समाज

आज भाइटीका , शुभसाइत ११.५५ बजे

काठमाडौं,२७ कात्तिक । आज तिहारको महत्वपूर्ण दिन भाइटीका । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज मध्याह्न ११ बजेर ५५ मीनेट जाँदा टीका लगाउन उत्तम साइत रहेको जनाएको छ । कात्तिक २३ गते सोमबारदेखि सुरु भएको यमपञ्चकमा कात्तिक २३ गते काग तिहार र धन्वन्तरि जयन्ती तथा कात्तिक २४ गते मङ्गलबार नरक चतुर्दशी र कुकुर तिहार २५ गते […]

२०७२ कार्तिक २७ गते, शुक्रबार

आज गोरु तिहार

काठमाडौं, २६ कात्तिक । आज गोरु तिहार गोरुको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जतिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा […]

२०७२ कार्तिक २६ गते, बिहीबार

आज लक्ष्मी पूजा

काठमाडौं,२५ कार्तिक । यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पूजा, धनधान्यकी देवी लक्ष्मीको पूजा, आराधना गरिंदैछ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइ अनुसार आज घरको चारैतिर सफासुग्घर गरी दैलो, संघार, झ्याल, ढोका, कौसी, अटाली, भर्‍याङलगायतका ठाउँमा बत्ती बाली लक्ष्मीको स्वागत गरिन्छ । लक्ष्मीपूजाको रातलाई सुखरात्री पनि भन्ने गरिन्छ । आज साँझ मूलद्वारदेखि लक्ष्मी […]

२०७२ कार्तिक २५ गते, बुधबार

आज नरके चतुर्दशी तथा कुकुर तिहार

काठमाडौँ, २४ कात्तिक । नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान गरी नरके नुहाइन्छ । स्नान गरिसकेपछि तर्पण गरेर यमदीप दक्षिण फर्काएर बालिन्छ । यसरी बालेको दीपलाई बगाएमा मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो […]

२०७२ कार्तिक २४ गते, मंगलवार

यमपञ्चक सुरु, आज काग तिहार

काठमाडौं, २३ कात्तिक । आज यमपञ्चकको पहिलो दिन काग तिहार । आज कागलाइ पूजाआजा गरी मीठो मीठो खान दिने चलन छ । वैदिक मान्यताअनुसार कागलाई यमदूतका रूपमा समेत मान्ने गरिन्छ । सोमबारदेखि यमदीप दान पनि सुरु भएको छ । कात्तिककृष्ण चतुर्दशीका दिन मंगलबार कुकुर तिहार, कात्तिक कृष्ण औँसीका दिन बुधबार लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन […]

२०७२ कार्तिक २३ गते, सोमबार

विराट पेट्रोलियमले खारेज गर्यो निगमसँगको सम्झौता

काठमाडौं, २२ कार्तिक । विराट पेट्रोलियमले नेपाल आयल निगमबाट पाएको इन्धन आपूर्तिको सम्झौता खारेज गरेको छ । इन्धन आपूर्तिका लागि निगमसँगको सम्झौता विवादित भएपछि विराट पेट्रोलियमले सार्वजनिक सूचना निकाली सम्झौता खारेज गरेको जनाएको हो । इन्धन ल्याउन विराटलाई २० करोड रुपैयाँ अग्रिम भुक्तानी दिने आयल निगमको निर्णय विवादित बनेको थियो । निगमबाट लिएको अग्रिम रकम […]

२०७२ कार्तिक २२ गते, आईतवार

मोटरसाइकल र एम्बुलेन्स ठक्कर खाँदा एकको मृत्यु, एक गम्भीर

काठमाडौं, २२ कार्तिक । चितवनको भरतपुरस्थित मिलन चोकमा मोटरसाइकल र एम्बुलेन्स ठक्कर खाँदा एकजनाको मृत्युभएको छ भने एकजना गम्भीर घाइते भएका छन् । गएराति करिब १०ः३० बजे भएको उक्त दुर्घटनामा परी भरतपुर उपमहानगरपालिका– ८ बस्ने २२ वर्षीय लक्ष्मण सापकोटाको मृत्युभएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मोटरसाइकलमा सवार उनलाई उपचारका लागि अस्पताल लैजाने […]

२०७२ कार्तिक २२ गते, आईतवार

रातभर लाइन बस्दा पनि पेट्रोल नपाएको गुनासो

काठमाडौं,२१ कात्तिक । नेपाल आयल निगमले बिहीबारदेखि शनिबारसम्म मोटरसाइकल र कारको लट नम्बरका आधारमा पेट्रोल वितरण थालेपनि रातभर लाइनमा बस्दा पनि पेट्रोल नपाएको गुनासो पाइएको छ । यसैगरी .सरकारकै समन्यवमा आधा भरिएका ग्यास सिलिण्डर पनि बिक्री भैरहेको छ । तर उद्योगबाट विक्रेतासम्म ग्यास नपुग्दा धेरै उपभोक्ताले ग्यास पाउन सकेका छैनन् । कतिपय उपभोक्ता ग्यासको लागि […]

२०७२ कार्तिक २१ गते, शनिबार

लट अनुसार पेट्रोल वितरण गरिदैं

काठमाडौं, २० कार्तिक । नेपाल आयल निगमले आज ३१ देखि ५० लटसम्मका मोटरसाइकल तथा ६ देखि ८ लटसम्मका कार र जिपलाई पेट्रोल वितरण गर्दैछ । निगमले निजी सवारी साधनलाई लट अनुसार हिजोदेखि तीन दिनसम्म पेट्रोल वितरण गर्न थालेको हो । पेट्रोल लिनका लागि सर्वसाधारणले आफ्ना सवारी साधन लाइनमा राखेका छन् । पेट्रोल पम्पहरुमा सवारी साधनको […]

२०७२ कार्तिक २० गते, शुक्रबार

गोदावरी पुष्प मेला सुरु हुदै

काठमाडौ, १९ कात्तिक । आजदेखि ‘नवौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी’ ललितपुरको जावलाखेल खेल मैदानमा शुरु हुँदैछ । फ्लोरिकल्चर एसोसिएसन नेपालले गोदावरी फूलको व्यावसायिक विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले सो प्रदर्शनी गर्न लागेको हो । एसोसिएसनले तिहार पर्वलाई लक्षित गरी गर्न लागेको गोदावरी पुष्प मेला तथा प्रदर्शनी २२ गतेसम्म संचालन हुने भएको छ । मेलामा […]

२०७२ कार्तिक १९ गते, बिहीबार