रामपुरा बुढा ‘बोहरा’को असामयिक निधनप्रति श्रद्धाञ्जली

२०७९ असार ५ गते, आईतवार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले रामपुरा बुढा ‘बोहरा’को असामयिक निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको निधनले शोकाकुल भएका परिवारजनप्रति धैर्यधारणको कामनासहित समवेदना प्रकट गरेका छन । महासचिव विप्लवले आज एक शोक वक्तव्य जारी गर्दै सो समवेदना प्रकट गरेका हुन् ।
महासचिव विप्लवद्वारा जारी शोक बक्तब्यमा भनिएको छ – ‘तत्कालीन सरकारले लगाएको प्रतिबन्धको क्रममा २०७७ पौष १९ गते कमरेड रामपुराका श्रीमान दुर्गबहादुर बोहरा “दोभान’ पक्राउ परी हाल जेलमा रहनु भएको छ भने कमरेड रामपुरा महान जनयुद्धको योद्धा हुनुहुन्छ । एकातिर राज्यले स्वास्थ्यलाई मौलिक अधिकारको रुपमा स्वीकार गरेको छ भने अर्कातिर कर्णालीलगायत देशका दुर्गम जिल्लामा आधारभूत स्वास्थ्य सेवामा समेत नागरिकको पहुँच नहुँदा अकालमै ज्यान गुमाउनु परेकोले यसप्रति संवेदनशील हुन सम्बन्धित निकायलाई अनुरोध गर्दछौँ ।”

प्रतिक्रियाहरु

[anycomment]