बिश्व

अमेरिकाद्वारा युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र प्रयोग गर्न स्वीकृति

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई उपलब्ध गराएको लामो दुरीका क्षेप्यास्त्र प्रयोग गरी रुसमा आक्रमण गर्न युक्रेनलाई स्वीकृति दिएका छन् । बाइडेनले यो कदम अमेरिकी नीतिको ठूलो परिवर्तन भएको पुष्टि गर्दै लामो दुरीको क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिएको हो ।महिनौंदेखि युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकालाई लामो दुरीको क्षेप्यास्त्र प्रयोग माथिको प्रतिबन्ध हटाउन आग्रह गर्दै […]

२०८१ मंसिर ३ गते, सोमबार

‘रुससँगको युद्ध कूटनीतिक माध्यमबाट अन्त्य गर्न चाहन्छु’

काठमाडौँ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रेडियो आउटलेट सस्पिल्नेसँगको कुराकानीमा रुससँगको युद्ध कूटनीतिक माध्यमबाट अन्त्य गर्न चाहेको बताएका छन् । जेलेन्स्कीले यो युद्ध अर्को वर्ष अन्त्य होस् भनेर सक्दो प्रयास गर्नुपर्ने बताएका छन् । ‘हामीले कूटनीतिक माध्यमबाट युद्ध अन्त्य गर्नुपर्छ, यो धेरै महत्वपूर्ण छ,’ उनले भनेका छन् ।अमेरिकाको राष्ट्रपति पद डोनाल्ड ट्रम्पले सम्हालेपछि रुस–युक्रेन युद्ध […]

२०८१ मंसिर २ गते, आईतवार

ट्रम्पद्वारा २७ वर्षीया क्यारोलिनलाई प्रेस सचिवमा नियुक्त

काठमाडौँ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २७ वर्षीया क्यारोलिन लेभिटलाई ह्वाइट हाउसको प्रेस सचिवमा नियुक्त गरेका छन्। हाल आफ्नो प्रवक्ता समेत रहेकी लेभिटलाई ट्रम्पले प्रेस सचिव बनाएका हुन्।ट्रम्पले विज्ञप्तिमार्फत क्यारोलिनको प्रशंसा गर्दै भनेका छन्- ‘क्यारोलिन लेभिटले मेरो ऐतिहासिक अभियानमा राष्ट्रिय प्रेस सचिवको रूपमा अभूतपूर्व काम गरिन्। उनलाई ह्वाइट हाउसको प्रेस सचिवको रूपमा घोषणा गर्न […]

२०८१ मंसिर १ गते, शनिबार

दक्षिण अफ्रिकाद्वारा अवैध सुन खानीमाथि कारवाही !

काठमाडौँ । दक्षिण अफ्रिकाले अवैध सुन खानीले कानुनी रुपले सबै मापदण्ड पु-याएर सञ्चालित खानीको व्यवसाय बिग्रिएको र अर्थतन्त्रमै नकारात्मक असर परेको भन्दै कारवाही तीव्र पारेको छ । सरकारले झण्डै चार हजार अवैध आप्रवासी कामदार बसेको भूमिगत अखडामा आपुर्ति कटौती गरिएको छ । सुन खानीका भूमिगत अखडाबाट बाहिर आएर प्रहरी प्रशासनलाई सहयोग गर्न गरेको आग्रह नमानेपछि […]

२०८१ कार्तिक ३० गते, शुक्रबार

इजरायलले हिजबुल्लाहविरुद्ध कारबाही चर्कायो

काठमाडौँ । इजरायली सेनाले हिजबुल्लाह समूहविरुद्ध दक्षिणी लेबनानमा जारी कारबाहीलाई थप विस्तार गरेको छ। इजरायली रक्षा मन्त्री इस्रायल काट्जले स्थल सेनाको अभियान विस्तार गरिएको जानकारी दिए। इजरायलले गत महिनाको सुरुमा सीमित स्थल सेना परिचालनको घोषणा गरेको थियो। यसअघि मंगलबार र बुधबार इजरायली सेनाले बेरुतको दक्षिणी क्षेत्रमा २० भन्दा बढी हवाई आक्रमण गरेको थियो भने हिजबुल्लाह […]

२०८१ कार्तिक २९ गते, बिहीबार

स्पेनमा भारी वर्षा र बाढी !

