समाज

बल्खु- हेटौँडा सडक अवरुद्ध

काठमाडौँ । बल्खु- हेटौँडा सडक अवरुद्ध भएको छ। गएरातिदेखिको अविरल वर्षाको कारण पहिरो खसेपछि बल्खु-हेटौँडा सडक खण्ड अवरुद्ध भएको हो ।काठमाडौँको कीर्तिपुर नगरपालिका- ६ चोभारमा आज बिहान दुई ठाउँमा पहिरो खसेपछि काठमाडौँबाट हेटौँडा जोड्ने सडक खण्ड अवरुद्ध भएको हो । प्रहरी परिसर कीर्तिपुरबाट इन्सपेक्टर हिक्मतबहादुर थापासहितको प्रहरी टोली अहिले घटनास्थलमा पुगेको छ ।‘चोभारमा दुई ठाउँमा […]

२०८१ श्रावण २२ गते, मंगलवार

पुन: मनसुन सक्रिय हुने :आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मंगलबार र बुधबार नेपालमा मनसुन सक्रिय हुने जनाएको छ । यसबाट अति प्रभावित हुने सम्भावना रहेका तीन दर्जन जिल्लामा रेड अलर्ट जारी गरिएको छ । कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुम तथा बागमतीका रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र दोलखा जिल्ला रेड जोनमा परेका […]

२०८१ श्रावण २१ गते, सोमबार

सर्वोच्च अदालतद्वारा आ व २०८०/८१ मा ३९ दशमलव ८४ प्रतिशत मुद्दा फर्स्योट

काठमाडौँ । सर्वोच्च अदालतले आर्थिक वर्ष २०८०/८१ मा ३९ दशमलव ८४ प्रतिशत (१५ हजार चार सय ८४) मुद्दा फर्स्योट गरेको छ। विगत पाँच वर्षका तुलनामा यो संख्या सबैभन्दा धेरै हो। आव २०८०/८१ मा सर्वाेच्चमा ४० हजार नौ सय ९२ मुद्दा भएकामा २५ हजार चार सय २५ मुद्दा फर्स्योट गर्न बाँकी छ। आव २०७९/८० मा ३० […]

२०८१ श्रावण २१ गते, सोमबार

नेकपा सुभकालिका गाउपालिकाद्वारा कोदो रोपाइँ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कालिकोट सुभकालिका गाउपालिकाले कोदो रोपाइँ गरेको छ! नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय नीति एक संगठन एक उत्पादन नीति अनुरुप नेकपा कालिकोट सुभकालिका गाउपालिकाले बाँझो जमिन खनौ बेरोजगार युवाहरु देशमै रोजगार बनौं भन्ने मुल नारासहित कोदो उत्पादन सुरु गरेको हो !उक्त कोदो रोपाइँमा नेपाल कम्युनिस्ट पार्टी कालिकोटका सचिवालय सदस्य तथा गा.पा . […]

२०८१ श्रावण २० गते, आईतवार

आज भोटो जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ । । आज भोटो जात्रा मनाइँदै छ । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो आज देखाउने गरिन्छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास […]

२०८१ श्रावण २० गते, आईतवार

कान्ति लोकपथ अवरुद्ध

काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका-८ महादेवटार सडकखण्डमा गएराति पहिरो जाँदा काठमाडौं–हेटौडा जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ। उक्त सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश पण्डितले जानकारी दिए। उनका अनुसार सडकको ट्र्याक नै बगेकाले सञ्चालनमा ल्याउन केही समय लाग्ने छ।अहिले सडकको अवरोध हटाउन सडक विभाग र फास्ट ट्र्याक निर्माण आयोजनासँग समन्वय भइरहेको प्रहरी […]

२०८१ श्रावण १९ गते, शनिबार

बयान फेर्ने साक्षीलाई भ्रष्टाचारको मुद्दा !

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा गएर बयान फेरेको आरोपमा दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले बयान फेरेको आरोपमा शुक्रबार पोखराका केशरीप्रसाद तिवारी र उर्मिला पौडेलमाथि विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले रंगेहात घुसको मुद्दामा अदालतमा साक्षीको रुपमा पेश गरिएका उनीहरुले बयान फेरेपछि उनीहरुमाथि पनि मुद्दा चलाएको हो […]

२०८१ श्रावण १८ गते, शुक्रबार

आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ । गृह मन्त्रालयले साउन २० गते आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने बताएको छ । मन्त्रालयले उक्त दिन मत्स्येन्द्रनाथको भोटो देखाउने दिन परेकोले सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।आइतबार काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृहले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ । “२०८० माघ […]

२०८१ श्रावण १८ गते, शुक्रबार

घण्टाकर्ण पर्व मनाइँदै

काठमाडौँ । नेवार समुदायमा घण्टाकर्ण पर्व मनाइँदैछ। श्रावण कृष्ण चतुर्दशीमा घण्टाकर्ण अर्थात् गठेमंगल पर्व मनाउने परम्परा छ।गठामंगल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ। संस्कृतिविद् तेजेश्वरबाबु ग्वड्ग छ्वालीबाट बनाई दोबाटो र चौबाटोमा दिनभर राखिने गठामंगल बेलुकी भने खेतको […]

२०८१ श्रावण १८ गते, शुक्रबार

नदी किनारको दायाँ–बायाँ ४० मिटर क्षेत्रभित्र संरचना बनाउन निषेध

काठमाडौँ । काठमाडौं महानगरपालिकाले मुख्य नदी किनारको दायाँ–बायाँ ४० मिटर क्षेत्रभित्र संरचना बनाउन नपाइने निर्णय कार्यान्वयन गर्ने भएको छ। काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले मन्त्रिपरिषद् निर्णय र सर्वोच्चको परमादेश स्मरण गराउँदै निर्माण निषेधित क्षेत्रभित्र मापदण्ड विपरीत संरचना नबाउन आग्रह गरेका छन् । उनले निषेधित क्षेत्रको ४० मिटरभित्र सरकारी वा निजी भवनलगायतका भौतिक संरचना निर्माणका लागि अनुमति […]

२०८१ श्रावण १८ गते, शुक्रबार