चिकित्सा आयोगद्वारा आगामी शैक्षिक वर्षको क्यालेन्डर सार्वजनिक

२०८१ फाल्गुन २९ गते, बिहीबार


काठमाडौँ । चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक वर्षको क्यालेन्डर सार्वजनिक गरेको छ । स्नातक, स्नातकोत्तर, स्पेसियालिटी र डिएम, एमसिएच एवम् सवस्पेसियालिटी तहको प्रवेश परीक्षाको वार्षिक शैक्षिक क्यालेन्डर आयोगले सार्वजनिक गरेको हो।
शैक्षिक वर्ष २०८२-२०८३ को क्यालेन्डर अनुसार स्नातक तहको प्रवेश परीक्षाको लागि आयोगले २०८२ साउन दोस्रो साता आवेदन खोल्नेछ।
असोज पहिलो साता एकीकृत प्रवेश परीक्षा सञ्चालन हुनेछ भने स्नातकोत्तर तह (पीजी)को एकीकृत परीक्षाका लागि २०८२ मंसिर पहिलो साता फारम खुल्नेछ र माघ दोस्रो साता प्रवेश परीक्षा हुनेछ । २०८३ वैशाख पहिलो साता पीजीको कक्षा प्रारम्भ हुनेछ ।
डिएमरएमसिएच एवम् सवस्पेसियालिटीका लागि असार दोस्रो साता आवेदन खुल्ने, साउन दोस्रो साता प्रवेश परीक्षा हुने र कार्तिक पहिलो साता कक्षा प्रारम्भ हुने क्यालेण्डरमा उल्लेख गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार