समाज

दलित किशोरीका हत्यारालाई कडा कारबाही गर्ने माग

काठमाडौँ , १५ जेठ। नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा नेपाल रूपन्देहीले देवदह नगरपालिका वडा नं. ११ मा दलित किशोरी अँगिरा हरिजनका हत्यारालाई कडा कारबाही गर्न माग गरेको छ । दलित मुक्ति मोर्चा नेपाल रूपन्देहीकी अध्यक्ष जानकी बराहले बुधबार प्रेस विज्ञप्ति जारी गरी उक्त घटनाले सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको र दलित समुदायमाथि भएका यस्ता […]

२०७७ जेष्ठ १५ गते, बिहीबार

चौरजहारी घटनाका दोषीलाई सरकारले कारवाही नगरे जनकारवाही !

काठमाडौं , १३ जेठ । नेपाल कम्युनिस्ट पार्टीले जेठ १० रुकुमको चौरजहारीमा दलित समुदाय माथी भएका विभेद तथा सांघातिक आक्रमणका दोषीलाई हदैसम्मको कार्वाही गर्न तथा पीडितलाई न्याय प्रदान गर्न जोडदार माग गरेको छ । सो पार्टीका रुकुम पश्चिम् इन्चार्ज चन्द्र बुढाले नवराजलगायत युवाहरुको हत्यामा संलग्न दोषीलाई निष्पक्ष छानबिन गरि कडा कार्वाहीको माग गरेका छन। उनले […]

२०७७ जेष्ठ १३ गते, मंगलवार

ने.क.पा. नेत्री बन्दनाको निधन

काठमाडौं , १३ जेठ । नेपाल कम्युनिस्ट पार्टीको पूर्व केन्द्रीय सदस्य तथा अखिल नेपाल किसान संघ क्रान्तिकारीकाे पूर्वकेन्द्रीय अध्यक्ष सबिता सिंह ‘बन्दना’को निधन भएको छ । लामो समयदेखि बाथ रोगबाट पीडित बन्दनाको सोमबार साँझ भारतकी दिल्लीमा निधन भएको हो । जाजरकोट स्थायी घर भएकी बन्दना सानै उमेरमा जनयुद्धमा सामेल भएकी थिइन् । जनयुद्धमा महिला नेतृकी […]

२०७७ जेष्ठ १३ गते, मंगलवार

जातीय विभेदले निम्त्याएको घटना : ‘दुलही लिन गएको छोराको शव आयो’

काठमाडौं , १३ जेठ । जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका २० वर्षीय नवराज विक र पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८, सोतीकी १७ वर्षीया मल्ल थरकी एक युवतीबीच तीन वर्षदेखि प्रेम सम्बन्ध थियो । कथित दलित समुदायका नवराज र ठकुरी समुदायकी ती युवतीको ‘जात’ नमिले पनि उनीहरु विवाह बन्धनमा बाँधिन चाहन्थे । त्यसैले नवराज शनिबार राति आफ्ना साथीहरुलाई […]

२०७७ जेष्ठ १३ गते, मंगलवार

काेराेना संक्रमितकाे संख्या ६७५ पुग्याे !

काडमाडाैं, १२ जेठ । नेपालमा काेराेना संक्रमितकाे संख्या ६७५ पुगेकाे छ । नयाँ संक्रमितहरु धनुषा, कपिलवस्तु, काठमाडौँ, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके र दैलेखका रहेका छन् । स्वास्थ्य मन्त्रलयाकाे अनुसार कपिलवस्तु शिवराज नगरपालिका वाड नं ४, ५ र ६ का १९, २० र २३ वर्षीय पुरूषहरू छन् । काठमाडाैंमा पनि तीन जनाकाे काेराेना संक्रमण पुष्टि […]

२०७७ जेष्ठ १२ गते, सोमबार

आज ईद उल फित्र

काठमाडौँ, १२ जेठ । आज मुस्लिम धर्मावलम्बीहरूकाे मुख्य पर्व इल उल फित्र, नेपालमा पनि मुस्लिम समुदायले विशेष नमाज पाठ गरी याे पर्व मनाउँदै छन् । एक महिने रमजान (राेजा व्रत) समापन भएको खुसीयालीमा याे पर्व मनाउने गरिन्छ । इदको अर्थ खुशी मनाउनु पनि हाे । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिनाको पहिलो दिन देशभर मुस्लिम […]

२०७७ जेष्ठ १२ गते, सोमबार

कोरोना संक्रमितको संख्या ६ सय ३ पुग्यो

काठमाडौं, ११ जेठ । स्वास्थ्य मन्त्रालयले काठमाडौंमा एक जनासहित थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ । यससँगै संक्रमितको संख्या ६०३ पुगेको जनाएको छ । मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आइतबार १९ जना संंक्रमित थपिएका हुन् । आइतबार थपिएकामा काठमाडौं सोह्रखुट्टेका १, नुवाकोटका १, मोरङ १, बारा १, पर्सा ३, रौतहट १, […]

२०७७ जेष्ठ ११ गते, आईतवार

विद्युतीय शवदाह गृह र क्रियापुत्री घर सञ्चालनमा

काठकाडौं, ११ जेठ । कोरोनाको सङ्क्रमणबाट मृत्यु भएकी महिलाको दाह संस्कार गरिएको पशुपतिस्थित विद्युतीय शवदाह गृह नौ दिनपछि सञ्चालनमा आएको छ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं ९ राम्चेकी मृत्यु भएकी ती सुत्केरीको जेठ ३ गते शनिबार राति सो शवदाह गृहमा दाह संस्कार गरिएको थियो । विद्युतीय यन्त्र भएको कक्षलाई ३६ घण्टासम्म सिल गरी सरसफाइ […]

२०७७ जेष्ठ ११ गते, आईतवार

नयाँबानेश्वरका तीन घर ‘सिल’

काठमाडौं, ११ जेठ । नयाँबानेश्वरस्थित तिन घर ‘सिल’ गरिएकाे छ । कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना संक्रमण देखिएपछि ति प्रहरीले डेरा गरी बस्दै आएकाे काठमाडौँ महानगरपालिका वडा नं १० मा पर्ने नयाँबानेश्वरका तीन घर सिल गरिएको हाे । संक्रमितकाे कन्ट्याक्ट ट्रेसिङका क्रममा उनीहरू नयाँबानेश्वरकाे भरोसा अस्पताल पछाडि रहेका घरमा बस्दै आएकाे खुलेकाे हाे । त्यसलगत्तै साे […]

२०७७ जेष्ठ ११ गते, आईतवार

कोरोना संक्रमितको संख्या ५८४ पुग्यो !

काठमाडौं, १० जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शुक्रबार दिउँसोसम्म कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले थपिएका संक्रमितहरुमा बैतडी शिवनाथ गाउँपालिकाका २० बर्षका दुई जना, २२ र २७ बर्षका १÷१ जना गरी चार जना रहेको जानकारी दिए […]

२०७७ जेष्ठ १० गते, शनिबार