पर्यटन

लोपोन्मुख प्रजातिको अजिङ्गर फेला प-यो

काठमाडौ, २ कात्तिक । कञ्चनपुरको बेदकोट नगरपालिका–६ मुसेपानीमा सोमबार लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ । स्थानीय बासिन्दा रुपलाल चौधरीको धान खेतमा अजिङ्गर देखे पछि इलाका वन कार्यालय ब्रह्मदेवमा खबर गरेका थिए । इलाका वन कार्यालयका वन रक्षक उमेशबहादुर सिंहले फेला परेको अजिङ्गर सात फिट लामो र छ किलो तौलको रहेको बताए । अजिङ्गरलाई वन […]

२०७३ कार्तिक २ गते, मंगलवार

कोरलामा आन्तरिक पर्यटक बढे

काठमाडौ, २ कात्तिक । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको मुस्ताङको कोरला नाका अवलोकन गर्न जानेको सङ्ख्या ह्वात्तै बढेको छ । सरकारले नाका सञ्चालनका लागि चीनसँग कूटनीतिक संवाद र भौतिक संरचनाको स्तरोन्नति गर्न थालेपछि व्यापारी, विद्यार्थी र अनुसन्धानकर्ता नाका पुगेर त्यहाँको वस्तुस्थिति अवलोकन गर्न थालेका हुन् । पश्चिमाञ्चल क्षेत्रका व्यापारी दसैँको बिदा मनाउन नाका अवलोकन […]

२०७३ कार्तिक २ गते, मंगलवार

नेपालमा हाब्रेको सङ्ख्या वृद्धि

काठमाडौँ, १ कात्तिक । विश्वमै दुर्लभ र लोपोन्मुख मानिएको रेडपान्डा (हाब्रे) को संरक्षणमा स्थानीय समुदायको सक्रिय र प्रभावकारी भूमिका बढ्न थालेपछि नेपालमा यसको सङ्ख्यामा वृद्धि हुन थालेको छ । पछिल्लो समयमा कञ्चनजङ्गा संरक्षित क्षेत्र र त्यस वरपरका सामुदायिक वनमा यसको सङ्ख्या बाक्लो रूपमा देखिन थालेको छ । रेडपान्डाको संरक्षणका लागि स्थानीय समुदाय जागरुक भएपछि चोरीशिकार […]

२०७३ कार्तिक १ गते, सोमबार

रसुवागढीको अस्तित्व संकटमा

काठमाडौ, ३० असोज । रसुवागढीमा झरेको सुख्खा पहिरोसँगै खसेको ढुङ्गाका कारण रसुवागढीको संरचना लोप हुने अवस्थामा पुगेको छ । पहिरोले ध्वस्त बनाएकोे एक बर्ष बितिसक्दा पनि गढीको संरक्षणमा कुनै पनि निकायले चासो नराख्दा नेपाल र चीनको सिमानामा रहेको रसुवाको ऐतिहासिक रसुवागढीको संरचना संरक्षण र पुनर्निर्माणको अभावमा लोप हुने अवस्थामा पुगेको हो । माथिबाट झरेका ठूला […]

२०७३ आश्विन ३० गते, आईतवार

पर्यटन प्रवद्र्धन गर्न दशबुँदे धम्पुस घोषणापत्र जारी

काठमाडौं, २९ असोज । अन्नपूर्ण क्षेत्रमा रहेको पदमार्ग (ट्रेकिङ रुट)को प्रवद्र्धनका लागि ‘दशबुँदे पर्यटन प्रवद्र्धन धम्पुस घोषणापत्र’ जारी गरिएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र सेञ्चुरी पर्यटन व्यवसायी समितिले अन्नपूर्ण क्षेत्रअन्तर्गत पर्ने धम्पुस, छोम्रुङ हुँदै माछापुच्छ्रे आधार शिविर पुग्ने ट्रेकिङ रुटलाई नयाँ ढङ्गले सञ्चालन गर्न शुक्रबार धम्पुसमा सो घोषणापत्र जारी गरिएको हो । नेकपा […]

