बिश्व

भारतमा आइएसले आक्रमण गर्न सक्छ : अमेरिका

काठमाडौं, १७ कात्तिक । भारतमा अन्तर्राष्ट्रिय आतंकवादी संजाल इस्लामिक स्टेट (आइएस) ले आक्रमण गर्ने खतरा बढेको अमेरिकाले जनाएको छ । अमेरिकाले भारतमा आइएसको खतरा बढेको तथ्य पहिलोपटक औपचारिक रुपमा घोषणा गरेको हो । दिल्लीस्थित अमेरिकी दूतावासले भारतमा रहेका अमेरिकी नागरिकका सतर्कता जारी गर्दै भारतमा आइएसको हमला हुन सक्नेतर्फ सचेत गराएको हो । ‘अमेरिकी नागरिकका लागि […]

२०७३ कार्तिक १७ गते, बुधबार

मोसुल सहर सेनाको घेराबन्दीमा

काठमाडौं, १७ कात्तिक । इस्लामिक स्टेट (आइएस)को कब्जामा रहेको इराकको मोसुल शहरलाई सरकारले आफ्नो नियन्त्रणमा लिने प्रयासस्वरुप घेराबन्दी गरेको छ । इराकी सेना मोसुलको बाहिरी क्षेत्रसम्म पुगेको छ । मोसुललाई नियन्त्रणमा लिन सरकारी सेनाले आक्रामक कारबाही गरिरहेको छ । सरकारी सेना र आइएसका लडाकुबीच भिषण भिडन्त भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । इराकी सेनाको आतंकवाद […]

२०७३ कार्तिक १७ गते, बुधबार

इस्लामिक संगठनका बिद्रोही जेल तोडेर भागे

काठमाडौँ, १५ कात्तिक । भारतीय राज्य मध्यप्रदेशमा अवस्थित एक जेलमा रहेका आठजना विद्रोहीले सोमबार बिहानै जेल तोडेर भागेको समाचार छ । मध्यप्रदेशको जेलमा राखिएका भारतको एक प्रतिबन्धित समूह, स्टुडेन्ट्स इस्लामिक मोभमेन्ट अफ इन्डियाका ती विद्रोही भोपालको जेलबाट भागेका हुन् । उक्त प्रतिबन्धित इस्लामिक संगठनका ती विद्रोहीलाई मध्यप्रदेशको राजधानी भोपालमा अवस्थित एक जेलमा राखिएको थियो । […]

२०७३ कार्तिक १५ गते, सोमबार

पूर्व राष्ट्रपति पक्राउ

काठमाडौं, १५ कात्तिक । सार्वजनिक कोषको दशौं लाख डलर हिनामिना गरेको अभियोगमा मध्यअमेरिकी देश एल साल्भाडोरका पूर्व राष्ट्रपति इलियास एन्टोनियो साका पक्राउ परेका छन् । साकाको सरकारका ६ अधिकारी पनि पक्राउ परेका छन् । आरोपबारे साकाले केही प्रतिक्रिया दिएका छैनन् । साका सन् २००४ देखि २००९ सम्म एल साल्भाडोरको राष्ट्रपति थिए । विगत १६ वर्षमा […]

२०७३ कार्तिक १५ गते, सोमबार

यमनमा हवाई हमला

काठमाडौँ, १४ कात्तिक । साउदी अरब नेतृत्वको गठबन्धन सेनाको हवाई आक्रमणमा यमनमा ३० जना मारिएका छन् । घटनामा ४३ जना घाइते भएका छन् । हूथी विद्रोहीको नियन्त्रणमा रहेको पश्चिम बन्दरगाह होदेदाको क्षेत्रमा आक्रमण गरिएको हो । मारिनेमा धेरैजसो कैदी रहेको जनाइएको छ । यमनमा सन् २०१४ देखि हूथी विद्रोहीले सरकारविरुद्ध सशस्त्र संघर्ष गरिरहेको छ । […]

