बिश्व

आगलागीका कारण संकटकाल

काठमाडौ, २३ बैशाख । क्यानडाको अलबर्टा प्रान्तको जंगलमा लागेको भिषण आगलागीपछि संकटकाल घोषणा गरिएको छ । जंगलमा आगो लाग्दा म्याकमर्रे सहरका ८८ हजार बासिन्दा सहरबाट सुरक्षित स्थानमा जान बाध्य भएका छन् । आगोले सहरको अधिकांश भाग नष्ट गर्न सक्ने अधिकारीहरुले चेतावनी दिएका छन् । आगो आगामी २४ घण्टासम्म अत्यन्त संवेदनशील मानिएको छ। आइतबार सुरु भएको […]

२०७३ बैशाख २३ गते, बिहीबार

पृथ्वीको आयु र अन्य ग्रहमा जीवनको सम्भावना

काठमाडौं । पृथ्वीमा जीवन छ किनभने जीवन अनुकुल वायुमण्डल छ अनि पानी पनि छ । जीवनको लागि वायुमण्डल हुनु जरुरी छ । लामो समयदेखि मानिसले पृथ्वीबाहेक ब्रम्हाण्डका अन्य स्थानमा समेत जीवन भएको हुन सक्ने अनुमान गर्दै आएका छन् । १९ औं शताब्दीमा खगोलशास्त्रीहरुले पनि चन्द्रमामा बुद्धिमान प्राणीहरु हुनुपर्छ भन्ने सोच राखेका थिए । तर पछि […]

२०७३ बैशाख २३ गते, बिहीबार

सिरियालाई वार्ताबाट नभाग्न अमेरिकी चेतावनी

काठमाडौ, २२ बैशाख । अमेरिकी विदेशमन्त्री जोन केरीले सिरियाली राष्ट्रपति बसर अल असदलाई कुनै पनि हालतमा शान्तिवार्ताबाट नभाग्न चेतावानी दिनुभएको छ । उहाँले बर्लिनमा भन्नुभयो– वार्ताका लागि परिस्थिति बनेको छ, पछिल्लो समयमा विकसित युद्धविरामको अवस्थामा नै वार्ताका लागि पहल भएन भने यसको परिणाम पनि नराम्रो हुनसक्छ । पछिल्लो समयमा सिरियामा युद्धबिराम जारी रहेको भनिएको भए […]

२०७३ बैशाख २२ गते, बुधबार

आगलागीवाट हजारौ जनता प्रभावित

काठमाडौं, २२ वैशाख । क्यानाडाको जंगलमा भिषण आगलागी हुँदा दर्जनौं घर जलेर नष्ट भएका छन् । क्यानाडाको म्याकमुरे क्षेत्रमा रहेको जंगलमा लागेको आगो नियन्त्रण बाहिर गएपछि ६० हजारभन्दा बढी जनता प्रभावित बनेका छन् । आगलागी नियन्त्रणका लागि सयौं उद्धारकर्मी परिचालन गरिएको छ भने हेलिकोप्टरको पनि सहयोग लिइएको छ । आगलागी प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ […]

२०७३ बैशाख २२ गते, बुधबार

तिर्खाले ज्यान लियो

काठमाडौ, २२ बैशाख । भारतको तेलंगनाको आदिलाबाद जिल्लामा सोमबार ८ वर्षीय मधुकर र १२ वर्षीय अशोकको मृत्यु तिर्खा र चर्को घामका कारण भयो । उनीहरु दुवैको शव मुद्दरम गाउँको जंगलमा फेला परेको थियो । उनीहरुका लागि पानी लिन गएका आमा पानीको कमीका कारण बाटैमा बेहोस भएकी थिइन् । स्मरणरहोस् तेलंगनामा यो वर्षको सबैभन्दा ठुलो खडेरी […]

