पर्यटन

प्राचीन परम्पराहरु संकटमा

काठमाडौं, १४ असोज । नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाले विहीबार ललितपुर दरबार क्षेत्र मूलचोकसँग सम्बन्धित जात्रा–पर्वहरुको अवस्थाबारे आयोजना गरेको अन्तरक्रियामा ललितपुरको अस्पश्र्य सम्पदा संरक्षणमा राज्य गम्भीर नभएको भनाइ सरोकारवालाहरुले राखेका छन् । लिच्छिवीकालदेखि चल्दै आएका परम्परा यही कारण रोकिएको भन्दै नेपाल सरकार, गुथि संस्थान तथा स्थानीय निकायको उनीहरुले ध्यानाकर्षण गराएका छन् ।दसैंका अवसरमा विभिन्न […]

२०७३ आश्विन १४ गते, शुक्रबार

मुक्तिनाथमा तीर्थयात्रीको ओइरो

काठमाडौ, १३ असोज । बेनी–जोमसोम सडकमा सवारी आवतजावत सहज भएपछि मुस्ताङस्थित मुक्तिनाथ र कागबेनी जाने तीर्थयात्री बढ्न थालेका छन् । सोह्रश्राद्ध सकिन केही दिन बाँकी रहँदा सडक मार्ग भएर मुस्ताङ जाने तीर्थयात्रीको सङ्ख्या बढेको हो । विगतका वर्षमा सोह्रश्राद्ध सुरु भएको दिनदेखि नै मुस्ताङ जाने तीर्थयात्रीको घुइँचो लाग्ने गरेको थियो । सोह्रश्राद्धमा कागबेनीमा पुगेर पितृलाई […]

२०७३ आश्विन १३ गते, बिहीबार

‘विश्व पर्यटन दिवस’ मनाइँदै

काठमाडौँ, ११ असोज । आज विश्व पर्यटन दिवस , ‘सबैका लागि पर्यटन’ भन्ने नाराका साथ विश्वभर मनाइँदैछ । अघिल्लो वर्ष भूकम्प र नाकाबन्दीको मार व्यहोरेको नेपालको पर्यटन क्षेत्रका लागि यो दिवस गुमेको साख फर्काउन राम्रो अवसर बन्न सक्ने सम्बद्ध पर्यटन व्यवसायीहरूको भनाइ छ । अघिल्लो वर्ष विषम अवस्था व्यहोरेको यस क्षेत्रले त्यसयता आफ्नो लय पहिल्याउने […]

२०७३ आश्विन ११ गते, मंगलवार

मनास्लु पदमार्ग दसैँअघि खुलाइने

काठमाडौं, १० असोज । भूकम्पपछि अवरुद्ध गोरखाको मनास्लु पदमार्ग खुलाउन जिल्ला विकास समितिले प्राविधिकसहितको टोली खटाएको छ । थुमीको सोतीदेखि सिर्दिवास गाविससम्मको पदमार्ग दसैँअघि सुचारु गर्न जिल्ला प्राविधिक कार्यालयका ओभरसियर लालबहादुर गुरुङ र राजनीतिक परामर्श समितिका सदस्य अध्ययन गर्न खटिएका छन् । नेपाली काँग्रेसका जिल्ला सचिव पूर्णबहादुर दाहाल, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य विष्णु भट्ट, […]

२०७३ आश्विन १० गते, सोमबार

अजयमेरुकोट खतरामा

काठमाडौँ, ९ असोज । तेह्रौँ शताब्दीमा राजा नागी मल्लले डोटी राज्य सञ्चालनका लागि निर्माण गरेको अजयमेरुकोट हालसम्म आइपुग्दा ससाना बुट्यान र झाडीभित्र हराउँदै गइरहेको छ । गृष्मकालीन मौसममा बस्नका लागि निर्मित कोट संरक्षण र सरसफाइका अभावले बुट्यानभित्र हराउनाका साथै इतिहास नै खतरामा परिरहेको कोट अवलोकनकर्ता बताउँछन् । अजयमेरुकोटस्थित मल्ल राजाको दरबार पूर्ण रुपमा हराइसकेको छ […]

