समाज

सिंहदरबार पुनःनिर्माण गर्न समिति गठन

काठमाडौँ, २६ माघ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सिंहदरबारको मुलभवनको पश्चिमतिरको भाग पुनःनिर्माण गर्न कार्यकारी सदस्य डा हरिराम पराजुलीको संयोजकत्वमा समिति गठन गरेको छ । प्राधिकरणमा बसेको कार्यकारी समितिको बैठकले सिंहदरबारको पश्चिमतिरको भागको यथाशीघ्र प्रवलीकरण गरी पुनःनिर्माण गर्ने कार्य अघि बढाउन पराजुलीको संयोजकत्वमा समिति गठन गरेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताउनुभयो । समितिमा पुरातत्व विभागका प्रतिनिधि, […]

२०७३ माघ २६ गते, बुधबार

‘सोह्र वर्षसम्म जुत्तै नलगाएको मान्छे हुँ म’

काठमाडौं,२५ माघ । “भोजपुर जिल्लाको नागीमा जन्मिएर चखेवा भञ्ज्याङमा हुर्के । त्यही ठाउँमा गाईभैँसी, भेडा गोठाला गरेँ । अहिले सशस्त्र प्रहरीको उच्च पदमा पुगेको छु ।” सशस्त्र प्रहरी बल हलेसी गुल्म खोटाङको उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले भने-“सोह्र वर्षसम्म जुत्तै नलगाएको मान्छे हुँ म । मेरो पालामा जुत्तै पाइँदैनथ्यो । मेरो खुट्टा पनि […]

२०७३ माघ २५ गते, मंगलवार

दलित मन्दिर प्रवेश गरेको भन्दै पुजारीले तिराए पाँच हजार ‘जरिवाना’

काठमाडौं, २४ माघ । रामेछाप जिल्लाको बेताली गाविसमा दलितले मन्दिर प्रवेश गरेको भन्दै स्थानीय एक दलितलाई मन्दिरका पुजारीले रु पाँच हजार जरिवाना गराइ तत्काल रुद्री लगाएर मन्दिर चोख्याएका छन् । बेताली–३ मा रहेकोे शेराकाली, महांकालथान मन्दिरमा शनिबार सोही वडाका कृष्णकुमार विकले पूजा गरेको भन्दै मन्दिरका पुजारीद्वय वेताली–३ का छत्रबहादुर बुढाथोकी र भीमबहादुर बुढाथोकीले ज्यानै मार्नेसम्मको […]

२०७३ माघ २४ गते, सोमबार

पशुपति क्षेत्र विकास कोष बेलगाम

काठमाडौं, २५ माघ । पशुपति क्षेत्र विकास कोषले गुरु योजनाको धज्जी उडाउँदै आफ्नो नाममा रहेको जग्गा विभिन्न संस्था तथा व्यक्तिलाई मनपरी बाँड्ने तयारी गरेको छ । विश्वसम्पदामा सूचीकृत धार्मिक धरोहर पशुपतिनाथको एकीकृत विकासका लागि बनाइएको गुरुयोजना लत्याउँदै कोषले विभिन्न संस्था एवं व्यक्तिलाई पूर्वाधार निर्माण र मुआब्जाका नाउँमा जग्गा बाँड्न लागेको हो । स्रोतअनुसार विभिन्न सात […]

२०७३ माघ २५ गते, मंगलवार

एसएसपी खत्रीलाई हिरासतमै राखेर अनुसन्धान गर्न आदेश

काठमाडौं, २४ माघ। काठमाडौं जिल्ला अदालतले प्रहरी वरिष्ठ उपरीक्षक श्यामबहादुर खत्रीलाई चार दिनसम्म हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ । सुनकान्डमा पक्राउ परेका एसएसपी खत्रीलाई अनुसन्धानका लागि प्रहरीलाई सो समय दिईएको हो । नेपाल प्रहरीको केन्द्रीय जाँच ब्यूरो (सीआइबी)को नियन्त्रणमा रहेका खत्रीलाई म्याद थपका लागि सोमबार काठमाडौं जिल्ला अदालत लगिएको हो । सुन […]

