बिश्व

राष्ट्रमण्डलको शिखर बैठक आजबाट

कोलम्बो, २९ कार्तिक । श्रीलंकाको कोलम्बोमा आजबाट राष्ट्रमण्डल अर्थात कमनवेल्थको शिखर बैठक सुरु हुँदैछ । बैठकका लागि कमनवेल्थका सदस्य राष्ट्रहरुका सरकार प्रमुख तथा प्रतिनिधि कोलम्बो पुगिसकेका छन् । शिखर बैठकको बेलायती राजकुमार चाल्र्सले उद्घाटन गर्दै छन् । बेलायती महारानी एलीजावेथ द्धितीयलाई राष्ट्रमण्डल प्रमुखको रुपमा प्रतिस्थापन गरेका राजकुमार चाल्र्सले पहिलो पटक बैठकको उद्घाटन गर्न लागेका हुन् […]

२०७० कार्तिक २९ गते, शुक्रबार

चिनमा दश वर्षे नयाँ आर्थिक सुधार योजना

काठमाडौ, २८ कार्तिक । चिनियाँ कम्युनिष्ट नेताहरुले आगामी दश वर्षका लागि नयाँ आर्थिक सुधारको योजना लागुू गर्ने निर्णय गरेका छन् । शुक्रबारबाट बेइजिङमा सुरु भएको बैठकले स्वतन्त्र बजारसंग सरकारको सम्बन्ध सुधार गरी आर्थिक विकास गर्ने निर्णय गरेको हो । तेस्रो प्लेनम बैठकपछि सरकारका तर्फबाट एक वक्तव्य जारी गर्दै आर्थिक सुधारका लागि स्वतन्त्र बजारको ठूलो भूमिका […]

२०७० कार्तिक २८ गते, बिहीबार

बेलायती प्रधानमन्त्रीलाई श्रीलंकाको चेतावनी

२८ कात्तिक – श्रीलंकाले बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई युद्ध अपराधको आरोपका विषयमा प्रश्न नगर्न चेतावनी दिएको छ । प्रधानमन्त्री क्यामरुनले श्रीलंकामा भएको राष्ट्रमण्डल सम्मेलनमा जानु अघि श्रीलंकाले युद्धअपराधका विषयमा जवाफ दिनुपर्ने बताउनुभएको थियो । उहाँले सम्मेलन बहिष्कार गर्न श्रीलंकाली विपक्षी दलले गरेको आग्रह अस्वीकार गर्दै श्रीलंकाको मानवअधिकारको विषयमा आवाज उठाउन श्रीलंका जाने बताउनुभएको थियो । […]

२०७० कार्तिक २८ गते, बिहीबार

फिलिपिन्समा राष्ट्रिय संकट घोषणा

मनिला, २७ कार्तिक – फिलिपिन्सका राष्ट्रपति बेनिग्नो अक्विनोले हायान आँधीबाट भएको व्यापक विनाशपछि राष्ट्रिय संकटको घोषणा गरेका छन् । त्यहाँ अपूरणीय मानवीय, भौतिक र आर्थिक क्षति भएको छ, जसको अनुमान गर्नसमेत कठिन छ । सबभन्दा बढी क्षति लेट प्रान्तको राजधानी टक्लोबानमा भएको छ । त्यहाँ १ करोड १० लाख प्रभावित र ६ लाख ७३ हजार […]

२०७० कार्तिक २७ गते, बुधबार

फिलिपिन्समा आँधीबाट मर्नेको संख्या सय नाघ्यो

२३ कार्तिक । फिलिपिन्समा शक्तिशाली समुद्री आंधी “हाइयान” का कारण मर्नेको संख्या कम्तिमा सय पुगेको छ । आंधीबाट ताक्लोवान लगायत मध्य फिलिपिन्सका शहरहरु बढी प्रभावित भएका छन् । गत महिना आएको भूकम्पबाट प्रभावित क्षेत्र नै हाइयान आंधीको प्रभावमा परेका छन् ।यो वर्षकै शक्तिशाली मानिएको यस आंधीका कारण सयौं घरका छानाहरु उडाएका छन् भने विद्युत , […]

