रेल दुर्घटनामा १० जनाको मृत्यु
काठमाडौं, २७ माघ । जर्मनीमा दुईवटा रेल आपसमा ठोक्किँदा भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ । बाभारिया राज्यको बाड एब्लिङ नजिक भएको दुर्घटनामा अन्य ५४ जना घाइते भएका छन् । एक सय किलोमिटर प्रतिघण्टाको गतिमा रहेका दुईवटा रेल आपसमा ठोक्किएको जर्मनीको यातायात मन्त्रालयले जनाएको छ । दुर्घटना भएलगत्तै उद्दारकर्मी घटनास्थलमा पुगेका थिए । […]
२०७२ माघ २७ गते, बुधबार