, १४ पुस । सर्वोच्च अदालतले नेपाल टेलिभिजनको महाप्रबन्धकको पदपूर्तिको प्रक्रिया हाललाई यथास्थितिमा राख्न आदेश दिएको छ । प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले बुधबार उक्त आदेश जारी गरेको हो । सो इजलासले यही पुस १९ गते दुबै पक्षलाई राखी अन्तरिम आदेश सम्बन्धमा छलफल गर्न बोलाएकोे छ । नेपाल टेलिभिजनका कार्यकारी समाचार सम्पादक राजेन्द्रराज तिमिल्सिनाले सर्वोच्च […]

२०७३ पुष १४ गते, बिहीबार

जनवरी १ लाई नेपाली टोपी दिवसको रुपमा मनाइने

काठमाडौं, १४ पुस । विगत तीन बर्षदेखि हरेक अंग्रेजी नयाँ बर्षको पहिलो दिन अर्थात जनवरी १ लाई नेपाली टोपी दिवसको मनाउदै आइएको छ । नेपाली टोपी दिवसका विगत देखिकै अभियन्ताको रुपमा चिरपरिचित ‘जागरुक युवा अभियान नेपाल’ले यस बर्ष पनि त्यस कार्यक्रमलाई निरन्तरता दिने भएको छ । नेपालीको पहिचान स्थापित गर्ने उद्देश्य अनुरुप यस बर्ष पनि […]

२०७३ पुष १४ गते, बिहीबार

सुधीर बस्नेत जेल चलान

काठमाडौं, १३ पुस । वित्तीय अपराधमा दोषी ठहर भइ फरार रहेका घरजग्गा व्यवसायी सुधीर बस्नेतलाई प्रहरीले पक्राउ गरी जेल चलान गरेको छ । अदालतको फैसला कार्यान्वयन इकाइ, काठमाडौं प्रहरी र अपराध महाशाखाको टोलीले बस्नेतलाई मंगलबार राति काठमाडौंको धापासीस्थित आफ्नै घरबाट पक्राउ गरेको हो । १ अर्ब ६० करोडभन्दा बढी रकम ठगी गरेर फरार भएका बस्नेतलाई […]

२०७३ पुष १३ गते, बुधबार

प्रत्येक घरमा बुद्धको झन्डा

काठमाडौं , १३ पुस । मर्निङ वाक ग्रुपले भैरहवाले सो क्षेत्रका सबै घरमा बुद्धको झन्डा राख्ने अभियान थालेको छ । शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्धार सिद्धार्थनगर भए पनि प्रवेशद्वारमा बौद्धकला झल्किने कुनै क्रियाकलाप नभएको भन्दै ग्रुपले शहरका प्रत्येक घरमा बुद्धको झण्डा राख्ने अभियान थालेको हो । सिद्धार्थनगर नगरपालिकाले नगरभित्र निर्माण हुने सम्पूर्ण घरमा पहेंलो […]

२०७३ पुष १३ गते, बुधबार

एक हजार घरधनीको नियम विपरीत घर निर्माण

काठमाडौँ, १३ पुस । काठमाडौँ महानगरपालिकामा निर्माण भएका करिब एक हजार घरधनीले नियम विपरीत घर निर्माण भएको जनाउँदै निवेदन दिएका छन् । नियम विपरीत निर्माण भएका घरलाई करको दायरामा ल्याउनका लागि कामपाले चालेको अभियानमा अहिलेसम्म करिब एक हजार घरधनीले निवेदन दिएको कामपा, राजस्व महाशाखा प्रमुख महेश काफ्लेले जानकारी दिए । कामपाले एक महिनाअघि ३५ वटै […]

२०७३ पुष १३ गते, बुधबार