बिश्व

इजिप्ट एयरको विमान दुर्घटना हुनुपूर्व क्याबिनमा धुँवा भरिएको प्रतिवेदन

काठमाडौं, ८ जेठ । इजिप्ट एयरको विमान दुर्घटना हुनुपूर्व क्याबिनमा धुँवा भरिएको प्रतिवेदन आएको छ । विमानको सिग्नल हराउनुपूर्व ट्वाइलेट र एअरक्राफ्टको विद्युतीय पार्टमा धुँवा फेला परेको एभिएसन हेराल्ड नामक विमान उद्योगको वेभसाइटले उल्लेख गरेको हो । तर यस भनाइको अहिलेसम्म कुनै आधिकारिक पुष्ट्याई नभएको बीबीसीले जनाएको छ । विमानको सञ्चार प्रणालीको तीन स्वतन्त्र माध्यमबाट […]

२०७३ जेष्ठ ८ गते, शनिबार

ताइवानमा महिला राष्ट्रपति

काठमाडौँ, ७ जेठ । ताइवानको नयाँ राष्ट्रपति साइ इंग वेनले सपथ लिएकी छन् । उनी ताइवानको पहिलो महिला राष्ट्रपति हुन् । साइले जनवरीमा भएको निर्वाचनमा डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी पार्टी अर्थात डीपपीको नेतृत्व गरेकी थिइन् । यो पार्टीले निर्वाचनमा एकतर्फी जित हासिल गरेको थियो । परम्परागत रुपमा डीपीपीको झुकाव चीनबाट अलग हुने छ । यो जितपछि […]

२०७३ जेष्ठ ७ गते, शुक्रबार

पाकिस्तानसँग भारत टिक्न नसक्ने रुसी विज्ञको दाबी

काठमाडौ, ७ जेठ । भारत र पाकिस्तानबीच युद्ध भएमा भारत टिक्न नसक्ने एक रुसी परमाणु विज्ञले दाबी गरेका छन् । रुसका परमाणु विज्ञ पेत्र तोपीच्कानोभका अनुसार पाकिस्तानी क्षेप्यास्त्रलाई झेल्न सक्ने क्षमता भारतसँग छैन । उनले भने, ‘भारतले आफ्नो रक्षा क्षेत्रको विकासका लागि धेरै लगानी गरेको छ तर पनि उसले अहिलेको अवस्थामा पाकिस्तानी क्षेप्यास्त्रको सामना गर्न […]

२०७३ जेष्ठ ७ गते, शुक्रबार

बोकोहरामको अपहरणमा परेका एकजना मुक्त

काठमाडौं, ६ जेठ । सन् २०१४ मा नाइजेरियामा अतिवादी इस्लामिक समूह बोकोहरामले अपहरण गरेका २ सय ७६ स्कूले बालिका मध्ये उनीहरुको कब्जाबाट मुक्त भएकी एकको परिवारसँग मिलन गराइएको छ । ती मध्ये एक जना अमीना अली न्केक क्यामरुन सीमानजिक सान्बिसा जंगलमा फेला परेको र उनकी आमासँग भेट गराइएको मानवअधिकारकर्मीहरुले जनाएका छन् । बोको हरामसँग लड्नका […]

२०७३ जेष्ठ ६ गते, बिहीबार

अमेरिकी सिनेटद्वारा आतंकवाद विरुद्धको विधेयक पारित

काठमाडौ, ५ जेठ । अमेरिकी सिनेटले आतंकवादको प्रायोजक विरुद्ध मुद्दा हाल्न सक्ने प्रावधानसहितको विधेयक पारित गरेको छ । विधेयकले कानूनको रुप लिएमा सन् २००१ को सेप्टेम्बर ११ मा भएको आतंकवादी आक्रमणका पीडित साउदी सरकारबिरुद्ध अदालतमा मुद्दा हाल्न सक्ने छन् । आतंकवादको प्रायोजक बिरुद्धको न्यायसम्बन्धी यस विधेयक अब हाउस अफ रिप्रेजेन्टेटीभमा पठाइने छ । प्रतिनिधि सभाबाट […]

