समाज

घरभाडा नदिएको भन्दै वडा कार्यालयमा तालाबन्दी

काठमाडौं, ९ भदौ । डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ तिखाको वडा कार्यालयले घरभाडाबापतको रकम नदिएको भन्दै आइतबारदेखि वडा कार्यालयमा सो घरका घरघनीले तालाबन्दी गरेका छन् । उक्त वडा कार्यालय राखिएको भवन स्थानीय गोविन्द खड्काको भएको र वडा कार्यालयले एक महीनाको भाडाबापतको रकम नदिएर कार्यालय अनेत्रै भवनमा सार्न थालेपछि घरधनी गोविन्दले तालाबन्दी गरेको स्थानीय देवेन्द्र खड्काले […]

२०७६ भाद्र ९ गते, सोमबार

‘टोर्नाडो’को नेपाली नामकरण ‘घुम्रपात’ राख्न सुझाव

काठमाडौं, ८ भदौ । गत चैत १७ गते साँझ बारा र पर्सामा आएको ‘टोर्नाडो’को नेपाली नाम ‘घुम्रपात’ नामकरण गर्न सिफारिस गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले एक अध्ययन समिति बनाई सो नाम सिफारिस गरेको हो । लामो छलफल र अध्ययनपछि ‘टोर्नाडो’ घुमीघुमी आउने र त्यसले उत्पात मच्चाउने भएकाले […]

२०७६ भाद्र ८ गते, आईतवार

आज श्रीकृष्ण जन्माष्टमी

काठमाडौं, ६ भदौ । आज ‘श्रीकृष्णजन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम […]

२०७६ भाद्र ६ गते, शुक्रबार

विज्ञापन विधेयक पारित

काठमाडाैँ, ५ भदाै । तत्कालै क्लिनफिड लागू हुने व्यवस्था राख्दै विज्ञापन विधेयक पारित भएको छ । संसदको विकास तथा प्रविधि समितिले बुधबार उक्त विधेयक पारित गरेको हो । यसअघि राष्ट्रियसभाबाट विज्ञापनसम्बन्धी विधेयक पारित हुँदा सरकारले राजपत्रमा सूचना प्रकाशित गरी मिति तोकेपछि मात्र क्लिनफिड लागू हुने व्यवस्था थियो । तर, प्रतिनिधिसभाको विकास समितिले त्यसलाई संशोधन गर्दै […]

२०७६ भाद्र ५ गते, बिहीबार

मालपोत अधिकृत घुससहित पक्राउ

काठमाडौं, ४ भदाै । मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत अविनाश कुँवर घुससहित पक्राउ परेका छन् । अधिकृत कुँवर ५९ हजार रुपैयाँ सहित पक्राउ परेका हुन् । जग्गाको रजिष्ट्रेसन पास गर्न आवश्यक पर्ने सबै कागजात पेश गर्दा पनि सेवाग्राहीसँग विभिन्न बहाना बनाएर लिएको घुससहित मालपोत अधिकृत पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित कार्यालयबाट […]

२०७६ भाद्र ४ गते, बुधबार

गौरा पर्व सुरू

काठमाडौं, ३ भदाै । आजदेखि पर्व गौरा सुरु भएको छ। सुदूरपश्चिमेलीहरुको मुख्य गौरा पर्ब पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरा गौरी देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि शिवको प्राप्ति भएको विश्वास गरिन्छ।त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रुपमा यो पर्व मनाउने परम्परा चल्दै आएको किंबदन्ती छ। सुदूरपश्चिममा मात्रै नभएर छिमेकी देश […]

२०७६ भाद्र ३ गते, मंगलवार

श्रीमानको हत्याराबाट पैसा असुल्ने महिला प्रहरीको फन्दामा

काठमाडौं, २ भदाै । आफ्नै श्रीमानको हत्याको घटना लुकाउन हत्यारासँग पैसा लिएको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–४ सिद्धेश्वर दावाकी मीना मिजार सार्की रहेकी छिन् । घटनामा संलग्न रहेको आरोपमा अन्य पाँच जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । विसं २०७४ माघ २७ गते स्थानीय पूर्णबहादुर सुयललाई छिमेकी मोहनबहादुर […]

२०७६ भाद्र २ गते, सोमबार

भोटेकोशीमा भीषण बाढी, किनारका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह

काठमाडौं, २ भदाै । चीनको केरुङ आसपासका क्षेत्रमा भीषण बर्षा भएपछि रसुवाको भोटेकोशी नदीमा एक्कासी भीषण बाढी आएको छ । भोटोकाशीमा आएको बाढीले टिमुरे लगायत त्रिशुली नदीका छेउका बस्तीको जनजीवन अस्तव्यस्त बनाएको छ । भोटेकोशी नदीमा बाढी आएपछि जिल्ला प्रशासन कार्यालयले नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन […]

२०७६ भाद्र २ गते, सोमबार

भदौ ९ गतेभित्र विद्युतीय बस सञ्चालनमा ल्याइने

काठमाडौं, १ भदौ । सुन्दर यातायात प्रालिले भदौको दोस्रो सातादेखि काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालनमा गर्ने लागेको छ । चिनियाँ कम्पनी बिएके ब्याट्री इन्क कम्पनीले निर्माण गरेका ती बसमा ४० वटा यात्रु बस्न मिल्ने सिट छन्। भदौ ९ गतेभित्र विद्युतीय बस सञ्चालनमा ल्याइने सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए। ‘यात्रु सिट बाहेक ३० […]

२०७६ भाद्र १ गते, आईतवार

अनेमसंघ क्रान्तिकारी कास्कीकी अध्यक्ष बिक पक्राउ

काठमाडौं, ३२ साउन । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल महिला संघ क्रान्तिकारीकी कास्की जिल्ला अध्यक्ष प्राप्ति बिकलाई प्रहरीले पक्राउ गरेको छ । उपचार गर्न पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान साबिक पस्चिमाञ्चल क्षेत्रिय अस्पताल गएको बेला शुक्रबार दिउँसो अस्पतालबाटै उनलाई प्रहरीले पक्राउ गरेको ने.क.पा. कास्कीले जनाएको छ । श्रीमानकासाथ उपचार गर्न गएकी नेत्री बिकलाई पक्राउ गरिएको बारे […]

२०७६ श्रावण ३२ गते, शनिबार