बिश्व

आठ टन कोकिन बरामद

काठमाडौं, ३ जेठ । कोलम्बियाको टर्बो सहरमा प्रहरीले करिब ८ टन लागूऔषध कोकिन बरामद गरेको छ । यो कोकिन अहिलेसम्म त्यहाँ बरामद गरेको सबैभन्दा ठूलो परिमाणको भएको बताइएको छ । उत्तर पश्चिमी तटीय सहर टर्बोमा लगाइएको केराखेतीमा कोकिनलुकाएर राखिएको अवस्थामा प्रहरीले फेलापारेको थियो । कोकिन ‘क्लान उसागा’ नामक आपराधिक समूहको रहेको जनाइएको छ । यो […]

२०७३ जेष्ठ ३ गते, सोमबार

मोदीको आमा सरकारी निवासमा पुगे पछि …

काठमाडौ, ३ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ह्वीलचेयरमा एक बृद्ध महिलालाई बगैंचामा घुमाएको दृष्यसहितको तस्वीरले सामाजिक संजालमा निकै चर्चा पाएको छ । मोदीले ह्वीलचेयरमा राखेर कसलाई डुलाएका होलान् ? कौतुहलता जाग्नु स्वाभाविक हो । मोदीले आफ्नी आमालाई ह्वीलचेयरमा राखेर सरकारी आवास घुमाएका हुन् । उनले आफ्नो सरकारी आवासको बगैंचामा आमालाई ह्वीलचेयरमा राखेर डुलाउँदै विभिन्न […]

२०७३ जेष्ठ ३ गते, सोमबार

आइएसको आत्मघाती आक्रमणवाट १४ को मृत्यु २० घाइते

काठमाडौ, २ जेठ । इराकको राजधानी बगदादको उत्तरी क्षेत्रमा रहेको एउटा ग्यास फ्याक्ट्रीमा चरमपन्थी संगठन इस्लामिक स्टेटले आत्मघाती आक्रमण गरेको छ। आक्रमणकारीले ताजी सहरस्थित एउटा सरकारी ग्यास प्लान्टको गेटमा तीन वटा कार बम विष्फोट गराएका हुन् । विष्फोटसँगै केही आक्रमणकारी विष्फोटक बेल्ट बाँधेर प्लान्टभित्र प्रवेश गरेका थिए । सुरक्षा स्रोतले घटनामा कम्तीमा १४ जनाको मृत्यु […]

२०७३ जेष्ठ २ गते, आईतवार

छुरा प्रहार गरी तीन जनाको हत्या

काठमाडौं, २ जेठ । भारतको गुजरातमा छुरा प्रहार गरेर तीन जनाको हत्या गरिएको छ । गुजरातको सुरत शहरमा लेनदेनको विषयमा भएको विवादमा चार जनाले छुराले हान्दा तीन जनाको हत्या गरेका हुन् । घटना गएराति भएको हो । मारिनेमा भरत तोगडिया, बालु हिराणी र अशोक पटेल रहेको प्रहरीले जनाएको छ । अश्विनी कुमार रोडमा रहेको स्थानीय […]

२०७३ जेष्ठ २ गते, आईतवार

विश्वकै सबैभन्दा वृद्धको निधन

काठमाडौं, १ जेठ । विश्वकै सबैभन्दा वृद्धि महिला सुसान्नाह मुसात जोन्सको बिहीबार ११६बर्षको उमेरमा निधन भएको छ । अमेरिकाको लसएन्जेल्सस्थित जेरन्टोलोजी (वृद्धवृद्धामा लाग्ने रोग अध्ययन विज्ञान) रिसर्च ग्रुपका वरिष्ठ चिकित्सक रोवर्ट योङले भने , जोन्सको बुकलिस्थित बिहीबार मृत्यु भएको छ । उक्त वृद्धाश्रममा तीन दशकदेखि बस्दै आएकी जोन्स गत १० दिनयतादेखि बिरामी थिइन् । उनको […]

२०७३ जेष्ठ १ गते, शनिबार

इरानी नागरिक हजयात्रामा जान नपाउने

काठमाडौं,३१ वैशाख । साउदी अरबसँग भएको छलफल निष्कर्षहीन भएसँगै यस वर्ष इरानी नागरिकले हजयात्रा गर्न नपाउने भएको इरानी अधिकारीले जनाएका छन् । एएफपी समाचार एजेन्सीका अनुसार इरानले हजयात्रीका लागि सुरक्षा व्यवस्था सम्झौता नहुनुमा साउदी अरब जिम्मेवार रहेको आरोप लगाएको छ । साउदी अरबले वार्तामा उदासिनता देखाएको इरानी अधिकारीको आरोप छ । हज व्यवस्थाका बारेमा दुई […]

२०७३ बैशाख ३१ गते, शुक्रबार

राष्ट्रपति रुसेफ निलम्बित

काठमाडौं, ३० वैशाख । ब्राजिलका राष्ट्रपति डिल्मा रुसेफले महाअभियोग प्रक्रियाको सामना गर्नुपर्ने भएको छ । त्यहाँको सिनेटले विहीबार रुसेफलाई निलम्बन गर्ने र महाअभियोग प्रक्रिया अगाडि बढाउने पक्षमा निर्णय गरेको हो । रुसेफमाथि सन् २०१४ को निर्वाचनमा बजेट घाटा लुकाउन अवैधरुपमा वित्तिय गतिविधि गरेको आरोप लगाइएको छ । तर, उनले आरोप अस्वीकार गर्दै आएकी छन् । […]

२०७३ बैशाख ३० गते, बिहीबार

बग्दादमा कार बम बिस्फोट, ९३ जनाको मृत्यु

काठमाडौं, ३० बैशाख । इराकको राजधानी बग्दादमा कार बम बिस्फोटमा ९३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार श्रृखलाबद्ध बम बिस्फोटमा ८७ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर छ । बग्दादमा भएको यो बिस्फोट अहिलेसम्मकै सबैभन्दा घातक भएको वीवीसीले जनाएको छ । भीडभाड भएको एउटा बजारमा बम बिस्फोटमा धेरैजसो महिला तथा बालबालिका मारिएका […]

२०७३ बैशाख ३० गते, बिहीबार

चिनियाँ अधिकारी‘अशिष्ट : एलिजावेथ द्वितीय

काठमाडौं,३० वैशाख । अघिल्लो वर्ष अक्टोबरमा चिनियाँ राष्ट्रपति शी जिनपिङ्गको बेलायत भ्रमणका क्रममा बेलायतकी महारानी एलिजावेथ द्वितीयले चिनियाँ अधिकारीलाई ‘अशिष्ट’ भनेर टिप्पणी गरिएको एउटा भिडियो सार्वजनिक भएको छ । बकिंघम प्यालेसमा आयोजित कार्यक्रममा महारानीले चीनका लागि बेलायती राजदुत बारबरा वुडवार्डसँग चर्चा गर्दै चिनियाँ अधिकारीका बारेमा यस्तो टिप्पणी गरेकी हुन् । बुधबार उनको यो टिप्पणी प्रशारण […]

२०७३ बैशाख ३० गते, बिहीबार

खाना पकाएर नखुवाउने र सँगै सुत्न नदिने श्रीमतीलाई ६ वर्ष जेल

काठमाडौं, २९ वैशाख । आफुलाई खाना पकाएर नखुवाएको र घरधन्दा पनि राम्रोसँग नगरेको भन्दै एकजना पुरुषले आफ्नी श्रीमती विरुद्ध अदालतमा मुद्धा हाले । यदि उनको अभियोग प्रमाणित भयो भने विचरी ती श्रीमतीलाई ६ वर्षसम्मको जेल सजाय हुने भएको छ । सुन्दैमा अनौठो लाग्ने यो घटना युरोपेली मुलुक इटालीको हो । मध्य दक्षिण इटालीको लाजियोमा बस्ने […]

२०७३ बैशाख २९ गते, बुधबार