२०७३ जेष्ठ ५ गते, बुधबार

इस्लामविरुद्ध मोडलिङ गरेको आरोपमा आठ जना पक्राउ

काठमाडौँ, ४ जेठ । इरानको तेहरानस्थित साइबर क्राइम विभागले एउटा अनलाइन मोडलिङ एजेन्सीका लागि काम गर्ने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथि इस्लाम विरोधी काम गरेको आरोप लगाएको छ। यो गिरफ्तारी बिना बुर्का आफ्नो तस्वीर इन्स्टाग्राम वा अन्य स्थानमा पोस्ट गर्ने महिलाहरुलाई निशाना बनाइने अभियानअन्तर्गत भएको हो । इरानमा सन् १९७९ देखि महिलाका […]

२०७३ जेष्ठ ४ गते, मंगलवार

आइएसद्वारा बालबालिकालाई सैन्य तालिम

काठमाडौ, ४ जेठ । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) ले अत्याधुनिक हतियार चलाउन बालबालिकालाई तालिम दिएरहेको भिडियो सार्वजनिक भएको छ । इन्डोनेसिया, फिलिपिन्स, मलेसिया लगायतका मुलुकबाट लगिएका बालबालिकालाई सिरियामा आइएसले सैन्य तालिम दिएको हो । आइएसले विभिन्न सामाजिक संजालमार्फत बालबालिकालाई आकर्षित गर्दै आएको छ । – एजेन्सी

२०७३ जेष्ठ ४ गते, मंगलवार

आठ टन कोकिन बरामद

काठमाडौं, ३ जेठ । कोलम्बियाको टर्बो सहरमा प्रहरीले करिब ८ टन लागूऔषध कोकिन बरामद गरेको छ । यो कोकिन अहिलेसम्म त्यहाँ बरामद गरेको सबैभन्दा ठूलो परिमाणको भएको बताइएको छ । उत्तर पश्चिमी तटीय सहर टर्बोमा लगाइएको केराखेतीमा कोकिनलुकाएर राखिएको अवस्थामा प्रहरीले फेलापारेको थियो । कोकिन ‘क्लान उसागा’ नामक आपराधिक समूहको रहेको जनाइएको छ । यो […]

२०७३ जेष्ठ ३ गते, सोमबार

मोदीको आमा सरकारी निवासमा पुगे पछि …

काठमाडौ, ३ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ह्वीलचेयरमा एक बृद्ध महिलालाई बगैंचामा घुमाएको दृष्यसहितको तस्वीरले सामाजिक संजालमा निकै चर्चा पाएको छ । मोदीले ह्वीलचेयरमा राखेर कसलाई डुलाएका होलान् ? कौतुहलता जाग्नु स्वाभाविक हो । मोदीले आफ्नी आमालाई ह्वीलचेयरमा राखेर सरकारी आवास घुमाएका हुन् । उनले आफ्नो सरकारी आवासको बगैंचामा आमालाई ह्वीलचेयरमा राखेर डुलाउँदै विभिन्न […]

२०७३ जेष्ठ ३ गते, सोमबार

आइएसको आत्मघाती आक्रमणवाट १४ को मृत्यु २० घाइते

काठमाडौ, २ जेठ । इराकको राजधानी बगदादको उत्तरी क्षेत्रमा रहेको एउटा ग्यास फ्याक्ट्रीमा चरमपन्थी संगठन इस्लामिक स्टेटले आत्मघाती आक्रमण गरेको छ। आक्रमणकारीले ताजी सहरस्थित एउटा सरकारी ग्यास प्लान्टको गेटमा तीन वटा कार बम विष्फोट गराएका हुन् । विष्फोटसँगै केही आक्रमणकारी विष्फोटक बेल्ट बाँधेर प्लान्टभित्र प्रवेश गरेका थिए । सुरक्षा स्रोतले घटनामा कम्तीमा १४ जनाको मृत्यु […]

२०७३ जेष्ठ २ गते, आईतवार