बिश्व

विवाह समारोहनजिक आत्मघाती विष्फोट, २२ जना मारिए

काठमाडौं, ५ भदौ । टर्कीमा एउटा विवाह समारोहनजिक गराइएको आत्मघाती विष्फोटमा २२ जना मारिएका छन् । गाजिआनटेप शहरमा विवाह समारोह चलेको स्थाननजिकै गराइएको विष्फोटमा अरु ९४ जना घाइते भएका छन् । यो आतंकवादी आक्रमण भएको सरकारले जनाएको छ । यो सिरियाको सीमादेखि करीब ६४ किलोमिटर टाढा रहेको यस शहरमा मूख्य गरी कुर्दिस रहने गर्दछन् । […]

२०७३ भाद्र ५ गते, आईतवार

डोनाल्ड ट्रम्पका मूख्य चुनावी प्रचारकद्वारा राजिनामा

काठमाडौं, ४ भदौ । अमेरिकी राष्ट्रपति पदमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पका मूख्य चुनावी प्रचारकले नै ट्रम्पलाई सघाउन नसकिने भन्दै राजिनामा दिएका छन् । जिम्मेवारी सम्हालेको दुई महिनामै मूख्य प्रचारक पाउल मानाफोर्टले राजिनामा दिएका हुन् । उनले किन छाडे भन्ने यकीन नभएपनि ट्रम्पले पछिल्ला दिनमा व्यक्त गरेका भनाइसँग विमती रहेकाले राजिनामा गरेको हुनसक्ने आंकलन गरिएको […]

२०७३ भाद्र ४ गते, शनिबार

सोनिया गान्धी पुन: अस्पताल भर्ना

काठमाडौं, ३ भदौ । भारतीय संसदमा प्रमुख विपक्षी नेत्री सोनिया गान्धी अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छन् । उनी राजधानी नयाँदिल्लीको अस्पताल भर्ना भएको जनाइएको छ । उनी पुनः अस्वस्थ भएपछि नयाँदिल्लीको गंगाराम अस्पतालमा बिहीबार साँझ भर्ना गरिएको जनाइएको छ । भारतको एक प्रमुख अस्पतालकारुपमा रहेको सो गंगाराम अस्पतालमा उनी उपचारका लागि केही दिन बस्नुपर्ने […]

२०७३ भाद्र ३ गते, शुक्रबार

विषाक्त मदिरा प्रकरणमा पूरा चौकीमाथि कारबाही

काठमाडौं, ३ भदौ । भारतको बिहार राज्यअन्तर्गत गोपालगञ्ज जिल्लामा विषालु मदिरा पिएर भएको मृत्युसम्बन्धी घटनामा पुरा प्रहरी चौकीका सबै २५ जना प्रहरीलाई निलम्बित गरिएको छ। जिल्ला प्रशासनले १४ जनाविरुद्ध अवैध मदिरा कारोबारमा संलग्न रहेको आरोपमा उजुरी दर्ता गराएको छ। विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्यासमेत बढेर १८ पुगेको छ। गोपालगञ्जका एसपी रविरञ्जनले यो घटनामा बिहीबार […]

२०७३ भाद्र ३ गते, शुक्रबार

यातना दिएरै दैनिक १० जनाको हत्या

काठमाडौं, २ भदौ । एम्नेस्टी इन्टरनेसनलले सिरियाको जेलमा यातना दिएरै १८ हजार बन्दी मारिएको जनाएको छ । गृहयुद्धमा फसेयता सिरियाली सरकारले जेलमा सडाएरै हजारौं बन्दीलाई मृत्युको मुखमा धकेलेको हो । सन् २०११ देखि १५ कोबीचमा जेलमा रहेका कैदीलाई यातना र बलात्कार गरेर मारिएको एम्नेस्टीको प्रतिवेदनमा दाबी गरिएको छ । यातनापीडित जीवित ६५ जनाको अन्तर्वार्तासमेत समेटिएको […]