२०७३ कार्तिक १४ गते, आईतवार

क्षेप्यास्त्र परीक्षणको विफलताबारे गम्भीर छानविन

काठमाडौँ, १३ कात्तिक । उत्तर कोरियाली नेता किम जोङ उनले क्षेप्यास्त्र परीक्षणमा मुलुकले झेल्नु परेको असफलताबारे गम्भीर छानविन गरिरहेका छन् । उनले क्षेप्यास्त्र परीक्षण कार्यक्रममा अमेरिकी र दक्षिण कोरियाली जासुसको भूमिकाबारे अनुसन्धान अघि बढाएका हुन् । उत्तर कोरियाद्वारा परीक्षण गरिएका केही क्षेप्यास्त्र सफल नहुनुमा अमेरिका र दक्षिण कोरियाको भूमिका रहेको हुन सक्ने आशंकाका साथ छानविन […]

२०७३ कार्तिक १३ गते, शनिबार

भारत–पाकिस्तान सीमामा तनाव

काठमाडौ, १३ कात्तिक । भारत–पाकिस्तानको सीमा क्षेत्रमा फेरि तनाव भएको छ । सीमा क्षेत्रको नियन्त्रण रेखामा भारतीय सुरक्षाकर्मीले हानेको गोली लागेर आफ्ना ६ नागरिक मारिएको आरोप पाकिस्तानले लगाएको छ । पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति निकालेर गत बिहीबार शकरगढ सेक्टर र नियन्त्रण रेखाको एक अर्को क्षेत्रमा भएको गोली हानाहानमा दुई महिलासहित आफ्ना ६ नागरिक मारिएको जनाएको […]

२०७३ कार्तिक १३ गते, शनिबार

राष्ट्रपतिलाई पदत्याग गर्न आग्रह

काठमाडौं, १२ कात्तिक । राष्ट्रपति निकोलास मडुरोलाई पदत्याग गर्न दबाब दिने उद्देश्यले भेनेजुएलाका प्रमुख प्रतिपक्षी दलहरूले देशभरी विशाल विरोध प्रदर्शन गरेका छन् । १२ घण्टे आम हड्ताल गर्न आह्वान गर्दै प्रदर्शनकारी प्रतिपक्षी नेताहरूले आगामी दिनहरूमा लगातार आन्दोलन गर्ने थप कार्यक्रम पनि अघि सारेका छन् । संसद्मा बहुमत रहेका प्रतिपक्षीहरूले राजधानी काराकसको मूल सडकमा शक्ति प्रदर्शन […]

२०७३ कार्तिक १२ गते, शुक्रबार

भारत र पाकिस्तान सम्बन्ध थप चिसिंदै

काठमाडौं, १२ कात्तिक । भारत र पाकिस्तानबीचको सम्बन्ध चिसिदैं गएको छ । एकअर्काबीच कुटनीति सम्बन्ध चिसिदै गएपछि तनाव झन बढेको छ । दुबै मुलुकले एकअर्काको एक–एक कर्मचारीलाई देश निकाला गरेका छन् । हिजो भारतले पाकिस्तानी उच्चयोगका एक कर्मचारीलाई २९ अक्टोबरसम्ममा भारत छाड्न आदेश दिएको थियो । लगत्तै पाकिस्तानले पनि इस्लामावादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई देश […]

२०७३ कार्तिक १२ गते, शुक्रबार

८ सयभन्दा बढी आइएस मारिएको दाबी

काठमाडौ, १२ कात्तिक । इराकको मोसुलमा करिब दुई साता अघि सुरु भएको सैन्य कारवाहीका क्रममा इस्लामिक स्टेट (आईएस) का ८ सयभन्दा बढी लडाकु मारिएको बताइन्छ । अमेरिकी सेनाका अनुसार मोसुललाई आईएसबाट मुक्त गराउने उद्देश्यले थालिएको सो कारवाही आगामी दिनमा अझ सशक्त हुनेछ । हाल मोसुल आसपासका गाउँमा केन्द्रीत कारवाही अब मोसुलभित्र केन्द्रीत हुने जनाइएको छ […]

२०७३ कार्तिक १२ गते, शुक्रबार