अखिल (क्रान्तिकारी) को पहलमा कुवेतमा बन्धक बनाइएकी महिलाको उद्दार

२०७९ मंसिर २२ गते, बिहीबार


काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) को पहलमा कुवेतमा बन्धक बनाइएकी एक नेपाली महिलाको उद्दार गरिएको छ ।बर्दिया जिल्लाको बासगढी नगरपालिका वडा नम्बर २ निवासी वर्ष २३ कि रेखा रोकायालाई एक स्थानीयले काममा लगाइदिन्छु भन्दै भारत हुँदै कुवेत पुर्यायपछि उनलाई बन्धक बनाइएको हो ।
सुर्खेतको मालारानीका गोविन्द ओलीले रेखालाई तीन महिना अघि आकर्षक रोजगारीको व्यवस्था गरिदिन्छु भन्दै नेपालबाट भारत हुँदै कुवेत पुर्याएका हुन् ।
” कुवेतमा रोकायलाई राखिएको घरबाट उनी भाग्न सफल भएर एक नेपाली महिलाको सम्पर्कमा आएपछि उद्दारका लागि पहल गरिदिन भन्दै एक भिडियो क्लिप उनका आफन्तबाट अखिल (क्रान्तिकारी) को जानकारीमा आएपछि हामीले उद्दारका लागि पहल गर्ने निर्णय गर्यौ र त्यसका लागि विद्यार्थी नेतृ तारा सञ्ज्यालको नाममा मानव वेचबिखन तथा अनुसन्धान व्युरोमा १६ दिन पहिले उजुरी दर् गर्यौ”क्रान्तिकारी विद्यार्थी नेता लाेकेश जोशीले भने ।
अखिल (क्रान्तिकारी) को तर्फबाट तारा सञ्ज्यालले ठाडो उजुरी दिएपछि नेपाल स्थित मानव वेचबिखन तथा अनुसन्धान व्युरोले पहल थाल्यो र कुवेत स्थित गैर आवासीय नेपाली संघ, नेपाली राजदुतावास लगायत पत्रकार सहितको प्रयासमा रेखालाई उद्दार गरि मङ्गलबार राती २ बजे काठमाडौँ ल्याइएको हो । बन्धक बनाइएकी रेखालाई फसाउने कार्यमा संलग्न गोविन्द ओलीलाई मानव वेचबिखन तथा ओसारपसार ऐन अन्तर्गत मुद्दा चलाउने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार

मापदण्ड विपरीतका औषधि बरामद

२०८२ कार्तिक ८ गते, शुक्रबार