बिश्व

इन्धन अभावमा विमान दुर्घटना भएको खुलासा

काठमाडौं, १६ मंसिर । ब्राजिलको फुटबल क्लब चापेकोएन्सेका खेलाडी चढेको विमान इन्धन अभावका कारण दुर्घटना भएको सार्वजनिक भएको छ । लिक भएको अडियो रेकर्डिङका अनुसार विमानमा इन्धन सकिएकाले दुर्घटना भएको हो । उक्त अडियोमा पाइलटले बारम्बार इलेक्ट्रिक फेलियर र इन्धन सकिएकाले विमान अवतरणका लागि स्वीकृति मागेको सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एयर ट्राफिक टावरबाट […]

२०७३ मंसिर १६ गते, बिहीबार

‘ अवैध मतका विषयमा डोनाल्ड ट्रम्पले लगाएको आरोप गलत’

काठमाडौं, १४ मंसिर । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले गत नोभेम्बरमा ८ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा लाखौं अवैध मत खसेको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको आरोपको समर्थनमा कुनै प्रमाण नभएको जनाएको छ । ह्वाइट हाउसका प्रेस सेक्रेटरी जोश अर्नेस्टले अवैध मत खसेको भन्ने ट्रम्पको आरोप अस्वीकार गरेका हुन् । राष्ट्रपति निर्वाचित ट्रम्पले भने लाखौं अवैध मत […]

२०७३ मंसिर १४ गते, मंगलवार

यूगाण्डाका राजा हिरासतमा

काठमाडौं, १३ मंसिर । पश्चिम यूगाण्डामा प्रहरी र राजाका समर्थक लडाकूबीच भएको हिंसामा ५५ जना मारिनुका साथै अरु थुप्रै घाइते भएका छन् । हिंसा मच्चाउनका लागि रवेनजूरुरुका राजालाई जिम्मेवार ठहर्‍याइएको छ र उनलाई नियन्त्रणमा लिइएको खबर छ । चाल्र्स वेस्ले मुम्बेरेलाई हिंसा फैलाएको आरोप लागेको छ । सुरक्षाकर्मीले राजा मुम्बरेको महलमा छापा मारी उनलाई नियन्त्रण […]

२०७३ मंसिर १३ गते, सोमबार

राष्ट्रपति विरुद्ध विशाल प्रदर्शन

काठमाडौं, १२ मंसिर । दक्षिण कोरियाको राजधानी सोलमा राष्ट्रपति पार्क गियुन हेइको राजीनामा माग गर्दैै अहिलेसम्म कै विशाल प्रदर्शन भएको छ । दशौं हजार प्रदर्शनकारीले राष्ट्रपति पार्कको राजीनामाको नारा लगाउँदै सडकमा उत्रिएका हुन् । आयोजकहरुले प्रदर्शनमा ८ लाखको सहभागिता रहेको दाबी गरेका छन् । सुरक्षाका लागि २५ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको अधिकारीहरुले जनाएका […]

२०७३ मंसिर १२ गते, आईतवार

पूर्वराष्ट्रपति क्यास्ट्रोको निधन

काठमाडौं, ११ मंसिर । क्यूवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको निधन भएको छ । क्यूवाको सरकारी टेलिभिजनले पूर्व राष्ट्रपति क्यास्ट्रोको निधन भएको पुष्टि गरेको छ । उनलाई क्यूवामा कम्युनिस्ट क्रान्तिका नायक मानिन्थ्यो । ९० वर्षीय क्यास्ट्रो लामो समयदेखि अस्वस्थ्य रहँदै आएका थिए । अस्वस्थ्यताकै कारण सन् २००८ मा उनले आफ्ना भाई राउल क्यास्ट्रोलाई सत्ता हस्तान्तरण गरेका […]

२०७३ मंसिर ११ गते, शनिबार

टर्कीद्वारा यूरोपेली संघलाई चेतावनी

काठमाडौं, ११ मंसिर । टर्कीले आफूमाथि यूरोपेली संघले अनावश्यक दबाब दिइरहेमा हजारौं आप्रवासीलाई यूरोप प्रवेश गर्न आफ्नो देशको ढोका खोलिदिने चेतावनी दिएको छ । यूरोपीय संघमा आफ्नो देशको सदस्यताबारे छलफलमा प्रतिबन्ध लगाइएकोमा आक्रोशित टर्कीस राष्ट्रपति रेचेप तैयप अर्दोआनले टर्कीसँग गरेको सम्झौता पालना नगरिए शरणार्थीलाई यूरोप छिराइदिने बताएका हुन् । टर्कीलाई मद्दत गर्ने, टर्कीबासीलाई यूरोपमा भ्रमण […]

२०७३ मंसिर ११ गते, शनिबार

प्रशान्त महासागरमा ७ म्याग्नेच्युटको भूकम्प , सुनामीको चेतावनी

काठमाडौ १० मंसिर । प्रशान्त महासागर केन्द्रविन्दु भएर ७ म्याग्नेच्युटको शक्तिशाली भूकम्प गएको छ । प्रशान्त महासागरमा गएको भूकम्पको धक्का मध्य अमेरिकी देश एल साल्भाडोर र निकारागुवामा समेत महसुस गरिएको छ । मध्य अमेरिकी तट केन्द्रविन्दु भएर भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । एल साल्भाडोरको प्रशान्त महासागरको […]

२०७३ मंसिर १० गते, शुक्रबार

इजरायलमा भीषण आगलागी

काठमाण्डौ ,१० मंसिर । इजरायलको तेस्रो ठूलो सहर हाइफामा जंगली क्षेत्रमा लागेको आगोबाट खतरा बढेपछि १० औं हजार नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । दुई महिना लामो खडेरीका कारण जंगलमा लागेको आगो तीब्र हावासँगै सहरी क्षेत्रका लागि खतरा बनेको हो । आगोबाट जेरुसेलम र पश्चिमी तटका बस्ती पनि खतरामा रहेको बताइएको छ । इजरायलका प्रहरी […]

२०७३ मंसिर १० गते, शुक्रबार

आइएस लडाकु इराकी सेनाको घेराबन्दीमा

काठमाडौं, ९ मंसिर । इराकी सुरक्षा फौजले मोसुल शहर प्रवेश गर्ने एक मुख्य सडक नियन्त्रणमा लिएर चरमपन्थी संगठन इस्लामिक स्टेट आइएसलाई घेराबन्दी गरेको दाबी गरेको छ । हस्द अल शाबी समूहले कुर्द लडाकुसँग मिलेर तल अफर र सिन्जरको बीचमा पर्ने सडक कब्जा गरेको हो । यसक्रममा भएको हवाई हमलामा मोसुलको एउटा पुलमा क्षति पुगेको छ […]

२०७३ मंसिर ९ गते, बिहीबार

हिलारी क्लिन्टनको ईमेल प्रकरणको थप अनुसन्धान हुदैन : ट्रम्प

काठमाडौं, ८ मंसिर । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनको ईमेल प्रकरणको थप जाँच नगरिने बताएका छन् । राष्ट्रपतीय निर्वाचनका क्रममा भने ट्रम्पले आफू राष्ट्रपति निर्वाचित भए क्लिन्टनको इमेल प्रकरणमा पुनः छानविन गरी उनलाई जेल हाल्नेसम्मको कडा अभिव्यक्ति दिएका थिए । ट्रम्पले राष्ट्रपतीय निर्वाचनकी आफ्नी प्रतिस्पर्धी रहेकी क्लिन्टनलाई थप पीडा दिने आफ्नो […]

२०७३ मंसिर ८ गते, बुधबार