बिश्व

स्पेनमा पनि जिका भाइरसको संक्रमण

काठमाडौं, २२ माघ । अफ्रिकी मुलुक हुँदै विभिन्न अमेरिकी देशमा फैलिएको जिका भाइरस युरोपमा पनि पहिलो पटक फेला परेको छ । युरोपेली मुलुक स्पेनकी एक गर्भवती महिलामा जिका भाइरसको संक्रमण भेटिएको पुष्टि भएको हो । स्पेनको स्वास्थ्य मन्त्रालयले केही दिनअघि कोलम्बियाबाट फर्किएकी गर्भवती महिलामा जिका भाइरसको संक्रमण फेला परेको जानकारी दिएको हो । अधिकारीहरुले संक्रमित […]

२०७२ माघ २२ गते, शुक्रबार

सिरियासगको शान्तिवार्ता स्थगित

काठमाडौ, २१ माघ । सिरियामा विगत पाँच वर्षदेखि जारी गृहयुद्ध अन्त्यका लागि जेनेभामा संयुक्त राष्ट्रसंघको पहलमा भएको शान्तिवार्ता स्थगित गरिएको छ । राष्ट्रसंघले नै शान्तिवार्ता स्थगित गर्ने निर्णय लिएको हो । राष्ट्रसंघका विशेष दुत स्टाफन डे मिस्तुराका अनुसार वार्तामा थोरै प्रगति भए पनि पूर्ण रुपमा वार्ता विफल भएको भने होइन । उनले फेब्रुअरी २५ देखि […]

२०७२ माघ २१ गते, बिहीबार

उडिरहेको विमानबाटै हामफाले आत्मघाती हमलाकारी

काठमाडाैं, २० माघ । सोमालियामा उडिरहेको एउटा विमानमा विस्फोट भएको छ । विस्फोटमा संलग्न संदिग्ध हमलाकारी भने विमानबाटै हामफालेको अधिकारीहरुले जनाएका छन् । समाचार एजेन्सीहरुका अनुसार सोमालियाको राजधानी मोगादिसुबाट अफ्रिकाको जिबोटीका लागि उडान भरेको डाल्लो एअरलाइन्सको विमानमा विस्फोट भएको हो । अधिकारीहरुका अनुसार उडान भरेको पाँच मिनेटमै विस्फोट भएको थियो । विस्फोटबाट तीन फिट चौडा […]

२०७२ माघ २० गते, बुधबार

अमेरिकाद्वारा युरोपको रक्षा बजेटमा चार गुणा वृद्धि

काठमाडौ, २० माघ । रुसबाट खतरा बढेको भन्दै अमेरिकाले युरोपका लागि आफ्नो रक्षा बजेटमा चार गुणा बृद्धि गरेको छ । अमेरिकी रक्षा मन्त्री एश कार्टरका अनुसार अमेरिकाका लागि रुस सबैभन्दा ठूलो खतरा बनेको छ । रुसको आक्रामकतालाई मध्यनजर गर्दै अमेरिकी रक्षा मन्त्रालयले सन् २०१७ मा युरोपका लागि आफ्नो रक्षा बजेटमा चार गुणा बृद्धि गरेको उनको […]

२०७२ माघ २० गते, बुधबार

जापानमा ५.७ रेक्टर स्केलको भूकम्प

काठमाडौ, १९ माघ । जापानमा मङ्गलबार अपराह्न ५.७ रिक्टर स्केलको भूकम्प गएको समाचार छ । उक्त जानकारी जापानको मौसम विज्ञान निकाय (जेएमए) ले दिएको छ । यस भूकम्पपछि सुनामीको चेतावनी भने नदिइएको सो निकायले जनाएको छ । (जेएमए) का अनुसार यस भूकम्पको केन्द्रविन्दु फुकुसिमा प्रान्तको हकाडोरी तटीय क्षेत्रको इवाकी सहरको प्रशान्त क्षेत्रीय समूद्रको २० किलोमिटर […]