काठमाडौँ । स्पेनको राष्ट्रिय मौसम कार्यालय एमेटले दक्षिणी भेगमा लगातारको वर्षा र बाढी आएको जानेको छ । वर्षा र बाढीका कारण मालागा क्षेत्रका हजारौं मानिस विस्थापित भएका छन् । एमेटले मालागा र उत्तरपूर्वी क्याटालोनिया क्षेत्रमा शुक्रबारसम्म बलियो वर्षाको संभावना देखिएकोले उच्च सतर्कतामा राखेको छ । मालागाको पर्यटकीय क्षेत्रहरु मार्बेला, भेलेज र एस्टेपोना डुबानले प्रभावित भएका […]

२०८१ कार्तिक २९ गते, बिहीबार

इन्डोनेसियाको लेवोटोबी ज्वालामुखी विस्फोट

काठमाडौँ । इन्डोनेसियाको लेवोटोबी ज्वालामुखी विस्फोट भएको छ। ज्वालामुखी विस्फोटपछि अस्ट्रेलिया, हङकङ, भारत, मलेसिया र सिंगापुरलगायतका एयरलाइन्सहरूले बुधबार इन्डोनेसियाको पर्यटकीय टापु बाली जाने उडानहरू रद्द गरेका छन्। ज्वालामुखीले विमानस्थल नजिकैको आकाशको केही किलोमिटर टाढादेखि खरानीले टावरलाई ढाकेपछि उडानहरू रद्द गरिएको एयरलाइन्सहरूले जनाएका छन्।अष्ट्रेलियाको जेटस्टार, क्वान्टास र भर्जिन अष्ट्रेलियाले फ्लोरेस टापुको माउन्ट लेवोटोबी लाकी-लाकीले एक दिनअघि […]

२०८१ कार्तिक २८ गते, बुधबार

इजरायलले मध्यपूर्वमा गरिरहेको आक्रमण तत्काल रोक्न माग

काठमाडौँ । साउदी अरबको रियादमा सम्पन्न अरब र इस्लामिक देशहरूको आपत्कालीन शिखर सम्मेलनले इजरायलले मध्यपूर्वमा गरिरहेको आक्रमण तत्काल रोक्न माग गरेको छ । सम्मेलनले इजरायलको निन्दा गर्दै आक्रमण तत्काल रोक्न माग गरेको बीबीसी हिन्दीले जनाएको छ ।सम्मेलनमा सहभागीहरूले गाजा र लेबनानमा इजरायलले नरसंहार गरेको बताएका छन् । सम्मेलनले संयुक्त प्यालेस्टाइनलाई पूर्णरूपमा स्वतन्त्र राज्यको मान्यता दिन […]

२०८१ कार्तिक २८ गते, बुधबार

ट्रम्पद्वारा एलन मस्कलाई डिओजीई प्रमुखमा नियुक्त

काठमाडौँ । राष्ट्रपतिको चुनावमा सघाएका एलन मस्कलाई डोनाल्ड ट्रम्पले ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डिओजीई) प्रमुख पदमा नियुक्त गरेका छन् । डिओजीई क्याबिनेट पद नभए पनि यसले सरकारी खर्च कटौती र दक्षता सुधार गर्ने कार्य गर्छ ।यसैगरी, ट्रम्पले मस्क नेतृत्वको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डिओजीई)मा भारतीय मुलका विवेक राधास्वामीलाई पनि नियुक्त गरेका छन् । नियुक्तिबारे जानकारी […]

२०८१ कार्तिक २८ गते, बुधबार

उत्तर कोरियाद्वारा रूससँगको सुरक्षा सम्झौता अनुमोदन

काठमाडौँ । कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) का अनुसार उत्तर कोरियाले रुससँग गरेको ऐतिहासिक सुरक्षा सम्झौता अनुमोदन गरेको छ। यसले सुरक्षा सहयोगलाई अझ प्रगाढ बनाएको छ। यसै सम्झौताका आधारमा प्योङयाङले मस्कोलाई युक्रेनविरुद्ध लड्न मद्दत गर्न हजारौं सैनिक पठाएको हो। यो सम्झौताले शीतयुद्धदेखि सहयोगी रहेका दुई समाजवादी मुलुकबीच महिनौँदेखिको सैन्य सम्बन्धलाई औपचारिकता दिएको छ ।सियोल र […]

२०८१ कार्तिक २७ गते, मंगलवार