बिश्व

विश्वकै अग्लो भवनमा आगलागि

काठमाडौं । दुबईस्थित संसारको सबैभन्दा अग्लो भवनमा आगो लागेको छ।तिब्र हावाका कारण मरिना जिल्लास्थित १,१०५ फुट अग्लो गगनचुम्बी भवनमा आगो तिब्रताका साथ फैलिएको छ।एक प्रत्यक्षदर्शीले बीबीसीलाई बताएअनुसार आगोले चारैतिर घरेको थियो । भवन ढल्नसमेत थालेको बताइएको छ। आगो लाग्नुको कारण स्पष्ट भइसकेको छैन । भवनमा रहेका सयौ नागरिकलाई सुरक्षित रुपमा बाहिर निकालिएको छ। अहिलेसम्म मानवीय […]

२०७१ फाल्गुन ९ गते, शनिबार

मोदीको ‘सुट’ सात लाख अमेरिकी डलरमा विक्री

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका गृहराज्यका एक हिरा व्यापारीले मोदीको नाम मसिनो धर्काेको रूपमा छापिएको ‘सुट’ परोपकार कार्यका लागि दान दिने उद्देश्यले आयोजना गरिएको लिलाम बढाबढमा सात लाख अमेरिकी डलरमा किन्ने अन्तिम बोल लगाएका छन् । प्रधानमन्त्री मोदीले उक्त सुट अमेरिकी राष्ट्रपति बाराक ओबामासँगको भेटमा लगाएक थिए । एउटै मात्र तयार गरिएको उक्त ऊनको […]

२०७१ फाल्गुन ९ गते, शनिबार

आठ वर्षीया निर्देशकको गिनिजबुकमा नाम

काठमाडौ, ८ फागुन । आठ वर्षीय बालक सौगात विष्टको नाम विश्वकै कान्छो फिल्म निर्देशकका रुपमा गिनिज वल्र्ड रेकर्डमा लेखिएको छ । सौगातले निर्देशन गरेको फिचर फिल्म ‘लभ यु बाबा’ २६ मंसिरमा देशभर प्रदर्शन भएको थियो । सोही आधारमा गिनिज वल्र्ड रेकर्ड्सले सौगातलाई विश्वकै कान्छो फिल्म निर्देशकको सर्टिफिकेट दिएको हो । सौगातका बाबु गजित विष्ट चल्तीका […]

२०७१ फाल्गुन ८ गते, शुक्रबार

पाइलट पुजापाठमा लागेपछि…

काठमाडौँ । पछिल्लो समय भारतीय विमान सेवा एयर इण्डिया समाचार बन्दै आएको छ। तर, यसपटकको खबर निकै रोचक छ । इयर इण्डियाका एक पाइलट पाइलट भगवान शिवको पुजा गर्न गएका कारण विमान पाँच घण्टा ढिला उडेको छ। भगवान शिवको पुजा गर्न मन्दिर पुगेका पाइलट भिडमा फसेपछि विमान उड्न पाँच घण्टा ढिला भएको हो । भारतीय […]

२०७१ फाल्गुन ७ गते, बिहीबार

मोदीको सूट लिलाम हुँदै

काठमाडौँ, ६ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वर्णिम अक्षर कुँदिएको सुट आज लिलाम गरिने भएको छ।मोदीको यो सुट निकै विवादमा परेको थियो । भारतीय संचार माध्यमहरुका अनुसार यो सुटको मूल्य १० लाख भारतीय रुपैयाँ अर्थात १६ लाख नेपाली रुपैया बताइएको छ। प्रधानमन्त्री मोदीले यो सुट अमेरिकी राष्ट्रपति बाराक ओबामासँगको बैठकमा लगाएका थिए । भारतको […]