२०७२ माघ १९ गते, मंगलवार

मोदीसँग ४ हजार ७ सय रुपैया मात्र नगद

काठमाडौं, १९ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग जम्मा ४ हजार ७ सय रुपैया नगद भएको बताइएको छ । भारतीय प्रधानमन्त्री कार्यालयले जारी गरेको नयाँ जानकारी अनुसार गत बर्षको अन्त्य सम्ममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग जम्मा ४ हजार ७ सय रुपैया नगद मात्र थियो । समाचार एजेन्सी पीटीआइका अनुसार मोदीको कुल सम्पत्ति १. ४१ करोड […]

२०७२ माघ १९ गते, मंगलवार

सिरियामा श्रृङ्खलाबद्ध विस्फोट, ५० जनाको मृत्यु

काठमाडौ, १८ माघ । सिरियामा भएका शृङ्लाबद्ध विस्फोटमा मर्नेको संख्या ५० पुगेको छ । हिजो राजधानी दमास्कसको दक्षिणी क्षेत्रमा रहेको सिया समुदायको मुख्य आस्थाको केन्द्र साइदा जेइनाव नजिक भएका विस्फोटहरुमा उनीहरुको मृत्यु भएको हो । विस्फोटमा एक सय १० जना घाइते भएका छन् । घटनाको जिम्मेवारी चरमपन्थी संगठन इस्लामिक स्टेटले लिएको छ । सरकारी सञ्चारमाध्यमहरुले […]

२०७२ माघ १८ गते, सोमबार

नेटोद्वारा रसियालाई चेतावनी

काठमाडौं, १७ माघ । नेटोले रसियालाई आफ्नो हवाई अनुशासनको पालना गर्न र टर्कीको आकासको सम्मान गर्न चेतावनी दिएको छ । रसियाली सुरक्षा अधिकारीहरुले पछिल्लो समयमा विना अनुमति टर्कीको आकासमा आफ्ना विमान उडाउने गरेको आरोप लाग्ने गरेको छ । यसै समाचारको पृष्ठभूमिमा हवाई अनुशासनको पालना गर्न नेटोले रसियालाई चेतावनी दिएको समाचारमा जनाइएको छ । नेटोका महासचिव […]

२०७२ माघ १७ गते, आईतवार

भारतमा बलात्कार र हत्या अभियोगमा तीनलाई मृत्युदण्ड

काठमाडौं, १७ माघ । भारतीय एक अदालतले एक विद्यार्थीको हत्या र सामूहिक बलात्कारमा संलग्न भएको अभियोगमा शनिबार मृत्युदण्ड को सजाय दिइएको थियो । गएको बिहीबार उनीहरुलाई सन् २०१३ मा आफ्नो परीक्षामा सामेल भई घर फर्किने क्रममा २१ वर्षीया एक युवतीलाई पूर्वी पश्चिम बङ्गाल राज्यमा सामूहिक बलात्कार गरिएको र उनको उपचारका क्रममा अस्पतालमा निधन भएको थियो […]

२०७२ माघ १७ गते, आईतवार

खानीमा फसेका कामदारको ३६ दिनपछि जीवितै उद्दार

काठमाडौं, १६ माघ । चीनको एक खानीमा फसेका चार जना कामदारलाई ३६ दिनपछि जीवितै उद्दार गरिएको छ । चीनको पूर्वी सानडोङ प्रान्तमा रहेको जिप्सम खानीको सुरुङमा ३६ दिनदेखि फसेका चार जना खानी कामदारको उद्दार गरिएको चिनियाँ सरकारी सञ्चार माध्यमले जनाएका छन् । गत डिसेम्बर २५ मा खानी भत्कँदा २९ जना कामदार जमिनमुनि सुरुङमा काम गरिरहेका […]

२०७२ माघ १६ गते, शनिबार