नेकपाको वेबसाईट www.cpnpl.org उद्घाटन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले पार्टीको वेबसाईट www.cpnpl.org औपचारिक रुपमा उद्घाटन गरेको छ। कपिलवस्तुस्थिति शिवगढीमा रहेको पार्टीको केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रमबीच महासचिव विप्लव सिले वेबसाईटको उद्घाटन गरेका हुन । शनिबार देखि प्रारम्भ गरिएको www.cpnpl.org को माध्यमबाट पार्टीका विचार , दृष्टिकोणबारे नियमित जानकारी गर्ने, पार्टी सदस्यहरुको व्यक्तिगत विबरण अध्यावधिक गर्ने र अन्य नियमित सूचना र जानकारी सम्प्रेषण गर्ने उद्देश रहेको कुरा सूचना तथा सञ्चार विभाग इन्चार्ज तथा पार्टी पोलिटव्युरो सदस्य प्रज्वलन सिले जानकारी दिएका छन ।

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यालयमा भएको कार्यक्रममा स्थायी कमिटी सदस्य तथा प्रवक्ता प्रकाण्डसहितका केन्द्रिय नेताहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता विषम सिले गरेका थिए भने पोलिटब्युरो सदस्य आस्था सिले कार्यक्रमको सञ्चालन गरेकि थिइन भने स्वागत मन्तब्य सूचना बिभागको सदस्य ममता सिले गरेकी थिइन् ।