आज जानकी नवमी, मधेश प्रदेशमा सार्वजनिक बिदा
काठमाडौँ । जानकी नवमी अर्थात सीता जयन्तीका अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा आज जारी सूचनामा सो कुरा उल्लेख गरिएको छ । साथै, आगामी जेठ २८ गते कविरदास जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णयसमेत भएको जारी सूचनामा उल्लेख छ ।
२०८२ बैशाख २२ गते, सोमबार