हेल्लो गृह कल सेन्टर सञ्चालन
काठमाडौँ। गृह मन्त्रालयले नागरिकका गुनासा सम्बोधनका लागि ‘हेल्लो गृह कल सेन्टर’ सञ्चालनमा ल्याएको छ। मन्त्रालयले नागरिकका गुनासा तथा मन्त्रालयको कार्य सम्पादनलाई थप प्रभावकारी, पारदर्शी तथा चुस्त बनाउ कल सेन्टर सञ्चालनमा ल्याइएको जानकारी दिएको छ।
मन्त्रालयको गुनासो व्यवस्थापन शाखा मार्फत कल सेन्टर सञ्चालन त्यहाँ टोल फ्री नम्बर, इमेल, मोबाइल र क्यूआरमार्फत गुनासा तथा सुझावहरू कल सेन्टरमा पठाउन सकिने जनाइएको छ।