२०७० कार्तिक २३ गते, शनिबार

मुसरफ नजरबन्दमुक्त

पाकिस्तान , २१ कात्तिक, – पाकिस्तानका पूर्व सैनिक शासक परवेज मुसरफ नजरबन्दबाट मुक्त भएका छन् ।सन् २००७ मा इस्लामावादको एक मस्जिदबाट विद्रोहीलाई हटाउन सेना प्रयोग गरेको आरोपमा अदालतले जमानत स्वीकार गरेपछि मुसरफ नजरबन्दबाट मुक्त भएका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । नजरबन्दबाट मुक्त भएपनि उनले देश भने छोड्न पाउने छैनन ।बेलायतमा ४ वर्षको स्वनिर्वासनपछि गतएको […]

२०७० कार्तिक २१ गते, बिहीबार

युसुफको टेलिभिजन कार्यक्रम बन्द

कायरो, १७ कार्तिक – इजिप्टका प्रसिद्ध व्यंग्यकार बासेम युसुफको टेलिभिजन कार्यक्रम बन्द गरिएको छ । यो कार्यक्रम प्रसारण हुन केही समय बाँकी छँदै बन्द गर्ने आदेश आएको थियो ।प्रस्तोता र निर्माताले सम्पादकीय नीतिलाई नमान्दा र बढी रकम माग गरेको सीबीसी च्यानलले जनाएको छ । च्यानलले शुक्रबार साँझ बयान जारी गरेर यो निर्णयको घोषणा गरेको थियो […]

२०७० कार्तिक १७ गते, आईतवार

थाइल्याण्डमा राजनीतिक क्षमादान विधेयक पारित

कात्तिक १५ – थाइल्याण्डको तल्लो सदनले राजनीतिक क्षमादान सम्बन्धि विधेयक पारित गरेको छ ।विधेयक अनुसार यस्तो क्षमादान पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा अपदस्थ भएपछि भएको राजनीतिक अशान्तिका क्रममा भएका अपराधका लागि लागू हुनेछ ।विधेयकका समर्थकहरुले यो विधेयकले सन् २००६ मा भएको राजनीतिक उथुलपुथुलका बेला भएका घटनामा विशेष जोड दिएको दावी गरेपनि विपक्षी डेमोक्रेटिक पार्टीले राजनीतिक क्षमादानले […]

२०७० कार्तिक १५ गते, शुक्रबार

‘जर्मनी चान्सलरको फोन २००२ देखि गुप्तचरी’

लण्डन,१० कार्तिक – अमेरिकाले सन् २००२ देखि नै जर्मनी चान्सलर एन्जेला मर्केलको फोनमा गुप्तरी गर्ने गरेको एक जर्मनी पत्रिकाले आरोप लगाएको छ । उसले यसबारेको सम्पूर्ण विवरण आफूसँग भएको दाबी गरेको छ । उसले एमेरिकी जासुसी निकाय नेशनल सेक्युरिटी एजेन्सीको विवरणमा मर्केलको नाम नम्बर एकमा रहेको उल्लेख गरेको छ ।मर्केल चान्सलर हुनु अघिदेखि नै अमेरिकाको […]

२०७० कार्तिक १० गते, आईतवार

अमेरिकाप्रति जर्मन आक्रोषित

७ कार्तिक । विभिन्न देशका महत्वपुर्ण व्यत्तीका टेलिफोन रेकर्ड गरेर जासुस गरेको खबर सार्वजनिक भएसँगै अमेरिका प्रति कुटनैतिक आक्रोश बढ्दै गएको छ । अमेरिकाको विरोध गर्नेमा जर्मन चान्सलर एन्जेला मर्केल पनि थपिएको छ । यस अघि रसियन प्रधानमन्त्री दिमित्री मेदभेदेभ र ब्रजिलियन राष्ट्रपति राउसेफ डिल्माले पनि अरुको फोन रेकर्ड गरेर जासुस गर्ने अमेरिकी नितिको बिरोध […]

२०७० कार्तिक ७ गते, बिहीबार