२०७३ आश्विन ९ गते, आईतवार

मन्दिर जीर्णोद्धार गर्दा असर्फी भेटियो

काठमाडौं, ९ असोज । बुग्मतीस्थित रातो मच्छिन्दनाथको मन्दिर जीर्णोद्धारका क्रममा मन्दिर मुनि नवरत्न, असर्फी र चाँदीका सिक्का पाइएको छ । सुनको पद्यमाणि लोकेश्वरको मूर्ती पनि सोही स्थानमा पाइएको छ । मन्दिरका चार कुनामा सुनका पाता भेटिएको छ । माटोको घैँटोमा तामाका टुक्रा छन् । पुरातत्व विभागले यसको लगत लिएको छ । मन्दिर जीर्णोद्धारका क्रममा सबै […]

२०७३ आश्विन ९ गते, आईतवार

चंगाचेट प्रतियोगिता हुदै

काठमाडौं, ७ असोज । भेडेटार होटल एसोसिएसनको आयोजना र सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापनमा बडादसैंको अवसर पारेर धनकुटाको भेडेटारमा चंगाचेट उत्सव हुने भएको छ । चंगाचेट उत्सव असोज २१ र २२ गते हुनेछ । उत्सव अवधिभर सबैभन्दा बढी चंगाचेट गर्ने एक जोडीलाई सिक्किम टुरसहित विभिन्न आर्कषण पुरस्कार र दोस्रो हुने जोडीलाई पोखरा टुर र आर्कषक पुरस्कारको व्यवस्था […]

२०७३ आश्विन ७ गते, शुक्रबार

अतिक्रमणको चपेटामा सत्खलुवा ताल

काठमाण्डौ ,६ असोज । नेपालका सिमसार क्षेत्र अतिक्रमणको चपेटामा परेका छन् । सिमसार क्षेत्र संरक्षणका नाममा अर्बौं रुपैयाँ लगानी गरिएको भए पनि अतिक्रमण नियन्त्रण हुन सकेको छैन । कतिपय पर्यटकीय सिमसार क्षेत्र ओझेलमा समेत पर्दै आएका छन् । चुरे क्षेत्र नजिकै रहेको बर्दियाको धधवार गाविसस्थित पर्यटकीय सत्खलुवा ताल ओझेलमा परेको छ । नेपालमा सीमसार क्षेत्रको […]

२०७३ आश्विन ६ गते, बिहीबार

एकसिङे गैँडा संरक्षण अभियान: शून्य सिकार वर्ष मनाउन सफल

काठमाडौँ, ६ असोज । विश्वमै दुर्लभ मानिएको एकसिङे गैँडाका लागि नेपाल उर्वर भूमि भए पनि जलवायु परिवर्तनको असरले गैँडा संरक्षणमा चुनौती थपेको छ । विश्वमै नेपाल र भारतमा मात्र पाइने एकसिङे गैँडाको सङ्ख्या नेपालमा पछिल्ला वर्षमा वृद्धि हुँदै आएको छ । गैँडाका पाँच प्रजातिमध्ये एकसिङे गंँैडा भारतमा दुई हजार पाँच सयभन्दा बढी छन् भने नेपालमा […]

२०७३ आश्विन ६ गते, बिहीबार

पुरातात्विक महत्वको माल अड्डा पुनःनिर्माण गरिने

काठमाण्डौ ,५ असोज । पोखराको बिन्ध्यवासिनी मन्दिर परिसरमा रहेको करिब २०० वर्ष पुरानो पुरातात्विक भवन ‘माल अड्डा’ पुनःनिर्माण गरिने भएको छ । पोखराको पहिलो सरकारी भवनका रुपमा परिचित पोखरा उपमहानगरपालिका–२ स्थित बिन्ध्यवासिनी मन्दिर परिसरमा रहेको उक्त भवन २०७० साल कात्तिकमा आगलागी भई ध्वस्त बनेपछि पुरातत्व विभागले भवन पुनःनिर्माण प्रक्रिया अघि बढाएको हो । पोखराको एतिहासिक […]

२०७३ आश्विन ५ गते, बुधबार