बिश्व

उडिरहेको विमानबाटै हामफाले आत्मघाती हमलाकारी

काठमाडाैं, २० माघ । सोमालियामा उडिरहेको एउटा विमानमा विस्फोट भएको छ । विस्फोटमा संलग्न संदिग्ध हमलाकारी भने विमानबाटै हामफालेको अधिकारीहरुले जनाएका छन् । समाचार एजेन्सीहरुका अनुसार सोमालियाको राजधानी मोगादिसुबाट अफ्रिकाको जिबोटीका लागि उडान भरेको डाल्लो एअरलाइन्सको विमानमा विस्फोट भएको हो । अधिकारीहरुका अनुसार उडान भरेको पाँच मिनेटमै विस्फोट भएको थियो । विस्फोटबाट तीन फिट चौडा […]

२०७२ माघ २० गते, बुधबार

अमेरिकाद्वारा युरोपको रक्षा बजेटमा चार गुणा वृद्धि

काठमाडौ, २० माघ । रुसबाट खतरा बढेको भन्दै अमेरिकाले युरोपका लागि आफ्नो रक्षा बजेटमा चार गुणा बृद्धि गरेको छ । अमेरिकी रक्षा मन्त्री एश कार्टरका अनुसार अमेरिकाका लागि रुस सबैभन्दा ठूलो खतरा बनेको छ । रुसको आक्रामकतालाई मध्यनजर गर्दै अमेरिकी रक्षा मन्त्रालयले सन् २०१७ मा युरोपका लागि आफ्नो रक्षा बजेटमा चार गुणा बृद्धि गरेको उनको […]

२०७२ माघ २० गते, बुधबार

जापानमा ५.७ रेक्टर स्केलको भूकम्प

काठमाडौ, १९ माघ । जापानमा मङ्गलबार अपराह्न ५.७ रिक्टर स्केलको भूकम्प गएको समाचार छ । उक्त जानकारी जापानको मौसम विज्ञान निकाय (जेएमए) ले दिएको छ । यस भूकम्पपछि सुनामीको चेतावनी भने नदिइएको सो निकायले जनाएको छ । (जेएमए) का अनुसार यस भूकम्पको केन्द्रविन्दु फुकुसिमा प्रान्तको हकाडोरी तटीय क्षेत्रको इवाकी सहरको प्रशान्त क्षेत्रीय समूद्रको २० किलोमिटर […]

२०७२ माघ १९ गते, मंगलवार

मोदीसँग ४ हजार ७ सय रुपैया मात्र नगद

काठमाडौं, १९ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग जम्मा ४ हजार ७ सय रुपैया नगद भएको बताइएको छ । भारतीय प्रधानमन्त्री कार्यालयले जारी गरेको नयाँ जानकारी अनुसार गत बर्षको अन्त्य सम्ममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग जम्मा ४ हजार ७ सय रुपैया नगद मात्र थियो । समाचार एजेन्सी पीटीआइका अनुसार मोदीको कुल सम्पत्ति १. ४१ करोड […]

२०७२ माघ १९ गते, मंगलवार

सिरियामा श्रृङ्खलाबद्ध विस्फोट, ५० जनाको मृत्यु

काठमाडौ, १८ माघ । सिरियामा भएका शृङ्लाबद्ध विस्फोटमा मर्नेको संख्या ५० पुगेको छ । हिजो राजधानी दमास्कसको दक्षिणी क्षेत्रमा रहेको सिया समुदायको मुख्य आस्थाको केन्द्र साइदा जेइनाव नजिक भएका विस्फोटहरुमा उनीहरुको मृत्यु भएको हो । विस्फोटमा एक सय १० जना घाइते भएका छन् । घटनाको जिम्मेवारी चरमपन्थी संगठन इस्लामिक स्टेटले लिएको छ । सरकारी सञ्चारमाध्यमहरुले […]

