समाज

मध्य तथा सुदूरपश्चिममा अझै वर्षा, सचेत रहन आग्रह

काठमाडौ, ३२ साउन । पूर्वी तराईका जिल्लामा मौसममा सुधार आए पनि मध्य तथा सुदूरपश्चिममा अझै वर्षा भइरहेको छ । मध्य तथा पश्चिम क्षेत्रमा सतर्कता अपनाउन गृह मन्त्रालयले आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाले पनि वर्षा गराउने मौसमी प्रणाली हाल मध्यदेखि सुदूरपश्चिमसम्म सक्रिय रहेकाले सतर्क रहन आग्रह गरेको छ । बबई नदीसहित तराईका क्षेत्रमा अझै […]

२०७४ श्रावण ३२ गते, बुधबार

ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौं, ३१ साउन । काठमाडौं उपत्यकामा सवारी साधनको संख्या बढ्दो क्रममा छ । सवारी साधनको चाप दिनदिनै बढ्दै गएपछि सडकको अवस्था भने सुधार हुन सकेको छैन । त्यही कारण दिनदिनै ट्राफिक व्यवस्था अस्तव्यस्त बन्दै गएको छ । यातायात व्यवस्था विभाग बाग्मती अञ्चलमा मात्र १० लाख ४२ हजार ८ यस ५६ सवारी साधन दर्ता भएका छन् […]

२०७४ श्रावण ३१ गते, मंगलवार

पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

काठमाडौँ , ३१ साउन । गत शुक्रबारदेखि नै पटक पटक अवरुद्ध हुँदै आएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड गएरातिदेखि पुनः अवरुद्ध भएको छ । दाउन्ने सडकखण्डको बीच भागमा मिनीबस फसेका कारण राति २ बजेदेखि सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय, नवलपरासीले जनाएको छ । गएरातिबाटै अवरुद्ध सडक सञ्चालन गर्न पहल भइरहेको छ । तर […]

२०७४ श्रावण ३१ गते, मंगलवार

बाढी पहिरोको क्षति मूल्यांकन गर्न केन्द्रीय अनुगमन टोली

काठमाडौँ, २९ साउन । सरकारले अविरल वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणको क्षति मूल्यांकन गर्न सञ्चालक समितिका सदस्यको संयोजत्वमा केन्द्रीय अनुगमन टोली गठन गरेको छ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले प्राधिकरणका सम्पूर्ण संरचनामा पुगेको क्षति मूल्यांकन गर्न उच्चस्तरीय अनुगमन टोली गठन गरिएको जानकारी दिए । ऊर्जा मन्त्रालयमा आज बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले चार क्षेत्रमा मुलुकलाई विभक्त […]

२०७४ श्रावण २९ गते, आईतवार

नारायणगढ- नौबिसे सडक अवरुद्ध

काठमाडौं २९ साउन । अविरल वर्षापछि ठाउँ ठाउँमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड अवरुद्ध बनेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सो सडकको मुग्लिनको मुख, कालीखोला, चोर खोला, भालुखोला, सेतीदोभान, भोर्लेलगायतका क्षेत्रमा पहिरो खसेको छ । शनिबार दिउँसो २ बजेपछि वर्षात्सँगै ती ठाउँमा पहिरो खसेको हो । पानी […]

२०७४ श्रावण २९ गते, आईतवार

पिपलको रुखले १३ जना बचायो

काठमाडौ, २९ साउन । माडी भैरवपुरकी समा परियारलाई शुक्रबार राति बाँचिएलाजस्तो लागेन । अविरल वर्षाका कारण बाढी आएपछि जीवनको अन्तिम घडी हो भन्ने लाग्यो । एक्कासि घरमा बाढी पसेपछि उनले जीवनको आस नै मारेकी थिइन् । २७ वर्षीय समालाई आफ्नो भन्दा पनि चार सन्तान जोगाउनै मुस्किल पर्‍यो । घाँटीसम्म पानी आएपछि छोराछोरी जोगाउन हम्मे भयो […]

२०७४ श्रावण २९ गते, आईतवार

पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु

काठमाडौ, २८ साउन । हिजो बिहानदेखिको अविरल वर्षापछि आएको पहिराले पुरिएर सिन्धुलीमाढी, २ नं बजारका उदयबहादुर खड्का परिवारका चार जनाको ज्यान गएको छ । आज बिहान करिब २ बजे घर माथिबाट आएको पहिराले पुरिएर खड्काकी ३७ वर्षीया श्रीमती दुर्गाकुमार, १५ वर्षीया छोरी शोभा तथा छोरा १० वर्षीया अनिष र आठवर्षीय मनिष रहेको परिवार स्रोतले जनाएको […]

२०७४ श्रावण २८ गते, शनिबार

सजाय पनि किस्ताबन्दीमा भुक्तान गर्न पाइने !

काठमाडौ, २७ साउन । व्यवस्थापिका संसद बैठकले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) विधेयक २०७४ लाई सर्वसम्मतिले पारित गरेको छ । जसअनुसार अब जेल सजाय पाएकाहरुले किस्ताबन्दीमा सजाय भुक्तान गर्न सक्नेछन् । उनीहरुले शनिबार वा रातिमात्र जेल बसे पनि पुग्नेछ । उक्र विधेयकको दफा २७ मा सप्ताहको अन्तिम दिन वा रात्रिकालीन समयमा मात्र कारागारमा बसी […]

२०७४ श्रावण २७ गते, शुक्रबार

मेलम्चीको पानी अर्को दसैंमा

काठमाडौं, २६ साउन । यही दसैंबाट मेलम्चीको पानी पाउने आसमा रहेका उपात्याकावासीले अर्को दसैंसम्म कुर्नुपर्ने भएको छ । दुई हजार दुई सय मिटर सुरुङ खन्नेदेखि सुन्दरीजलमा खानेपानी प्रशोधन, बाँध र पाँचतले कन्ट्रोल अपरेसन हाउस बनाउनेसम्मका काम वर्ष दिनभित्र नसकिँदा राजधानीवासीले मेलम्चीको पानी पिउन दसैंसम्म कुर्नुपर्ने अवस्था आएको हो । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ मा रहेको मुहान […]

२०७४ श्रावण २६ गते, बिहीबार

आज गाईजात्रा

काठमाडौँ , २४ साउन । हास्यव्यंग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्दै आज काठमाडौँ उपत्यका र नेवार समुदायको बाक्लो उपस्थिति रहेका मुलुकका मुख्य मुख्य शहरमा धुमधामका साथ गाईजात्रा पर्व मनाइँदैछ । गाईजात्रा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्व हो । भक्तपुरमा गाईजात्राको औपचारिक शुरुवात जनैपूर्णिमाको साँझ नै गरिन्छ । गाईजात्राको पूर्व सन्ध्यामा जनैपूर्णिमाको साँझ गुठी […]

२०७४ श्रावण २४ गते, मंगलवार