कोरोना संक्रमित युवकका परिवारका सदस्यको रिपोर्ट नेगेटिभ
काठमाडौं, २३ चैत । सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा जगदीश जोशीले अस्पतालको आइसोलेशन वार्डमा उपचार गराइरहेका धनगढी उपमहानगरपालिका– ५ हसनपुरका कोरोना भाइरस संक्रमित युवकका परिवारका सात सदस्यको रिपोर्ट नेगेटिभ आएको बताएका छन । परिवारका आठ सदस्यको थ्रोट स्वाब सङ्कलन गरिएकामा उनकी ३४ वर्षीया भाउज्यूको रिपोर्ट पोजेटिभ तथा अन्य सातको रिपोर्ट नेगेटिभ आएको जोशीले बताए । […]
२०७६ चैत्र २३ गते, आईतवार