समाज

आज बालाचतुर्दशी, शिवालयहरुमा सतबिज छरिंदै

काठमाडौं,१३ मंसिर । आज बालाचतुर्दशी , दिवंगत आफन्तजनको आत्माको चिरशान्तिको कामना गर्दै शिवालयहरुमा सत्बीज छरी मनाइँदैछ । सत्वीज छर्न आज विहानै काठमाडौंको पशुपतिनाथ क्षेत्रको श्लेषान्तक वनसहित देशभरका शिवालयहरुमा भक्तजनको ठूलो भीड लागेको छ । लाखौं भक्तजनले पाशपत क्षेत्र वरपर आफ्ना दिवंगत पितृहरुको सम्झनामा सद्बिज छरेका हुन् । हरेक वर्र्ष मंसीर कृष्ण चतुर्दशीको बिहान जौ, धान, […]

२०७३ मंसिर १३ गते, सोमबार

छवटा हुँचिल बरामद

काठमाडौं, १२ मंसिर । सुटकेसभित्र लुकाई छिपाई विदेश लैजाँदै गरेको अवस्थामा हुँचिल फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा चेक जाँचकक्षमा शरीर, झोला तथा सुटकेसभित्र दुर्लभ वन्यजन्तुको हाडछाला र लागूऔषध लुकाई छिपाई विदेश लैजाँदै गरेको अवस्थामा स्वदेशी तथा विदेशी नागरिक पक्राउ पर्ने गर्छन् । तर शनिबार भने सुरक्षा चेकजाँच कक्षमा अनौठो घटना भएको छ […]

२०७३ मंसिर १२ गते, आईतवार

जिप दुर्घटनामा सात जनाको मृत्यु, १८ जना घाइते

काठमाडौं, १२ मंसिर ।नवलपरासीको पहाडी गाविस बुलिङ्टार–८ बतासमा गएराति जिप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । मृत्यु हुनेमा डाँडाझेरी छरछरेका समन्ती बाचे, खिमबहादुर बाचे, लोकबहादुर बाचे, दीपक फाल, ४० वर्षीय जयबहादुर बाचे र किशन बाचे रहेका छन् । मृतक एक जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । […]

२०७३ मंसिर १२ गते, आईतवार

सुकुम्बासीका नाममा नदी किनार अतिक्रमण

काठमाडौं, ११ मंसिर । वाग्मती तथा विष्णुमती नदी किनार अतिक्रमण गरी एक हजार ४६५ परिवारले अव्यवस्थित बसोबास गरेका छन् । विसं २०४७ देखि सुकुम्बासीका नाममा काठमाडौं उपत्यकाका नदी किनार अतिक्रमण गर्न सुरु भएको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । जनआन्दोलन २०६२/६३ पछि नदी अतिक्रमण वृद्धि भएको समितिको अध्ययन प्रतिवेदनमा उल्लेख छ । […]

२०७३ मंसिर ११ गते, शनिबार

पृथ्वी राजमार्ग तनावग्रस्त

काठमाण्डौ , १० मंसिर । यातायात व्यवसायीहरुले पृथ्वी राजमार्गमा यातायात अवरुद्ध पारेका छन् । तनहुँका प्रहरी नायव उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ्गले कुटपिट गरेको भन्दैउनिहरुले दुई घण्टादेखि पृथ्वी राजमार्गमा यातायात अवरुद्ध पारेका हुन् । गुरुङ्गले पृथ्वी राजमार्ग समिति अन्तर्गतको ना ५ ख ४७२३ नम्बरको बस चालक सुवास कार्कीलाई कुटपिट गरेको भन्दै उनीहरुले राजमार्गको दमौली खण्ड अवरुद्ध […]

२०७३ मंसिर १० गते, शुक्रबार

न्यायिक आयोगद्वारा उजुरी आह्वान

काठमाडौ १० मंसिर । तराई मधेस र थरुहटलगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलले गरेको आन्दोलनका क्रममा भएको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले सरोकारवालासँग उजुरी आह्वान गरेको छ । आयोगका अध्यक्ष एवं सर्वाेच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा बिहीबार सम्पन्न आयोगको बैठकले घटनासँग सम्बन्धित सरोकारवालासँग उजुरी आह्वान गर्ने निर्णय गरेको हो । आउँदो मङ्सिर […]

२०७३ मंसिर १० गते, शुक्रबार

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

काठमाडौं, १० मंसिर । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म चलाइने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । ‘घर शान्ति नै विश्व शान्तिको आधार : दिगो विकासका लागि लैगिक हिंसारहित समाज’ भन्ने नाराका साथ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजबाट शुरु भएको हो । अभियानका क्रममा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले […]

२०७३ मंसिर १० गते, शुक्रबार

१६ महिनामा ३ सय विदेशी देश निकाला

काठमाडौं, ९ मंसिर । गृह मन्त्रालयले १६ महिनाको अवधिमा ३ सय विदेशी नागरिकलाई नेपाल फिर्ता हुन नपाउने गरी देश निकाला गरेको छ । लागूऔषध कारोबार, जाली नोट तस्करी, चोरी/डकैत, मानव ओसारपसार, अवैध कल बाइपास, सुन तस्करीलगायतका सामाजिक आर्थिक तथा संगठित अपराधमा संलग्न रहेको अभियोगमा उनीहरु नेपालबाट निकालिएका हुन् । मन्त्रालयको तथ्यांकअनुसार २०७२ साउन देखि १६ […]

२०७३ मंसिर ९ गते, बिहीबार

भूकम्पपीडितको गुनासो , “कि देउ, कि दिन्न भन”

काठमाडौं, ८ मंसिर । सोलुखुम्बु, दूधकुण्ड नगरपालिका–१ स्थित टाक्टोरका जाङमु शेर्पाको घर डेढ वर्ष अघिको भूकम्पले भत्कायो, केही दिनको त्रिपालबासपछि उनले जस्ताको छानो र चित्राको बार लगाएर छाप्रो बनाए , त्यसयता शेर्पाको सातजनाको परिवार त्यही छाप्रोमा बस्दै आएको छ । नुम्बुर हिमालको सिधा पर्ने सो छाप्रोमा रातभर यति चिसो बतास पस्छ कि बिहान उठ्दा सबैको […]

२०७३ मंसिर ८ गते, बुधबार

पत्रकार थपलिया प्रहरी नियन्त्रणमा

काठमाडौं, ८ मंसिर । सिरहाबाट प्रकाशित अनुकल्प दैनिकका सम्पादक अर्जुन थपलियालाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । गोलबजारस्थित अनुकल्प दैनिकको कार्यालयमा काम सकेर घर जाने क्रममा राति ८ बजे प्रहरीले नियन्त्रणमा लिएको थपलियाका भाइ उद्धव थपलियाले बताए । प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले महानगरीय प्रहरी परिसर काठमाडौंको आदेशमा थपलियालाई पक्राउ गरिएको बताए । उनले के […]

२०७३ मंसिर ८ गते, बुधबार