पर्यटन

हिमपहिरोमा बेपत्ता कोरियाली नागरिकको शव भेटियाे

काठमाडौं, १६ बैशाख । नेपाली सेनाको श्री विशेष फौज बाहिनी अन्तर्गत पोखरामा रहेको श्री सेकेण्ड रेञ्जर बटालियनबाट खट्टिएको खोज तथा उद्धार टोलीले हिमपहिरोमा पुरिएर बेपत्ता भएका एक कोरियाली नागरिकको शव तीन झण्डै साढे तीन महिनापछि भेटिएकाे जनाएको छ । टोलीले कोरियाली नागरिकको शव हिजो फेला पारेर आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएको हो । आज […]

२०७७ बैशाख १६ गते, मंगलवार

नेपालमा अलपत्र चिनियाँ पर्यटकको स्वदेश फर्कने चाहना

काठमाडौं, १५ वैशाख । चिनियाँ पर्यटकहरुले आफुहरु आफ्नो घर फिर्ता हुन पाउनुपर्ने माग गर्दै पर्यटन बोर्ड पुगेका हुन् । उनीहरुले लकडाउनका कारण नेपालमै अलपत्र परेको भन्दै आफ्नो देश जाने व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् । २५/३० जनाको संख्यामा रहेका चिनियाँ पर्यटकहरु ‘हामी घर जान चाहन्छौं’ लेखिएका ब्यानर बोकेर पर्यटन बोर्ड पुगेका हुन् । उनीहरुले चीन […]

२०७७ बैशाख १५ गते, सोमबार

कालीगण्डकी नदी दोहन र प्रदुषणको चपेटामा

काठमाडाैं, १४ वैशाख । आध्यात्मिक तथा पुरातात्विक दृष्टिकोणले समेत महत्वपूर्ण मानिने शालिग्राम शिला पाइने विश्वको एकमात्र कालीगण्डकी नदी दोहन र प्रदुषणको चपेटामा परेको छ । स्थानीय निकाय तथा निर्माण व्यवसायीहरुले विकासका नाममा मापदण्डविपरीत नदीजन्य वस्तु उत्खनन् गर्नाले नदीको अस्तित्व संकटमा परेको हो । कालीगण्डकी करिडोर निर्माण र बेनी–जोमसोम सडक बिस्तार तथा स्तरीकरणका नाममा कालीगण्डकी नदीलाई […]

२०७७ बैशाख १४ गते, आईतवार

हिमपहिरोमा परि हराएका सात जनामध्ये एक नेपालीको शव उद्धार

काठमाडाैं, १३ वैशाख । नेपाली सेनाले गत माघ ३ गते कास्कीको अन्नपूर्ण गाँउपालिका–१ हिङकु इलाकामा हिमपहिरोमा परि हराएका सात जनामध्ये एक नेपालीको शव उद्धार गरेको छ । हिमपहिरोमा परी बेपत्ता भएका तीन जना नेपाली गाइड तथा चार जना कोरियन पर्यटकहरुमध्ये नेपाली सेनाले धादिङका मेमबहादुर तामाङको शव उद्धार गरी नेपाल प्रहरीको जिम्मा लगाएको हो । हराएकामध्ये […]

२०७७ बैशाख १३ गते, शनिबार

तस्कर र कर्मचारीको मिलेमतोमा वन कटानी

काठमाडाैं, १० वैशाख । सागरनाथ वन विकास परियोजनाको क्षेत्रबाट मात्र दैनिक सयौं रुख कटान हुन थालेको बताइएको छ । वन विकास परियोजनाका तत्कालीन प्रमुख देवेस मनी त्रिपाठी पदोन्नती भएर परियोजना छोडेपछि प्रमुख नभएको मौका छोपेर तस्कर तथा परियोजनाकै केही कर्मचारीको मिलोमतोमा रुख कटान भइरहेको परियोजनाका कर्मचारीले बताए । नयाँ रुख कटानका साथै गोदाममा काटेर राखेको […]

२०७७ बैशाख १० गते, बुधबार

गैडा मृत अवस्थामा भेटियो

काठमाडाैं, ४ वैशाख । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सुखीभार क्षेत्रको कोर इलाका चिसापानी भन्ने स्थानमा जमेको पानी भित्र गैंडा मृत भेटिएको छ । उक्त भाले गैडाको खाग र खुर भने सुरक्षित रहेको छ । गैडा मृत भेटिएको क्षेत्र गैडाको पकेट क्षेत्रजस्तै हो । धेरैजसो निकुञ्जको गैडा सुखीभार क्षेत्रमै छन् । चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा […]

२०७७ बैशाख ४ गते, बिहीबार

पर्यटकलाई निःशुल्क भोजन

काठमाडौं, २९ चैत । रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेबान)ले दैनिक ५० जना पर्यटकलाई निःशुल्क भोजन गराइरहेको छ । लकडाउनका कारण काठमाडौंमा अड्किएका र स्वदेश फर्कन नपाएका पर्यटकलाई रेबानले बिहान९बेलुकाको खाना खुवाउने व्यवस्था गरिरहेको हो। रेबानका अध्यक्ष अरनिको राजभण्डारीका अनुसार, ठमेलको लाबेला र नर्थ फिल्ड रेस्टुरेन्टमा पर्यटकलाई खाना खुवाउने व्यवस्था मिलाइएको छ। नेपाल घुम्न आएका […]

२०७६ चैत्र ३० गते, आईतवार

पर्यटन क्षेत्रको लगानी संकटमा

काठमाडौं , २६ चैत । गौतम बुद्धको जन्मस्थान लुम्बिनी, सिद्धार्थनगर र यसको आसपासका होटल तथा पर्यटन व्यवसायीले गरेको रु २५ अर्बको लगानी संकटमा परेको छ । कोभिड–१९ को सम्भावित सङ्क्रमणका कारण सरकारले घोषणा गरेको बन्दाबन्दीले लुम्बिनी, बुटवल, तिलोत्तमा र भैरहवामा अहिले सानाठूला करीब ३०० होटल तथा रेष्टुरेन्ट एवं १०० ट्राभल एजेन्सी बन्द छन् । यसले […]

२०७६ चैत्र २६ गते, बुधबार

२९ पर्यटकको उद्धार

काठमाडाैं, १७ चैत । लकडाउनका कारण रसुवामा अलपत्र परेका २९ पर्यटकलाई रसुवा जिल्ला प्रशासन कार्यालयले आज उद्धार गरेको छ ।प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार हिमाली पदयात्रामा रसुवा पुगेका पर्यटकलाई उद्धार गरी काठमाडौंँ पठाइएको छ । लाङ्टाङ तथा बृद्विम क्षेत्रको भ्रमणमा रहेका बेलायती, जर्मनेली, अमेरिकी र अष्ट्रलियाली पर्यटकलाई उद्धार गरी सडक मार्गबाट काठमाडौँ जाने अनुमति […]

२०७६ चैत्र १७ गते, सोमबार

पर्यटकीय क्षेत्र सौराहा ठप्प , निकुञ्ज प्रवेशमा रोक

काठमाडौं, १० चैत । कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिम बढ्दै गएपछि पर्यटकीय क्षेत्र सौराहामा रहेका होटल बन्द भएका छन् । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वारका रुपमा रहेको सो क्षेत्रमा साना ठूला गरी ११५ होटल रहेका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार होटलले सूचना टाँसेर सेवा बन्द गरेका हुन् । घरायसीरुपमा […]

२०७६ चैत्र १० गते, सोमबार