एमसीसी खारेजी माग गर्दै कानुनमन्त्री बडुको घरमा कालो झण्डा र ब्यानर झुण्ड्याइयो !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दार्चुलाले एमसीसी खारेजी माग गर्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुको घरमा कालो झण्डासहित ब्यानर झुण्ड्याएको छ । सो पार्टीले ‘राष्ट्रघाती’ एमसीसी खारेज गर्न माग गर्दै बिहीवार महाकाली नगरपालिका-५ नमस्कारस्थित मन्त्री बडुको घरमा कालो झण्डा र ब्यानर झुण्ड्याएको हो ।
नेकपा दार्चुलाका इन्चार्ज भरत मल्लले मन्त्री बडुले ‘राष्ट्रघाती’ एमसीसी पारित गराउन सहयोग गरेका कारण विरोध स्वरुप उनको घरमा कालो झण्डा र ब्यानर लगाइएको बताए । उक्त ब्यानरमा ‘राष्ट्रघाती एमसीसी खारेज गर, राष्ट्रिय स्वाधीनताको रक्षा गर, देश बेच्न पाइदैन, दलाल सरकार चाँहिदैन’ लगायतका नारा लेखिएको छ ।