बह सुन्ने जागिर

२०७३ श्रावण १२ गते, बुधबार

काठमाडौं, १२ साउन । जापानमा एउटा नयाँ ट्रेन्ड देखिएको छ। एक्लो महशुस गरिरहेका वृद्धवृद्धा र समस्यामा फसेका किशोर किशोरी आफ्नो कुरा शेयर गर्नका लागि भाडामा मान्छे लिने गरेका छन् । जोसँग उनीहरु परिवारसँग गर्न नसकिएको कुरा सजिलै गर्न सक्छन् ।
जापानमा यी कुरा सन्नेहरुलाई ‘ओस्सान’ भन्ने गरिएको छ। ओस्सानले एक घण्टाकै एक हजार येनसम्म लिएर यस्तो काम गर्ने गरेका छन् । त्यसैमध्येका हुन् तकानोबू निशिमोतो पनि । उनको टिममा ४५–५५ जना पुरुष छन् । तकानोबु भन्छन्–हाम्रा ग्राहकमध्ये ठुलो हिस्सा स्कुले गर्ल्सहरुको छ । जो आफ्नो सपना टुटेका कारण निकै दुःखी हुने गर्दछन् । उनी भन्छन्–मेरा लागि यो एउटा शौखको काम हो । यो अवधारणा मैले नै लन्च गरेको थिएँ । म चाहन्थेँ कि हामी जस्ता युवालाई मानिसहरुले गम्भीरताका साथ लिउन् । त्यसैले यो प्रयोग गरिएको थियो । अब हाम्रो ६० जनाको टिम छ, जसले पूरा देशमा सेवा दिने गरेको छ।
तकानोबूका अनुसार उनी हरेक महिना ३०–४० जनालाई सेवा दिने गर्दछन् । यसमध्ये ७० प्रतिशत युवती हुने गर्दछन् । थरिथरिका मानिस भेटिन्छन् । जस्तो कि करिब ८० वर्षकी महिला हरेक साता मलाई पार्कमा भेट्छिन् । मत उनको छोरा सरह हुँ । एक जना विद्यार्थी थिए जो विजनेशमा केही गर्न चाहन्थे । तर उनले परिवारको सहयोग पाएनन् । उनी निराश बनेका थिए । यस्तै एक जना कर्मचारी थिए जो जान्न चाहन्थे कि कम्पनीका निर्देशसँग कस्तो व्यवहार गर्ने हो ।
तकोनोबु भन्छन्, जापान अहिले सामाजिक विच्छेदसँग संघर्ष गरिरहेको छ । जसमा मानिसहरु सामाजिक रुपमा घुलमिल गर्नुको सट्टा घरमा बस्न रुचाउँछन् र हताश हुने गर्दछन् । उनले भने–म उनीहरुलाई यसरी तयार गरिदिन्छु कि उनीहरु चुनौतिको सामना गर्न सकुन् र समाजमा स्वयमलाई संलग्न गर्न पाउन् ।
जसले यो सेवा लिएका छन् उनीहरुका अनुसार सेवा लिएपछि उनीहरु परिवार र साथीहरुको अपेक्षा भुलेर स्वयमलाई प्रकट गर्न थाले । जापान जस्तो कडा सामाजिक बन्धन भएको देशमा यो सुखद परिवर्तन हो । २४ वर्षका नोदोका हायोदो भन्छिन्–यो सेशनपछि मैले सबै सम्बन्धमा आफ्नो महत्व बनाए । चाहे साथी हुन्, परिवार वा बायफ्रेण्ड । यो कुराकानी मा सबै कुरा समाधान भयो । किनभने हामी जोसँग कुरा गरिरहेका छौ, उसलाई हामीले चिनेकै छैनौ । यसमा मैले स्वयमलाई उत्तम तरिकाले बुझ्न सकेँ ।
ग्राहकहरु यो सेवा नक्कली साथी, परिवारजन वा नातेदारका रुपमा लिइरहेका छन् । उनीहरुलाई विवाह, पार्टी, कसैको मृत्यु वा विभिन्न अवसरमा बोलाउने गरिएको छ। तकानोबु भन्छन्, कतिपय अवस्थामा मैले यो सबै बन्द गर्ने कोशिस पनि गरेँ । तर मैले महशुस गरेँ कि ग्राहकलाई जति मेरो आवश्यकता छ, त्योभनदा कयौ बढी मलाई उनीहरुको आवश्यकता छ। कतिपय अवस्थामा विचित्रका ग्राहक पनि भेटिन्छन् । त्यसैले डर पनि लाग्छ । तर मलाई यो सबै रोचक लाग्छ । मलाई निकै अनौठा भावुक अनुभूतिहरु भएका छन् ।
तथ्य
–जापानमा सन् २०१५ सम्म अबेर रातिसम्म डान्सिङ पार्नु गर्नु गैरकानुनी थियो ।
–जापानमा हरेक वर्ष १५ सय भूकम्पको झड्का महशुस गर्ने गरिन्छ ।
–जापानमा ५०,००० भन्दा बढी मानिस यस्ता छन् जसको उमेर १ सय वर्षभन्दा बढी छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]