बिश्व

दाइजोमा पुरानो ट्युव

काठमाडौँ । भारतको आन्ध्र प्रदेशमा पर्ने बारंगल जिल्लाको एउटा गाउँमा छोरीको विहेमा दाईजोको रूपमा पुरानो ट्युव अनिवार्य दिनुपर्ने अनौठो चलन छ । भारतीय संचार माध्यमहरूका अनुसार विहेमा अरु दाइजो दिए नदिएको कुराले खासै महत्व राख्दैन । ट्रकको टायरमा लाग्ने पुरानो ट्युब भने अनिवार्य छ । यसको कारण हो स्थानीय मंगलथाडा गाउँमा जान पुल नहुनु । […]

२०७० बैशाख २८ गते, शनिबार

फिलिपिन्समा पैसा र मदिरामा प्रतिबन्ध

काठमाडौँ । फिलिपिन्समा आउँदो साता हुने निर्वाचनमा मत खरिद गर्ने कामलाई निरुत्साहित गर्न तथा हिंसा हुन नदिन बुधबार जनतालाई ठूलो आकारमा रकम बोक्न तथा तथा मदिरा खरिद गर्न प्रतिबन्ध लगाइएको छ । निर्वाचन आयोगले सोमबारको मध्यावधि निर्वाचनसम्म बैङ्कहरूलाई कुनै पनि व्यक्तिलाई एक लाख पेसोभन्दा बढी उपलब्ध नगराउन आदेश दिएको छ । यसैगरी आयोगले कुनै पनि […]

२०७० बैशाख २८ गते, शनिबार

१७ दिनपछि जीवितै उद्धार

काठमाडौं । बंगलादेशको राजधानी ढाकामा गत अप्रिल २४ मा भत्किएको एक भवनबाट शुक्रबार एक महिलालाई जीवितै फेला पारिएको छ । भवन भत्केको १७ दिनपछि फेला पारिएको ती महिलाको नाम रेश्मा भएको बताइएको छ । भग्नावशेषमा भेटिएकी ती महिलालाई खासै ठूलो चोट लागेको छैन । उनलाई खाना र पानी दिइएको छ । उद्धारमा खटिएको टोलीले उनलाई […]

२०७० बैशाख २७ गते, शुक्रबार

एटीएमबाट ४ करोड ५० लाख डलर चोरी

काठमाडौँ, – साईवर अपराधीहरुले प्रविधिको दुरुपयोग गर्दै विश्वभरीका एटिएम (अटोमेटिक टेलर मेसिन) बाट ४ करोड ५० लाख डलर चोरी गरेको अमेरिकी अधिकारीहरुले खुलासा गरेका छन् । साईवर अपराधीहरुले पहिले सम्बन्धित बैंकको वेबसाईट ह्याक गर्ने र गोप्य नम्बर पत्ता लगाएर नक्कली कार्डको सहायताले रकम झिक्ने गरेका छन् । साईवर अपराध गरी एटीएमबाट रकम चोरी गरेको अभियोगमा […]

२०७० बैशाख २७ गते, शुक्रबार

नौ बर्षदेखि सम्पर्कविहीन महिला भेटिए

काठमाडौ – नौं बर्षदेखि सम्पर्कविहीन रहेका तीन अमेरिकी महिलालाई एकै घरबाट प्रहरीले फेला पारेको छ । अमेरिकाको ओहायो राज्यबाट १४, १६ र ३२ बर्ष उमेर समूहका तीन जना अमेरिकी महिला सन् २००४ को जनवरीदेखि सम्पर्कविहीन बनेका थिए । विभिन्न शहरका ती महिलालाई प्रहरीले अमेरिकाकै स्लेभल्याण्ड शहरको एक घरमा फेला पारेको हो । ती महिलालाई बन्धक […]

२०७० बैशाख २४ गते, मंगलवार

परपुरुषसँग लागेको भन्दै छोरीलाई गोली

काबुल, – अफगानिस्तानको एक धार्मिक मान्यताले जकडिएको गाउँ छ र त्यहाँ करिब ३०० जना गाउँले जम्मा भएका छन् । किन भने त्यहाँ एकजना युवतीलाई गोली हानेर मारिँदै थियो । तर ती गाउँलेले ती युवतीलाई बचाउनका लागि होइन कि उनलाई कथित कारबाहीस्वरुप हत्या गरेको हेर्न वा हत्याको साक्षी बस्नका लागि त्यहाँ उपस्थित भएका थिए । तिनै […]

२०७० बैशाख २१ गते, शनिबार

नेदरल्याण्डमा नयाँ राजा

नेदरल्याण्ड,– नेदरल्याण्डमा विलियम अलेक्जेण्डर नयाँ राजा घोषणा भएका छन् । ७५ वर्षीया रानी विट्र्क्सिले आफ्ना छोरा विलियम अलेक्जेण्डरलाई राष्ट्र प्रमुखको जिम्मेवारी दिएकी हुन् । विट्रिक्सले सन् १९८० देखि रानीको जिम्मेवारी बहन गर्दै आएकी थिइन् । उनलाई आमा जुलियानले रानी घोषणा गरेकी थिइन् ।नयाँ राजा चयनको खुसियालीमा राजधानी आम्र्सटडमस्थित राजदरवारमा विशेष समारोहको आयोजना गरिएको थियो । […]

२०७० बैशाख १८ गते, बुधबार

पाकिस्तानमा आत्मघाती बम आक्रमण

काठमाण्डौ । पाकिस्तानको उत्तरपूर्वी नगर पेसावरमा सोमबार एक आत्मघाती बम आक्रमणकारीले आफ्नो मोटरसाइकल एक बसमा जुधाउँदा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको र अन्य ४५ व्यक्ति घाइते भएको जानकारी प्रहरीले दिएको छ ।पाकिस्तानमा मे ११ मा आम निर्वाचन हुनेभएको छ भने अप्रिल ११ देखि यहाँ राजनीतिज्ञ तथा राजनीतिक दलहरूलाई लक्ष्य गरी गरिएको आक्रमणमा ५६ व्यक्तिको मृत्यु […]

२०७० बैशाख १७ गते, मंगलवार

सिरियाली प्रधानमन्त्रीको हत्या प्रयास

दमासकस । सिरियाली प्रधानमन्त्री वाएल अल-हल्कीमाथि हत्याप्रयास भएको छ । उनि चड्को गाडीलाई लक्ष्य गरी विस्फोट भएको सिरियाली सरकारी टेलिभिजनले समाचार प्रसारण गरेको छ ।उक्त टेलिभिजनले माजेमा प्रधानमन्त्रीको गाडीमाथि आक्रमण गर्ने प्रयास भएको तर उहाँलाई चोट नलागेको समाचारमा उल्लेख गरेको छ । सिरियन अब्जरभेटरी फर हृयुमन राइट्सले हल्की चड्नुभएको गाडीलाई लक्ष्य गरी आक्रमण भएको र […]

२०७० बैशाख १७ गते, मंगलवार

अमेरिकाले अफगानिस्तानलाई घुस दिएको खुलासा

काठमाडौं,– अमेरिकाले अफगानिस्तानलाई आफ्नो प्रभावमा पारिरहन ठूलो परिमाणमा घुस दिंदै आएको खुलासा भएको छ ।अमेरिकी केन्द्रीय गुप्तचर निकाय सिआइएले एक दशकभन्दा बढी समयदेखि अफगानी राष्ट्रपति हमिद कारजाइको कार्यालयमा करोडौं डलर उपलब्ध गराउने गरेको न्युयोर्क टाइम्सले खुलासा गरेको छ । सिआइएले हरेक महिना अफगान राष्ट्रपतिको कार्यालयमा अमेरिकी डलरले भरिएका सुटकेस, ब्याग र प्लाष्टिकका हातेझोला हवाई जहाजको […]

२०७० बैशाख १७ गते, मंगलवार