२०७२ माघ १८ गते, सोमबार

नेटोद्वारा रसियालाई चेतावनी

काठमाडौं, १७ माघ । नेटोले रसियालाई आफ्नो हवाई अनुशासनको पालना गर्न र टर्कीको आकासको सम्मान गर्न चेतावनी दिएको छ । रसियाली सुरक्षा अधिकारीहरुले पछिल्लो समयमा विना अनुमति टर्कीको आकासमा आफ्ना विमान उडाउने गरेको आरोप लाग्ने गरेको छ । यसै समाचारको पृष्ठभूमिमा हवाई अनुशासनको पालना गर्न नेटोले रसियालाई चेतावनी दिएको समाचारमा जनाइएको छ । नेटोका महासचिव […]

२०७२ माघ १७ गते, आईतवार

भारतमा बलात्कार र हत्या अभियोगमा तीनलाई मृत्युदण्ड

काठमाडौं, १७ माघ । भारतीय एक अदालतले एक विद्यार्थीको हत्या र सामूहिक बलात्कारमा संलग्न भएको अभियोगमा शनिबार मृत्युदण्ड को सजाय दिइएको थियो । गएको बिहीबार उनीहरुलाई सन् २०१३ मा आफ्नो परीक्षामा सामेल भई घर फर्किने क्रममा २१ वर्षीया एक युवतीलाई पूर्वी पश्चिम बङ्गाल राज्यमा सामूहिक बलात्कार गरिएको र उनको उपचारका क्रममा अस्पतालमा निधन भएको थियो […]

२०७२ माघ १७ गते, आईतवार

खानीमा फसेका कामदारको ३६ दिनपछि जीवितै उद्दार

काठमाडौं, १६ माघ । चीनको एक खानीमा फसेका चार जना कामदारलाई ३६ दिनपछि जीवितै उद्दार गरिएको छ । चीनको पूर्वी सानडोङ प्रान्तमा रहेको जिप्सम खानीको सुरुङमा ३६ दिनदेखि फसेका चार जना खानी कामदारको उद्दार गरिएको चिनियाँ सरकारी सञ्चार माध्यमले जनाएका छन् । गत डिसेम्बर २५ मा खानी भत्कँदा २९ जना कामदार जमिनमुनि सुरुङमा काम गरिरहेका […]

२०७२ माघ १६ गते, शनिबार

मानवअधिकार संगठनद्वारा मोदीको आलोचना

काठमाडौ, १५ माघ । अन्तर्राष्ट्रिय मानवअधिकार संगठनहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका छन् । अन्तर्राष्ट्रिय ह्युमन राइटस् वाच र एमनेस्टि इन्टरनेशनलले आफ्नो वार्षिक प्रतिवेदनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको नेतृत्वको सरकारको आलोचना गरेका हुन् । ती संगठनले अल्पसंख्यकमाथिको हमला रोक्न नसकेको, नागरिक अधिकार संगठनमा रोक लगाएको भन्दै मोदी र उनको सरकारको आलोचना गरेका […]

२०७२ माघ १५ गते, शुक्रबार

भारतको छत्तिसगढमा प्रहरी र विद्रोहीबीच दोहोरो भिडन्त

काठमाडौ, १४ माघ । भारतको मध्य भागमा पर्ने राज्य छत्तिसगढमा सरकारी प्रहरी र विद्रोहीबीच भएको दोहोरो गोली हानाहानमा तीन विद्रोहीको मृत्यु भएको समाचार छ । प्रान्तीय राजधानी रायपुरदेखि ३६७ किलामिटर दक्षिणमा पर्ने दन्टेवादा जिल्लामा सो गोलीहानाहान भएको जनाइएको छ । जङ्गलको पहाडी इलाकामा भएको दोहोरो गोली हानाहानमा तीन विद्रोहीको मृत्यु भएको प्रहरी अधिकारीले जानकारी दिएको […]

२०७२ माघ १४ गते, बिहीबार