२४ घण्टामा थप ९० जनामा कोरोना

२०७९ असार २१ गते, मंगलवार


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ । पछिल्लो २४ घण्टामा ३ हजार १ यस १२ जनाको को नमूना परीक्षण गरिएको थियो । १ हजार ९ सय ४४ ले पीसीआर र १ हजार १ सय ६८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९० जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मंगलबार २० जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ४ सय १ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]