बिश्व

बारमा आगलागी, १३ जनाको मृत्यु

काठमाडौं, २२ साउन । फ्रान्सको उत्तरी बुआँ शहरको एक बारमा भएको आगलागीमा कम्तिमा १३ जनाको मृत्यु भएको छ । जन्मदिनको पार्टी भइरहेका समयमा आगो लाग्दा मृत्यु हुनेमा १८ देखि २५ वर्ष उमेर समूहका रहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आगलागीमा परेर छ जनाभन्दा बढी जलेका छन् । आगे नियन्त्रणका लागि ठूलो संख्यामा अग्नी नियन्त्रक परिचालन […]

२०७३ श्रावण २२ गते, शनिबार

ओबामाको छोरीको अनुकरणीय काम

काठमाडौ, २२ साउन । अमेरिकाका राष्ट्रपति बाराक ओबामाको छोरीको काम अनुकरणीय छ । विश्वकै शक्तिशाली मुलुकका राष्ट्रपति ओबामा व्हाइट हाउसमा सुखसुविधाका साथ बस्छन् । तर, उनकै छोरी साशा ओबामा भने व्हाइट हाउसको ऐशआराम छोडेर एउटा रेष्टुरेन्टमा वेटरको काम गरिरहेको धेरैले नपत्याउन पनि सक्छन् । हो , १५ वर्षीया साशा गर्मी विदामा म्यासाचुसेट्सको मार्था वाइनयार्डको एउटा […]

२०७३ श्रावण २२ गते, शनिबार

हवाई हमलामा आइएसका कमाण्डरसहित ४५ जना मारिए

काठमाडौं, २१ साउन । इजिप्टको सेनाले गरेको कारवाहीमा इस्लामिक स्टेट (आइएस)का सिनाई इकाई प्रमुखसहित ४५ जनाभन्दा बढीको मृत्यु भएको छ । आइएसको सिनाई इकाई अर्थात् अन्सार बेत अल–मकदिस समूहमाथि सेनाले गरेको हवाई आक्रमणका क्रममा सिनाई इकाइका प्रमुख अबु दुआ अल–अन्सारीसहित ४५ जनाभन्दा बढीको मृत्यु भएको हो । इजिप्टका सेना प्रमुखले आइएसको गढ मानिने अल–अरिस शहर […]

२०७३ श्रावण २१ गते, शुक्रबार

ओबामाद्वारा २ सय १४ कैदीलाई माफी

काठमाडौं, २० साउन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले २ सय १४ जना कैदीको बाँकी सजाय माफी दिएका छन् । योसहित ओबामाले अहिलेसम्म ५ सय ६२ जनालाई कैद माफी दिएका हुन् । व्हाइट हाउसले आफ्नो आधिकारिक ट्वीट हैन्डलमा भनेको छ–अमेरिका यस्तो देश हो जहाँ मानिसलाई दोस्रो अवसर दिइन्छ । व्हाइट हाउसका अनुसार गत सय वर्षमा पहिलोपटक […]

२०७३ श्रावण २० गते, बिहीबार

विमान दुर्घटनाबाट बालबाल बच्यो

काठमाडौँ, १९ साउन । इमिरेट्स एयरलाइन्सको एउटा विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । अनलानमा जारी तस्वीरहरुमा विमानबाट कालो धुँवा उडिरहेको देखिएको छ। लोकप्रिय न्युज च्यानल अल अरेबियाले ट्वीट गर्दै तस्वीर पोस्ट गरेको छ । दुबई सरकारको संचार कार्यालयले अहिलेसम्म कुनै मानवीय क्षतिको सूचना जारी गरेको छैन । एयरलाइन्सले घटनाको पुष्टि गरेको छ […]

२०७३ श्रावण १९ गते, बुधबार

सिरियामा ग्यास हमला

काठमाडौँ, १९ साउन । सिरियाको सराकेब शहरमा क्लोरिन ग्यासबाट हमला गरिएको छ । हेलिकोप्टरबाट फालिएको क्लोरिन ग्यासका कारण ३० जना प्रभावित भएका छन् । बिद्रोही सेनाले रुसी हेलिकोप्टर खसालेकै ठाउँमा फालिएको क्लोरिन ग्यासबाट प्रभावित हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । प्रभावितहरुलाई श्वास प्रश्वासमा समस्या हुनुका साथै मुखबाट रगत आउनेसम्मको लक्षण देखा परेको छ […]

२०७३ श्रावण १९ गते, बुधबार

ट्रम्प राष्ट्रपतिका लागि अयोग्य : ओबामा

काठमाडौं, १९ साउन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प भावी राष्ट्रपतिका लागि अयोग्य भएको दाबी गरेका छन् । राष्ट्रपति ओबामाले ट्रम्पको रिपब्लिकन पार्टीले अहिलेसम्म अरबपति व्यापारीलाई किन समर्थन गरिरहेको छ भन्ने प्रश्नसमेत गरे । ट्रम्पलाई समर्थन गरेकोमा आफू अचम्मित भएको भन्दै ओबामाले उनी राष्ट्रपति हुनै नसक्ने दाबी गरे । ट्रम्पसँग संसारकै […]

२०७३ श्रावण १९ गते, बुधबार

आईएसबिरुद्ध अमेरिकी हमला

काठमाडौ, १८ साउन । अमेरिकी सेनाले इस्लामिक अतिवादी संगठन आईएसको पकड रहेको क्षेत्रमा हवाई आक्रमण गरेको छ । लिबियाको बन्दरगाह रहेको सिर्त शहरमा गरिएको हवाई आक्रमणका कारण थुप्रै आइएस कार्यकर्ता मारिएको र उक्त क्षेत्र क्षतविक्षत भएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाको आदेशमा आक्रमण गरिएको भन्दै पेन्टागनले लिबियामा आईएसका गतिविधि […]

२०७३ श्रावण १८ गते, मंगलवार

राष्ट्रपति अर्दोगानको समर्थनमा जर्मनीमा विशाल र्‍याली

काठमाडौं, १७साउन । जर्मनीको कोलोन शहरमा टर्किस राष्ट्रपति रिसेप तैयप अर्दोगानको समर्थनमा विशाल र्‍याली निस्किएको छ । दुई मुलुकबीच राजनीतिक तनाब बढिरहेको बेला दशौं हजारले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा ३५ हजारभन्दा बढीको सहभागिता रहेको जर्मनीका सञ्चारमाध्यमहरुले जनाएका छन् । अर्दोगानले दुई हप्ताअघि टर्कीमा भएको विफल ‘कू’ का बारेमा कोलोनमा लिखित सम्बोधन गरेका थिए । […]

२०७३ श्रावण १७ गते, सोमबार

अष्टिन शहरमा गोलाबारी, एक महिलाको मृत्यु

काडठमाडौँ, १६ साउन । अमेरिकाको टेक्सास राज्यको अष्टिन शहरका दुई अलग अलग स्थानमा गोलाबारी भएको छ । स्थानीय संचारमाध्यमका अनुसार गोलाबारीबाट कम्तीमा एकजनाको मृत्यु भएको छ । मृतक ३० वर्षीय एक महिला रहेको बताइएको छ । घटनामा परी घाइते भएका तीन जनाको उद्धार गरिएको अधिकारीहरुले जनाएका छन् । घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । […]

२०७३ श्रावण १६ गते, आईतवार