२०७३ माघ २४ गते, सोमबार

प्रेमिकालाई एसिड प्रहार गर्ने प्रहरीको फन्दामा

काठमाडौं, २४ माघ । धादिङ नौबिसे–१ बस्ने २८ वर्षीय सुनिल कोईराला प्रेमिकालाई एसिड प्रहार गरी गम्भीर घाईते बनाएको अभियोगमा पक्राउ परेका छन । कोईरालालाई प्रहरीले बुटवल–६ स्थित मेरिडियन होटेलबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार कोइरालाले प्रेम सम्बन्धमा खटपट भएको कारण उक्त होटेलको कोठा नम्बर १०३ मा सँगै बसेकी नवलपरासी गैंडाकोट–५ बस्ने २७ वर्षीया तुलसा […]

२०७३ माघ २४ गते, सोमबार

एसएसपी खत्रीलाई म्याद थपका लागि अदालत लगिंदै

काठमाडौं, २४ माघ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले पक्राउ गरेका वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) श्यामबहादुर खत्रीलाई म्याद थपका लागि आज अदालत लगिँदै छ । ३४ किलो सुन भित्र्याउन सहयोग गरेको आरोपमा सीआइबीको हिरासतमा रहेका एसएसपी खत्रीलाई थप अनुसन्धान गर्न प्रहरीले म्यादका लागि अदालतसँग अनुमति लिन लागेको हो । गत महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३४ […]

२०७३ माघ २४ गते, सोमबार

पञ्चेश्वर आयोजना आकाशको फल बन्दै

काठमाडौं, २४ माघ । बहुप्रतीक्षित पञ्चेश्वर आयोजनाको निर्माणस्थलमा कुनै काम सुरु भएको छैन । आयोजना निर्माणस्थलको आवासगृहमा ३ जना सुरक्षा गार्ड भेटिन्छन् । तर, उनीहरुको पनि अवकास भइसकेको छ । पञ्चेश्वर विकास प्राधिकरण गठन भएकाले आयोजनाबाट नियुक्ति पाएका उनीहरु अवकाशमा परेका हुन् । ‘अढाइ दशक कुरेको भवनलाई बेवारिसे कसरी छाड्ने ?’ गार्ड जनक साउदले भने, […]

२०७३ माघ २४ गते, सोमबार

अस्पतालको बेडबाट हराएको शिशु फेला

काठमाडौं,२३ माघ । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट गत शुक्रबार चोरी भएको नवजात शिशु आइतबार भेटिएको छ । पर्साको बेल्वा गाविस वडा ९ स्थित लाल्सा देवी साहको घरमा लुकाई राखेको अवस्थामा प्रहरीले शिशु फेला पारेको हो । शिशु चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले लाल्सादेवीलाई पक्राउ गरेको छ । बालक अस्वस्थ रहेकाले अहिले आइसीयुमा राखेर उपचार गरिरहेको […]

२०७३ माघ २३ गते, आईतवार

सार्वजनिक बिदा नराखी पात्रो प्रकाशन

काठमाडौं,२३ माघ । नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृति प्राप्त पात्रो (पञ्चाङ्ग) विसं २०७४ को सार्वजानिक बिदा समावेश नगरी प्रकाशन हुने भएको छ । समितिले विसं २०७४ मा पात्रो प्रकाशन गर्न तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, आकाश दर्शन, सूर्य, बङ्गलामुखी, शुभ, बाबा गोरखनाथ, सिद्धि र कीर्ति गरी १३ वटा पञ्चाङ्गलाई स्वीकृति दिएको छ । समितिका […]

२०७३ माघ २३ गते, आईतवार