पर्यटन

सिन्धुलीगढीको प्रचार–प्रसार गर्न साइकलयात्रा

काठमाडौं, २० कात्तिक । ऐतिहासिकस्थल सिन्धलीगढीको प्रचार–प्रसारलाई सहयोग पुर्याउने उद्देश्यले साइकलयात्रा गरिने भएको छ । समृद्ध सिन्धुली अभियानले उक्त साइकलयात्रा आगामी मङ्सिर ६, ७ र ८ गर्न लागेको हो । यस वर्ष २५० किलोमिटर साइकलयात्रा हुने बताइएको छ । काठमाडौँको पशुपतिनाथबाट शुरु हुने साइकलयात्राको पहिलो दिन सिन्धुलीकै सुनकोशी गाउँपालिकाअन्तर्गत मुलकोटमा आएर समापन हुने र दोस्रो […]

२०७६ कार्तिक २० गते, बुधबार

पहिलो सिजनको शिकारयाम सुरु

काठमाडौँ, ३ कार्तिक । हरेक वर्ष असोजदेखि मंसिरसम्म हुने पहिलो सिजनको शिकारयाम सुरु भएको छ । मुलुककै एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा यो वर्षको पहिलो सिजनमा सात नाउर र पाँच झारलको शिकार गरिने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत भदौ १७ गते १० नाउर र ६ झारलको शिकारको लक्ष्य […]

२०७६ कार्तिक ३ गते, आईतवार

नेवानिको ओसाका उडान उत्साहजनक

काठमाडौँ, १ कार्तिक । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलायन्स)ले ओसाका (जापान) उडानमा आशातित व्यापार गरेको छ । निगमका प्रवक्ता गणेशबहादुर चन्दले निगमको ओसाका उडान नियमित भइरहेको र आशातित व्यापार गर्न सफल भएको जानकारी दिए । “निगमको ओसाका उडान नियमित भइरहेको छ । अक्टोबरबाट दुईतर्फी यात्रुको सङ्ख्या बढेको छ । यात्रुको सङ्ख्या प्रति […]

२०७६ कार्तिक १ गते, शुक्रबार

निकुञ्जहरुमा विद्युतीय पर्यटकीय सुचना केन्द्र

काठमाडौं, २५ असोज । देशभरका चार राष्ट्रिय निकुञ्ज र एउटा संरक्षण केन्द्रमा विद्युतीय पर्यटकीय सुचना केन्द्र निर्माण गरिने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै निकुञ्जहरुमा विद्युतीय पर्यटकीय सुचना केन्द्र निर्माण गरिन लागेको बताइएको छ । चितवन राष्ट्रिय निकुञ्जमा भएको वन, वन्यजन्तु, वनस्पती र जनवारको विषयमा पर्यटकलाई जानकारी गराउने गरि केन्द्र स्थापना […]

२०७६ आश्विन २५ गते, शनिबार

जीवित देव गणेश र भैरव परिवर्तन हुँदै

काठमाडौं, ९ असोज । गुठी संस्थानमा बुधबार भएको जीवित देवी कुमारी, देव गणेश र भैरव छनोट समितिको बैठकले फूलपातीका दिन वर्तमान जीवित देव गणेश र भैरव परिवर्तन गरी नयाँ प्रतिस्थापन गर्न निर्णय गरेको छ । यो निर्णय पछि आउदो फूलपातीका दिन जीवित देव गणेश र भैरव परिवर्तन हुने भएका छन् । यसका लागि छनोटको जिम्मा […]

२०७६ आश्विन ९ गते, बिहीबार

इन्द्रजात्रा अवलोकन गर्न विदेशी पाहुना काठमाडाैँ आउँदै

काठमाडाैँ, २६ भदाै । काठमाडौंमा महानगरपालिकाका आमन्त्रणमा भारत, चीन, भूटान, बङ्गलादेश, जापान र अमेरिकाबाट पाँच नगरप्रमुखसहित ४८ विदेशी प्रतिनिधि इन्द्रजात्रामा सहभागी हुने भएका छन । इन्द्रजात्रा अवलोकन गर्नका लागि पहिलोपटक ६ देशका पाँच नगरप्रमुखसहित ४८ विदेशी पाहुना आज काठमाडौँ आउदै छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख नगरप्रमुख विद्यासुन्दर शाक्यले भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले […]

२०७६ भाद्र २६ गते, बिहीबार

‘इन्द्रजात्रालाई राष्ट्रिय पर्वको रुपमा मनाउ’

काठमाडौं, २५ भदौ । काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पत्रकार सम्मेलन गरी इन्द्रजात्रालाई राष्ट्रिय पर्वको रुपमा मनाउन सबैसँग आग्रह गरेका छन् । इन्द्रजात्राको अवलोकनका लागि यस वर्ष विभिन्न पाँच शहरका मेयरसहित ४८ जना भन्दा बढी विदेशी आउनेछन् । उनीहरुलाई जात्रा अवलोकनसहित चन्द्रागिरीहिल, स्वयम्भूनाथ, दरबार स्क्वायर, पशुपतिनाथलगायतका धार्मिक तथा पर्यटकीय तीर्थस्थलको अवलोकन गराइने छ । इन्द्रजात्रालाई […]

२०७६ भाद्र २५ गते, बुधबार

इन्द्रजात्रा सुरु

काठमाडौं , २४ भदौ । यस वर्षको इन्द्रजात्रा पर्व विधिवत् रुपमा सुरु भएको छ । काठमाडौंको हनुमानढोकामा मंगलबार बिहान ९ बजेर १७ मिनेटमा लिङ्गो ठड्याएपछि इन्द्रजात्रा विधिवत रुपमा शुरु भएको हो । केन्द्रीय मानन्धर संघले भक्तपुरको चित्तपोल वनबाट परम्परागत रुपमा पूजा गरी ल्याएको लिंगो ठड्याइएको हो । लिंगोसँगै काठमाडौं शहरको रक्षाका लागि भन्दै चार कुनामा […]

२०७६ भाद्र २४ गते, मंगलवार

कीर्तिपुर महोत्सव ’ भाद्र २७ गतेदेखि

काठमाडाैं, २३ भदाै । नेपालीहरुको महान चाड बडा दशैँको अवसरमा पर्यटकिय नगरी किर्तिपुरमा ‘पाँचौ कीर्तिपुर महोत्सव २०७६’ सुरु हुने भएको छ। किर्तिपुरको नयाँ बजारको खेलकुद मैदानमा यहि भाद्र २७ गते शुक्रबार देखि असोज ८ गते बुधबार सम्म उक्त महोत्सव हुने भएको हो । सामाजिक कार्य, म्युजिक अवार्ड तथा औधोगिक ब्यापार मेला महोत्सब गर्दै आएको औधोगिक […]

२०७६ भाद्र २३ गते, सोमबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द !

काठमाडौं , १५ भदौ । दोस्रो चरणको स्तरोन्नतीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द हुने भएको छ । आज रातिबाट काम शुरु हुन भएकाले चार महिनासम्म विमानस्थल दैनिक सात घण्टा बन्द हुने विमानस्थल कार्यालयले जनाएको छ । भदौ १५ गतेदेखि पुस १५ गतेसम्म राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म सात घण्टा […]

२०७६ भाद्र १५ गते, आईतवार