२०७३ भाद्र २ गते, बिहीबार

‘सिरियामा हमला गर्न इरानको अड्डा प्रयोग गर्ने गरेको खुलासा ‘

काठमाडौं, १ भदौ । रुसले सिरियामा हवाई हमला गर्न इरानको हवाई अड्डा प्रयोग गर्ने गरेको खुलासा गरेको छ । रुसको रक्षा मन्त्रालयले सिरियाको एलेप्पो, इदलिव र डेर प्रान्तमा गरिएका हवाई हमलामा इरानको हवाई अड्डा प्रयोग गर्ने गरिएको खुलासा गरेको हो । रुसले सिरियाली राष्ट्रपति बसर अल असदको पक्षमा सिरियाली बिद्रोहीबिरुद्ध हमला गर्दै आएको छ । […]

२०७३ भाद्र १ गते, बुधबार

क्युबाका कैदी युएई स्थानान्तरण

काठमाडौं, ३२ साउन । क्युबामा रहेको बन्दी गृह ग्वान्तोनामो वे बाट १५ कैदीलाई संयुक्त अरब इमिरेट्स युएई स्थानान्तरण गरिएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले विवादास्पद बन्दी गृह ग्वान्तोनामो वे बन्द गर्ने योजना अघि सारे पनि कार्यान्वयन भएको थिएन । यद्यपी उनकै कार्यकालमा कैदी स्थानान्तरण गरिएको यो दोस्रो पटक हो । यसअघि पनि ९ जना […]

२०७३ श्रावण ३२ गते, मंगलवार

आतंकबाद नियन्त्रणका लागि ठोस कदम चाल्ने डोनाल्ड ट्रम्पको उदघोष

काठमाडौं, ३२ साउन। अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले आतंकबाद नियन्त्रणका लागि ठोस कदम चाल्ने प्रतिक्रिया दिएका छन् । अमेरिकाको ओहायोमा सम्बोधन गर्दै ट्रम्पले अमेरिका प्रवेश गर्ने आप्रबासीको स्क्रिनिङ गर्ने आफ्नो योजना सार्वजनिक गरे । सम्बोधनकै क्रममा ट्रम्पले केही देशका नागरिकलाई भिसा दिने ब्यबस्था खारेज गरिने जानकारी समेत दिए । यद्यपी भीसा खारेज गर्ने […]

२०७३ श्रावण ३२ गते, मंगलवार

विमान दुर्घटनापरि तीन जोडीको मृत्युु

काठमाडौं, ३१ साउन । अमेरिकामा एउटा विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । अलाबामामा भएको उक्त विमान दुर्घटनामा विवाहित तीन जोडी परेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । तुस्कालोसा विमानस्थलनजिकै उक्त विमान दुर्घटना भएको थियो । उनीहरु फ्लोरिडामा भएको डेन्टल कन्फेरेन्सबाट भाग लिएर फर्कदै गरेको बताइएको छ । जसमा दुई जना अक्सफोर्डका दन्त […]

२०७३ श्रावण ३१ गते, सोमबार

अमेरिकामा हिंसा भड्कियो

काठमाडौं, ३० साउन । अमेरिकाको मिल्वाकीमा हतियारधारी २३ वर्षे युवक प्रहरी कारवाहीमा मारिएपछि हिंसा भड्किएको छ । प्रदर्शनका क्रममा शहरका विभिन्न क्षेत्रका भवन, पेट्रोल स्टेशन र सवारी साधनमा आगजनी गरिएको छ । कारमा रहेका ती युवकलाई प्रहरीले रोक्ने प्रयास गर्दा भागेपछि सुरक्षा कारवाहीमा उनी मारिएको मिल्वाकी प्रहरीले जनाएको छ । प्रहरीले मारिने व्यक्तिको पहिचान खुलाएको […]

२०७३ श्रावण ३० गते, आईतवार