समाज

चीनबाट ल्याइएका खरिपाटी क्वारेन्टाइनमा

काठमाडौं , ४ फागुन । चीनको वुहानबाट फर्काएर नेपाल ल्याइएका १७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको छ । आज विहान उनीहरुलाई विमानस्थलबाट बसमा सल्लाघारी, जगाती, च्यामासिंह, कमलविनायक हुँदैं खरिपाटीस्थित क्वारेन्टाइनमा ल्याइएको हो । साथमा एक एम्बुलेन्स, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा भ्यानले स्कटिङ गरेका थिए […]

२०७६ फाल्गुन ४ गते, आईतवार

बेनी–जोमसोम सडक दैनिक ८ घण्टा बन्द हुने

काठमाडौं, ३ फागुन । आगामी फागुन १० गतेदेखि चैत १५ गतेसम्म बेनी–जोमसोम सडकमा दैनिक ८ घण्टा सडक बन्द हुने भएको छ । मुस्ताङ जोड्ने एकमात्र सडकमार्ग बेनी–जोमसोम सडकअन्तर्गत रघुगंगा गाउँपालिका–३ घुमाउने तालदेखि बेगखोलासम्म फागुन १० गतेदेखि चैत १५ गतेसम्म दैनिक ८ घण्टा सडक बन्द हुने भएको हो । कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम सडकखण्ड सडक स्तरोन्नति […]

२०७६ फाल्गुन ३ गते, शनिबार

सिन्धुपाल्चोकमा कोरोनाको आशंका !

काठमाडौँ, २९ माघ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ अनुसार वडा नम्बर ३ गुम्बागाउँमा रुघा, खोकी र ज्वरो भाइरलको रुपमा फैलिएकाे छ । अध्यक्ष श्रेष्ठ अनुसार बिहान एक दर्जन रहेका बिरामी साझँसम्म १०० भन्दमाथि पुगेकाे छ । बिरामीको संख्या अत्यधिक बढिरहेको र कोरोना भाइरसको लक्षणसँग मेल खाने संकेत देखिएको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए । […]

२०७६ माघ २९ गते, बुधबार

सेनाले छुट्टै गुप्तचर विभाग गठन गर्न पाउने गरी सैनिक ऐन संशोधन प्रस्ताव दर्ता

काठमाडाैं, २७ माघ । संघीय संसद सचिवालयमा नेपाली सेनाले छुट्टै गुप्तचर विभाग गठन गर्न पाउने गरी सैनिक ऐन संशोधन प्रस्ताव दर्ता भएको छ । हिजो संसद सचिवालयमा सैनिक ऐन २०६३ लाई संशोधन गर्न सो विधेयक दर्ता भएको हो । यो प्रस्ताव पारित भएपछि नेपाली सेनाले गुप्तचर विभाग अर्थात इन्टेलिजेन्स सेवा गठन तथा सञ्चालन गर्न पाउने […]

२०७६ माघ २७ गते, सोमबार

स्वस्थानी व्रत समापन गरिँदै

काठमाडाैँ, २६ माघ । पुस शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत आज समापन गरिँदै छ । विधिपूर्वक स्वस्थानीको व्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् ।त्यसैदिनदेखि शुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र […]

२०७६ माघ २६ गते, आईतवार

सिसडोल भरिएपछि काठमाडौँको फोहर व्यवस्थापनमा चुनौती

काठमाडौँ, २४ माघ । पछिल्लो सामय काठमाडौँ महानगरपालिकालाई फोहर व्यवस्थापनकार्य थप चुनौतीको विषय बनेको छ । बन्चरेडाँडामा निर्माण भइरहेको दीर्घकालीन फोहर व्यवस्थापन केन्द्र निर्माण भइनसकेको र लामो समयदेखि फोहर थुपारिँदै आएको स्थान सिसडोल भरिएकाले कामपालाई फोहर व्यवस्थापन गर्न थप समस्या भएको हो । निर्माणाधीन फोहर व्यवस्थापनस्थलमा आगामी चैतदेखि नै फोहर थुपार्न मिल्नेगरी काम भइरहेको जनाए […]

२०७६ माघ २४ गते, शुक्रबार

युवा संगठन प्युठानको जिल्ला भेला सम्पन्न

काठमाडाैँ, २२ माघ । “संसारका श्रमिक तथा उत्पीडित युवाहरू एक होऔं ! एकीकृत जनक्रान्ति जिन्दावाद !! देशभक्त, लोकतान्त्रिक, वामपन्थी युवाहरू एकजुट होऔं ! राष्ट्रिय स्वाधीनताका लागि दलाल केपी सरकारको प्रतिरोध गरौं !!” भन्ने मूल नाराका साथ युवा संगठन नेपाल, प्युठानको दाेस्राे जिल्ला भेला सम्पन्न भएको छ । भेलाले बसन्तको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति निर्वाचित […]

२०७६ माघ २२ गते, बुधबार

बरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन

काठमाडौं , २२ माघ । बरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ । इलामको सूर्योदय नगरपालिका, फिक्कलमा जन्मिएका शर्मा नेपाल टेलिभिजनको महाप्रबन्धक समेत भएका थिए । त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा मुटु सम्बन्धी उपचारका क्रममा निधन भएको हो । उनका एक श्रीमती र दुई छोरा छन् । मधुमेह र ब्लड प्रेसरका […]

२०७६ माघ २२ गते, बुधबार

अवैध बालुवा प्रशोधन केन्द्र भत्काइयो

काठमाडाैँ, २१ माघ । हेटाैँडा उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित १० बालुवा प्रशोधन केन्द्र भत्काइएको छ । जिल्ला अनुगमन समितिले सोमबार हेटौँडाको कुखरेनीखोलामा नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा अनुगमन गर्ने क्रममा वडा नं ९ र १३ मा अवैधरूपमा सञ्चालित बालुवा प्रशोधन केन्द्र भत्काइएको हो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवं अनुगमन समितिका संयोजक रघुनाथ खुलालको नेतृत्वमा […]

२०७६ माघ २१ गते, मंगलवार

‘ देशकाे रक्षा गर्न युवाहरुले कम्मर कस्नु पर्छ ‘

काठमाडौँ , १८ माघ । युवा संगठन नेपाल कालिकाेटले “नेपाली राष्ट्रियता माथि साम्राज्यवादी हस्तक्षेप र वर्तमान राज्य ब्यावस्था र युवाहरुकाे भुमिका” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट सो संगठनले राष्काेट नगरपालिकामा गरेको उक्त कार्यक्रममा सभाअध्यक्ष आत्त्मा क्षेत्रीले बाेल्दै नेपाली युवाहरुले नेपालि भुमिमामै अाफै उत्पादन गरेर जीविकोपार्जन गर्नु पर्ने ,थोरै आर्थिक […]

२०७६ माघ १८ गते, शनिबार