नेकपाका महासचिव विप्लवद्धारा लोकपालप्रति श्रद्धाञ्जली व्यक्त

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाल कम्युनिष्ट पार्टीका विशेष कमिटी सदस्य, सल्यान जिल्ला समितिका पुर्व इन्चार्ज तथा सल्यानका लोकप्रिय नेता महेन्द्र के.सी.’लोकपाल’को असामयिक निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकमग्न सम्पूर्ण परिवार र आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन ।
महासचिव विप्लवद्वारा जारी शोक विज्ञप्तिमा भनिएको छ -‘हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टीका विशेष कमिटि सदस्य, सल्यान जिल्ला समितिका पुर्व इन्चार्ज, सल्यान जिल्लाका लोकप्रिय नेता क.महेन्द्र के.सी.‘क।लोकपाल’को असामयिक निधनले हामी स्तब्ध भएका छौ । घटनास्थलका कतिपय शंकास्पद अवस्थाबारे पनि अध्ययन भइरहेकोछ ।
विगत जनयुद्धदेखि हाल एकीकृत जनक्रान्तिका क्रममा समग्र क्रान्ति र सल्यानी जनसमुदाय प्रतिको वहाँको योगदान सदैव स्मरणीय हुनेछन् । वहाँको निधनले पार्टी आन्दोलनमा निकै क्षति भएकोछ । हाम्रो पार्टी क।लोकपालप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै शोकमग्न सम्पूर्ण परिवार र आफन्तजन प्रति हार्दिक समवेदना प्रकट गर्दछौ ।’