समाज

यातायात व्यवस्था विभागका प्राविधिक निर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ, ३ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ परेका यातायात व्यवस्था विभाग मीनभवनका प्राविधिक निर्देशक नवीनकुुमार पोखरेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार नेपालगन्जको एक सेवाग्राहीले विद्युतीय स्कुटर आयात गर्दा अनुमति लिने क्रममा उपसचिव पोखरेलले रु एक लाख ८० हजार घुस माग्दामाग्दै विभागको कार्यालयबाट […]

२०७२ फाल्गुन ३ गते, सोमबार

कांग्रेसको १३ औं महाधिवेशनको उद्घाटन खुलामञ्चमा हुने

काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसको १३औं महाधिवेशनको उद्घाटन समारोह राजधानीको खुलामञ्चमा हुने भएको छ भने बन्दसत्र प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने भएको छ । दलका पदाधिकारी, काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्य र महाधिवेशन तयारीका लागि गठन गरिएका १३ विभिन्न समितिका संयोजकको आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो । ‘यसअघि महाधिवेशनको उद्घाटन समारोह […]

२०७२ फाल्गुन ३ गते, सोमबार

नयाँ भाडादर लागू गर्न विशेष कार्ययोजना

काठमाडौं, २ फागुन । यातायात व्यवस्था विभागले माघ २४ गते घटाएको भाडादर यातायात व्यवसायीले लागू नगरेको भन्दै शनिबारबाट निर्णय कार्यान्वयनका लागि कारबाही तीव्ररुपमा अगाडि बढाएको छ । माघ ४ गते नै नेपाल आयल निगमले पेट्रोलमा रु पाँच र डिजेल एवम् मट्टितेलमा रु छ भाउ घटाएकोमा विभागले भाडा समायोजन गर्न आनाकानी गर्दै आएको थियो । माघ […]

२०७२ फाल्गुन २ गते, आईतवार

वैदेशिक रोजगारीका ठग प्रहरी फन्दामा

काठमाडौँ, २ फागुन । वैदेशिक रोजगारीमा पठाउने लोभ देखाएर ठगी गरेको अभियोगमा अदालतले सजाय सुनाएका सुनसरीको हाँसपोसाका राम गुरुङ पक्राउ परेका छन् । काठमाडौंमा बस्दै आएका गुरुङलाई काठमाडौको चावहिलबाट पक्राउ गरिएको प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआइबीले जनाएको छ । उनले रोहित गिरीलाई दुबई पठाइदिने भनेर एक लाख ७० हजार रुपैयाँ ठगी गरेको ठहर गर्दै जिल्ला […]

२०७२ फाल्गुन २ गते, आईतवार

आज प्रेम दिवस, विश्वभर मनाईंदै

काठमाडौं, २ फागुन। आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस , विश्वभर मनाईंदै छ । विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकैरुपमा मनाउने गरेका छन् । नेपालमा पनि पछिल्ला केही वर्षदेखि प्रेम दिवस विशेष रुपले मनाउने गरिएको छ । यो दिन प्रेमि प्रमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्साउने तथा आफूलाई मन परेका व्यक्ति समक्ष […]

२०७२ फाल्गुन २ गते, आईतवार

आज श्रीपञ्चमी अर्थात सरस्वती पूजा

काठमाडौँ, १ फागुन । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ । ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्त श्रवण गर्ने परम्परा छ । एकपटक ऋतुराज वसन्तलाई अन्य पाँच ऋतुले आठ÷आठ दिनसम्म […]

२०७२ फाल्गुन १ गते, शनिबार

चीनसँग सीमा जोडिएका चार मार्ग यसरी निर्माण हुँदैछ

काठमाडौँ, २९ माघ । चीनसँग सीमा जोडिएका चारवटा मार्ग निर्माण, विस्तार र कालोपत्रे गर्ने कामलाई सरकारले प्राथमिकतासाथ अगाडि बढाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दुई वर्षमा सक्ने गरी सङ्खुवासभाको किमाथाङ्का, सिन्धुपाल्चोकको तातोपानी, रसुवाको केरुङ् र मुस्ताङ्को कोरला नाकालाई निर्माण, विस्तार एवम् कालोपत्रे गर्ने कार्यलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको मन्त्रालयका प्रवक्ता देवेन्द्र कार्कीले […]

२०७२ माघ २९ गते, शुक्रबार

कारको ठक्करबाट पैदल यात्रीको मृत्यु

काठमाडाैं , २९ माघ । काठमाडौंबाट चितवनका लागि छुटेको बा ५ च ६८४४ नम्बरको कारले धादिङको गजुरीमा ठक्कर दिँदा एक जना पैदल यात्रीको ज्यान गएको छ । कारले गजुरीको बाटामा हिँडिरहेका पैदल यात्रीलाई ठक्कर दिँदा अन्य चार जना घाइते भएका छन् । कारको ठक्करबाट गजुरी–१ की १९ वर्षकी सपना लामाको ज्यान गएको इलाका प्रहरी कार्यालय […]

२०७२ माघ २९ गते, शुक्रबार

विश्व रेडियो दिवस विषेश कार्यक्रम गरि मनाइदै

काठमाडौ, २८ मघ । सामुदायिक रेडियो प्रसारक संघले विश्व रेडियो डेका सन्दर्भमा आजदेखि कार्यक्रम सुरु गरेको छ । यसपटकको विश्व रेडियो दिवस डे फरक शैलीमा मनाइने भएको छ । आज काठमाडौमा देशका विभिन्न जिल्लाबाट आएका रेडियोकर्मीहरुसँग विषेश अन्तक्र्रिया हुँदैछ । यसवर्ष विश्व रेडियो दिवसको नारा विपतका समयमा रेडियोको भूमिका भन्ने तय गरिएको छ । त्यसै […]

२०७२ माघ २८ गते, बिहीबार

सवारी दुर्घटनामा दुईको मृत्यु

काठमाडौं, २६ माघ ।सुनसरी जिल्लाको दुहवीभलुवा नगरपालिकास्थित दुहवी बजारमा स्कुटर र ट्र्याक्टर जुध्दा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दुहवीका अनुसार गएराति भएको दुर्घटनामा स्कुटरमा यात्रारत शनिश्चरेपथरी नगरपालिका–१२ का २५ वर्षीय प्रविण कटवाल र विराटनगर उपमहानगरपालिका–१५ निवासी ३० वर्षीया लक्ष्मी श्रेष्ठको मृत्यु भएको हो । को ४ प ३३३६ नंको स्कुटर […]

२०७२ माघ २६ गते, मंगलवार