२०७३ आश्विन २९ गते, शनिबार

सौराहामा अन्तरिक पर्यटकको भीड

काठमाडौ, २९ असोज । गएको एक वर्षदेखि सुस्ताएको चितवनको पर्यटन क्षेत्रमा खुसीयाली छाएको छ । वन्द हड्ताल, बाटो जाम लगायतको कारणले सुस्ताएको सौराहा सहितको पर्यटकीय क्षेत्रहरूमा अहिले आन्तरिक पर्यटकको घुइचो लागेको छ । दशैंमा हुने लामो विदाको अवसरमा परिवार सहित नयाँ स्थान हेर्न र घुम्नको लागि जाने भएकाले पर्यटकीय क्षेत्रमा स्वदेशी पर्यटकको भीड लागेको व्यवसायीहरूले […]

२०७३ आश्विन २९ गते, शनिबार

सुकेटार विमानस्थल बन्द

काठमाडौ, २८ असोज । मेची अञ्चलको पहाडी जिल्लाको एकमात्र विमानस्थल सुकेटार विमानस्थलमा जेठ महिनादेखि हवाई सेवा बन्द हुँदा पर्यटकको चहलपहल घटेको छ । यो क्षेत्र हुँदै कञ्चनजंघा हिमालसहित प्रशिद्ध तीर्थस्थल पाथीभरा जाने तीर्थयात्री नआउँदा बजार सुनसान बनेको छ । त्यस्तै होटल व्यवसाय कारोबार पनि ठप्प भएको स्थानीय व्यवसायीहरुको भनाइ छ । सुकेटार विमानस्थलमा नेपाल बायु […]

२०७३ आश्विन २८ गते, शुक्रबार

कात्तिक १ देखि धार्मिक पर्यटन महोत्सव

काठमाडौ, २७ असोज । गुल्मीको पूर्तिघाटमा पहिलोपल्ट पर्यटन व्यवसायको संरक्षण र विकास एवम् प्रचारप्रसार गर्नका लागि नौदिने धार्मिक पर्यटन महोत्सव गरिने भएकोे छ । पूर्तिघाट क्षेत्रवरपरका रहेका धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण तथा प्रचार–प्रसार गरी पर्यटन–प्रर्वद्धन गर्ने तथा कालीगण्डकीको व्यापक प्रचार–प्रसार गर्दै समग्र कालीगण्डकीलाई पर्यटन व्यवसायको आकर्षणका रुपमा स्थापित गर्ने एवम् धार्मिक जागरण गराउनुका […]

२०७३ आश्विन २७ गते, बिहीबार

ऐतिहासिक खौलाकोट संरक्षणको पर्खाइमा

काठमाडौ, २६ असोज । पर्वतको खौलालाँकुरी गाविसमा अवस्थित ऐतिहासिक भूमे कोतको उचित संरक्षण हुन सकेको छैन । बाइसे चौबिसे राजाको पालादेखि विभिन्न परम्परागत संस्कृतिको संरक्षण गर्दै आएको यस कोत संरक्षणको अभावमा ऐतिहासिक महत्व खस्किँदै गएको छ । यसको संरक्षणका लागि स्थानीयवासी जागरुक बने पनि अन्य राज्यस्तरका निकायबाट पहल हुन सकेको छैन । राज्यस्तरबाट सहयोग उपलब्ध […]

२०७३ आश्विन २६ गते, बुधबार

लाङ्टाङमा पर्यटक आगमन सुरु

काठमाडौं , असोज २४ । नेपालको तेस्रो ठूलो पर्यटकीय गन्तव्य मानिएको लाङ्टाङ क्षेत्रमा पर्यटकको आगमन क्रमशः वृद्धि हुन थालेको छ । पर्यटन व्यवसायी ढिण्डुप तमाङका अनुसार हिमाली पदयात्रामा दैनिक आठ÷दशजना पर्यटकको आगमन हुन थालेकाले लाङ्टाङ तथा क्याङ्जेन क्षेत्रको रौनकता बढ्दै गएको छ । भूकम्पपछि ठाउँठाउँमा पर्यटकीय होटेल, लज र चिज उत्पादन कार्य सञ्चालन भइसकेको, पुनःनिर्माणका […]

२०७३ आश्विन २४ गते, सोमबार