जनवादी तथा प्रगतिशील गित ‘चुनाव’ सार्वजनिक हुदै

२०७९ कार्तिक १९ गते, शनिबार


काठमाडौँ । जनवादी तथा प्रगतिशील गीतकार प्रेम सी र बरिष्ठ जनवादी तथा प्रगतिशील संगीतकार चिरन सीको संयुक्त प्रस्तुति ‘चुनाव’ सार्वजनिक सार्वजनिक हुने भएको छ। यहि कार्तिक २० गते आईतवार भृकुटीमण्डपस्थित पर्यटन बोर्डको हलमा दिउसो १.३० देखि ४ बजेसम्म हुने उक्त समारोह नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको प्रमुख आतिथ्यतामा हुने आयोजकले जानकारी दिएका छन ।
प्रगतिशील तथा जनवादी श्रष्टाहरुको उपस्थितिमा सार्वजनिक गर्न लागिएको उक्त “चुनाव” गित सार्वजनिक समारोहमा जनवादी तथा प्रगतिशील श्रस्टालाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ। साथै आयोजकले सम्बन्धित सबैलाई उक्त कार्यक्रममा सहभागिताका लागि हार्दिक अनुरोध समेत गरेका छन ।

प्रतिक्रियाहरु

[anycomment]