समाज

उच्च ज्वरोका कारण ६ जनाको मृत्यु

काठमाडौं । कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको छ । शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृतकका आफन्त र बिरामीको रगतको नमूना सङ्कलन गरी जाँचका लागि काठमाडौँस्थित प्रयोगशाला पठाएको छ ।दुई साताको अवधिमै उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि टोली सङ्क्रामक […]

२०७७ भाद्र १४ गते, आईतवार

नेपालमा कोरोनाबाट ४९ हजार जनाको मृत्यु हुन सक्ने !

काठमाडौं । यूकेएड, अक्सफोर्ड पोलिसी म्यानेजमेन्ट र युनिभर्सिटी अफ अक्सफोर्डले गरेको संयुक्त अध्ययनले सन् २०२० को अन्त्यसम्ममा नेपालमा कोरोनाबाट ४९ हजार दुई सय जनाको मृत्यु हुन सक्ने देखाएको छ । प्रोफेसर लिसा ह्वाइट, डा. निकोलस लेक्फोर्ड, डाक्टर सुनील पोखरेल, डाक्टर दिप्ती लता तथा डाक्टर राशिद जमान सहभागी टोलीले उक्त अध्ययन प्रतिवेदन तयार गरेको हो।मोडलिङ अफ […]

२०७७ भाद्र १३ गते, शनिबार

निषेधाज्ञा उलंघन गर्ने १६० सवारी होल्ड

काठमाडौं । काठमाडौ उपत्यकामा निषेधाज्ञा उलंघन गर्ने १६० सवारी साधन कारबाहीमा परेका छन । ट्राफिक प्रहरी महाशाखाले आज अत्यावश्यक तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले अनुमति दिएकाबाहेक निषेधाज्ञाको उल्लंघन गर्ने १ ६० गाडी होल्ड गरेको बताएको छ । ट्राफिक प्रहरीले हिजोपनि उपत्यकामा १ हजार ५८ सवारी साधन नियन्त्रणमा लिइएको जनाएको छ । निषेधाज्ञाको उल्लंघन गरेर चलाएका […]

२०७७ भाद्र १३ गते, शनिबार

‘होम डेलिभरि अत्यावश्यक सेवा होइन’

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौले सार्वजनिक गरेको निषेधाज्ञाको आदेशअनुसार खाद्य सामग्री घर घरमा ढुवानी गर्ने अत्यावश्यक सेवामा नपरेको भन्दै प्रहरीले त्यसमा रोक लगाएको छ । खाद्यान्न तथा तयारी खाद्यान्न घर–घरमा पुर्‍याउने डेलिभरी सेवा बढेको भन्दै प्रहरीले अत्यावश्यकबाहेकका सेवा सञ्चालन गर्न रोक लगाएको हो । जिल्ला प्रशासनले पानी, औषधि र स्वास्थ्य सामग्री बिक्री गर्ने पसल […]

२०७७ भाद्र १२ गते, शुक्रबार

अत्यावश्यकका नाममा अनावश्यक घुमफिर !

काठमाडौं । कोरोना (कोभिड–१९) रोक्न मुलुकका विभिन्न जिल्लामा अत्यावश्यकबाहेक गतिविधि सञ्चालनमा निषेध गरिए पनि पूर्णतः कार्यान्वयन हुन सकिरहेको छैन । मानिसका लापरवाहीले सङ्क्रमण रोक्ने सरकारी अभियानमा नकारात्मक असर परिरहेको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंका अनुसार जानकारीमा हुँदाहुँदै पनि मानिसले सरकारी आदेश र स्वास्थ्यसम्बन्धी मापदण्ड उल्लङ्घन गर्ने गरेको पाइएको छ । जथाभाबी हिँडडुल गर्नेदेखि अनावश्यकरुपमा […]

२०७७ भाद्र ११ गते, बिहीबार

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका २२ जना प्रहरीमा कोरोना संक्रमण

काठमाडौं । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा कार्यरत २२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । मनमैजु हत्या प्रकरणका आरोपितलाई कोरोना भाइरसको संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा प्रहरी अधिकारीहरुको स्वाब संकलन गरिएको थियो ।त्यसमा २२ जना प्रहरी अधिकारीको रिपोर्ट पोजेटिभ आएको हो । घटनाको अनुसन्धानमा खटिएका महानगरीय अपराध महाशाखाका अधिकारीहरुको पनि स्वाब संकलन गरिए पनि […]

२०७७ भाद्र ११ गते, बिहीबार

क्षतिपुर्ति र जिम्मेवारी दिए ७ दिनमै निर्मलालाई न्याय दिन्छु : एसपी बिष्ट [भिडियोसहित]

काठमाडौ । कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ बर्षिया बालिका निर्मला पन्त ह”त्या प्रकरणभित्रको पर्दा झनै खुल्दै गएको छ । प्रमाण लुकाएको मुद्धामा तत्कालीन कञ्चनपुर प्रहरीका प्रमुख एसपी डिल्लीराज विष्ट, डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउँदलाई अदालतले सफाई दिएसँगै थप भित्रि […]

२०७७ भाद्र १० गते, बुधबार

भरतपुर अस्पतालवाट भागेका कोरोना संक्रमित नुवाकोटमा भेटिए

काठमाडौ । चितवनको भरतपुर अस्पतालवाट भागेका कोरोना संक्रमित व्यक्ति नुवाकोटमा भेटिएका छन् । प्रहरीको चेकजाँचका क्रममा संक्रमित १९ बर्षे युवक नुवाकोट बेलकोटगढी-५ स्थित भेटिएका हुन् । साइकलमा जाँदै गर्दा भेटिएका उनलाई नुवाकोटमा नै आइसोलेसनमा राख्न समन्वय भइरहको छ ।चोरीको आरोपमा पक्राउ परेका उनलाइ कोरोना संक्रमण पुष्टि भएको थियो । भरतपुर अस्पतालको आइसोलेसनमा बस्दै आएका उनी […]

२०७७ भाद्र १० गते, बुधबार

काठमाडौं उपत्यकाको निषेधाज्ञा भदौ १७ गतेसम्म लम्बियो

काठमाडौं । काठमाडौं उपत्यकामा गत भदौ ३ गते बुधबार राति १२ बजेबाट जारी गरिएको निषेधाज्ञा भदौ १७ गतेसम्म थप गरिएको छ । उपत्यकाका तीनै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले एकसाता निषेधाज्ञा थप्ने निर्णय गरेको हो । काठमाडौं उपत्यकामा अब भदौ १७ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा ठप्प रहनेछन् । यद्यपि बिहान सवा […]

२०७७ भाद्र १० गते, बुधबार

बीपी प्रतिष्ठानका सबै नर्सहरु आन्दोलित

काठमाडाैँ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्टाफ नर्सहरु आन्दोलित भएका छन् । सुनसरीको धरानस्थित सो प्रतिष्ठान व्यवस्थापन पक्षले बिरामीको उपचारमा खटिएका नर्सहरुलाई स्वास्थ्य सामग्री र भत्तासमेत नदिएको भन्दै सबै नर्सहरु आन्दोलित भएका हुन् । आन्दोलनमा उत्रिएका नर्सहरुले प्रतिष्ठान व्यवस्थापनविरुद्ध नाराबाजी गर्दै आफ्नो जीवनरक्षाकोसमेत माग गरेका छन् ।डिउटीमा खटिएका नर्सहरुलाई पीपीई, मास्क, पञ्जा नदिएको, वर्ष […]

२०७७ भाद्र ९ गते, मंगलवार