२०७१ फाल्गुन ६ गते, बुधबार

श्रीलङ्काले दर्जनौ कूटनीतिज्ञलाई फिर्ता बोलायो

काठमाडौँ, ५ फागुन । श्रीलङ्का सरकारले विभिन्न मिसनमा रहेका कम्तीमा पनि ५० जना कूटनीतिज्ञलाई फिर्ता बोलाएको छ ।यसरी फिर्ता बोलाइएका कूटनीतिज्ञहरुमा २७ जना कूटनीतिक मिसन प्रमुख पनि रहेका छन् । नयाँ सरकार निर्माण भएपछि यसअघिको सरकारले राखेका ती मिसन प्रमुखहरुलाई बोलाइएको समाचारमा जनाइएको छ ।सरकारले दिएको जानकारीअनुसार यसरी फिर्ता बोलाइएकोमा संयुक्त राज्य अमेरिका, पाकिस्तान र […]

२०७१ फाल्गुन ५ गते, मंगलवार

बैंकहरुमा साइबर डकैती, १ अर्ब डलर चोरी

काठमाडौँ । विश्वमा झण्डै एक सय वटा बैंक तथा वित्तिय संस्थामा साइबर डकैती भएको छ । इतिहासकै सबैभन्दा डरलाग्दो साइबर डकैतीको निशाना बनेका बैंक तथा वित्तिय संस्थाहरुबाट गरी साइबर आक्रमणकारीहरुले १ अर्ब डलर भन्दा बढि रकम चोर्न सफल भएको कम्प्युटर सेक्युरिटी कम्पनी क्यास्पर्स्की ल्याबले जनाएको छ । साइबर डकैतीको यो सिलसिला सन् २०१३ देखि सुरु […]

२०७१ फाल्गुन ५ गते, मंगलवार

मध्य प्रदेशमा बस पल्टिदा १० को मृत्यु, ४० घाइते

काठमाडौ । भारतको मध्य प्रदेशको धार जिल्लामा मंगलवार बिहान एक निजी बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । धार जिल्लाको मछलिया घाटमा बस अन्य ४० जना यात्रु घाइते भएका छन् ।इन्दौरबाट राजस्थानको गलियाकोट जाँदै गरेको बस दुर्घटनामा परिेको अधिकारीहरुले जनाएका छन् । यो बस मछलियाघाटबाट अगाडि बढिरहेको बसलाई चालकले नियन्त्रणमा लिन नसक्दा घाटमा […]

२०७१ फाल्गुन ५ गते, मंगलवार

आइएसद्वारा २१ जना इसाइको टाउको काटेर हत्या

काठमाडौं, ४ फाल्गुन । इस्लामिक स्टेटका लडाकूले अपहरण गरी आफ्नो कब्जामा लिएका २१ जना इसाइको टाउको काटेर हत्या गरेका छन् । लिबियाबाट अपहरित २१ जनालाई शीरच्छेदन गरी हत्या गरेको भिडियोमा आईएसले जारी गरेपछि यो तथ्य खुलेको हो । आइएससम्बन्धित लिबियाली जेहादीहरुले यो भिडियो इन्टरनेटमा राखेका हुन् । अपहरित सबै ईजिप्टका काप्टिक इसाइ रहेको र उनीहरुलाई […]

२०७१ फाल्गुन ४ गते, सोमबार

कोपेनहेगनमा गोलाबारी

काठमाडौ, ३ फागुन ।डेनमार्कको राजधानी कोपेनहेगनमा गोलाबारी हुँदा प्रहरी सहित केहि अरु घाइते भएका छन् । प्रहरीका अनुसार कोपेनहेगनमा यहूदी पूजास्थलमा गोलाबारी भएको हो । गोलाबारीमा २ जना प्रहरी अधिकारी घाईते भएका छन् अरु केहि घाइतेको अवस्था गम्भिर छ । प्रहरीले घटनापछि आक्रमणकारी भागेकोे अनुमान गरेको छ । यस अघि त्यहाँको एउटा क्याफेमा पनि आक्रमण […]

२०७१ फाल्गुन ३ गते, आईतवार