गलैँचा मजदुर सङ्घको केन्द्रीय अध्यक्ष गिरफ्तार
काठमाडौं, १४ जेठ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका केन्द्रीय सदस्य एवम् गलैँचा मजदुर सङ्घको केन्द्रीय अध्यक्ष बुमुरा कोमोर्चालाई गत आइतबार काठमाडौँको कोटेश्वरबाट गिरफ्तार गरिएको छ । आफ्नो नियमित काममा हिँडिरहेको बेला उनलाई पक्राउ गरिएको हो । नेकपाको १३ गतेको बन्दको अघिल्लो दिन बन्दकर्ताको आरोप लगाउँदै प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेको खबर छ । […]
२०७६ जेष्ठ १५ गते, बुधबार