२०७३ बैशाख २२ गते, बुधबार

भ्रष्टाचार विरोधी अभियानका सातजना पक्राउ

काठमाडौं, २१ वैशाख । इटालीमा सरकारले सुरु गरेको भ्रष्टाचार विरोधी अभियानका क्रममा सोमबार राति थप सात जना पक्राउ गरिएको समाचार छ । अभियान इटालीको सरकारले दुई हप्ताअघि सुरु गरेको हो । उक्त अभियानलाई तिब्रता दिँदै इटाली प्रहरीले सोमबार मात्र सात जनालाई पक्राउ गरेको बताइएको छ । सो सरकारले गत हप्तामात्र नौ जनालाई पक्राउ गरेको थियो […]

२०७३ बैशाख २१ गते, मंगलवार

सिरियाको स्थिति नियन्त्रण बाहिर : अमेरिका

काठमाडौं, २१ वैशाख । सिरियाको स्थिति नियन्त्रण बाहिर गएको भन्दै अमेरिकाले चिन्ता ब्यक्त गरेको छ । जेनेभामा रहेका अमेरिकी विदेश मन्त्री जोन केरीले सिरियाको स्थिति दिन प्रतिदिन नाजुक बन्दै गएको भन्दै तत्काल ठोस कदम चाल्न विश्व समुदायको ध्यानाकर्षण गराएका छन् । संयुक्त राष्ट्रसंघ र अरब लिगका प्रतिनिधिसँग भेट गर्दै विदेश मन्त्री केरीले सिरियामा रहेका सयौं […]

२०७३ बैशाख २१ गते, मंगलवार

आइस लडाकू मोरक्कोमा पक्राउ

काठमाडौँ, २० वैशाख । ब्रसेल्समा आक्रमणको योजना बनाइरहेका तीनजना आइएस आवद्ध व्यक्तिलाई मोरक्कोमा पक्राउ गरिएको समाचार छ मोरक्कोको उत्तर–पश्चिमी नगर नारदुमा ती तीनजना लडाकू पक्राउ परेका समाचारमा जनाइएको छ । उनीहरु यसअघि ब्रसेल्समा हमला गरेको समूहकै सदस्य रहेको पाइएको प्रहरीले जानकारी दिएको छ । उनीहरुले मोरक्को तथा ब्रसेल्सकै कतिपय स्थानका संवेदनशील स्थानमा हमलाको योजना बनाएको […]

२०७३ बैशाख २० गते, सोमबार

डढेलो नियन्त्रण गर्न हेलिकोप्टर

काठमाडौं,२० बैशाख । भारत उत्तराखण्डको जंगलमा लागेको भीषण आगो नियन्त्रण बाहिर जान थालेपछि त्यहाँको सरकारले आगो निभाउन हेलिकोप्टरको प्रयोग गरेको छ । तीन वटा हेलकोप्टरमार्फत आगो निभाउने प्रयास गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय प्रशासनले आवश्यक परे थप हेलिकोप्टरको पनि व्यवस्था गर्ने जनाएको छ । आगलागी नियन्त्रण गर्न स्थानीय प्रहरी, वन अधिकारी, स्वंयसेवी, राष्ट्रिय […]

२०७३ बैशाख २० गते, सोमबार

अलेपोमा आक्रमण रोक्न सिरियालाई अमेरिकाको आग्रह

काठमाडौँ, १९ वैशाख । सिरियाको अलेपो सहरमा पछिल्लो समयमा बढिरहेको आक्रमणलाई तत्कालै रोक्न अमेरिकाले आग्रह गरेको छ । अमेरिकाले सिरियाली राष्ट्रपति बसर अल असदलाई सो कारबाही रोक्न आग्रह गरेको हो । दुई महिनादेखि सिरियामा युद्धविराम जारी रहेको छ । तर पनि सिरियाली फौजले अलेपोमा कारबाही जारी राखेपछि उक्त हिंसाप्रति चिन्ता व्यक्त गरिएको समाचारमा जनाइएको छ […]

२०७३ बैशाख १९ गते, आईतवार