आइएसद्वारा लरी आक्रमणको जिम्मेवारी
काठमाडौं, ६ पुस । जर्मनीको बर्लिनस्थित व्यस्त क्रिसमस बजारमा गराइएको लरी आक्रमणको जिम्मेवारी आइएसले लिएको छ । आईएसले अन्तर्राष्ट्रिय गठबन्धनका सदस्य राष्ट्रका नागरिकमाथि आक्रमण गर्न गरिएको अपीलअन्तर्गत आफ्ना लडाकुले लरी आक्रमण गरेको जनाएको छ । क्रिसमस बजारमा जानाजान जथाभावी लरी गुडाउँदा किचिएर १२ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् । […]
२०७३ पुष ६ गते, बुधबार