नेकपाका महासचिव विप्लवद्वारा कम्युनिस्ट जनमतको प्रतिनिधित्व गर्ने उद्घोष

२०७९ माघ २६ गते, बिहीबार


काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले कम्युनिस्ट जनमतको प्रतिनिधित्व गर्ने उद्घोष गरेका छन। नेकपा उपत्यका ब्युरो र ताम्सालिङ ब्युरोद्वारा काठमाडौको कमलादीस्थित प्रज्ञाभवनमा संयुक्त रुपमा आयोजित कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै महासचिव विप्लवले सो उद्घोष गरेका हुन्। महासचिव विप्लव सी ले परिवर्तन , आन्दोलन र समाजवादी व्यवस्थाको अपेक्षा सहित कम्युनिस्टपार्टी र क्रान्तिकारी आन्दोलनप्रति भरोसा गरिरहेका मजदुर , किसान, युवा , रास्ट्रीय पुजिपति सहितको कम्युनिस्ट जनमतको नेतृत्व गर्ने दायित्व अब आफ्नो पार्टी नेपाल कम्युनिस्ट पार्टीको काधमा आएको उल्लेख गर्दै कम्युनिस्ट पार्टीहरुमा देखिएको धोका ,टुटफुट , सत्तास्वार्थ र विभाजनले निराश हुँदै गएको कम्युनिस्ट समर्थक जनमतलाई जोगाउने तथा समाजवादी आन्दोलन तर्फ बिश्वस्त गर्ने आफुहरुको मुख्य दायित्व भएको बताए। नेपालको राजनीति, अर्थतन्त्र , समाज व्यवस्थामाआएको संकट र उतारचढावले आफ्नो पार्टीलाई क्रान्तिकारी संकटमा बदल्ने अवसर दिएको भन्दै महासचिव विप्लवले यो परिस्थितिलाई पार्टीले भरपूर उपयोग गर्दै परिवर्तनशिल शक्ति र ब्यक्ति र नयाँ पुस्तालाई जागिर भन्दा जिन्दगी ठूलो र जिन्दगी भन्दा क्रान्ति महत्वपूर्ण हो भन्ने कुरा बुझाउदै , उत्प्रेरित गर्दै , समाजवादी क्रान्तिका लागि तयार गर्नुपर्ने बताए ।
महासचिव विप्लवले काठमाण्डौं भनेको क्रान्तिको केन्द्र पनि हो र साम्राज्यवादको अखडा पनि हो , त्यसैले यो दुवै परिस्थितिलाई बिचार गर्दै पार्टीलाई जनआधारित बनाउन र ६ महिने आवधिक योजनाका लक्ष्यहरु हासिल गर्न नेता कार्यकर्तालाई निर्देशन समेत दिए ।


नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज इन्चार्ज कृति सीको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य विषम सी, स्थायी कमिटी सदस्य गोकुल सी, केन्द्रीय सल्लाहकार संयोजक दीर्घ सी, पोलिट ब्युरो सदस्यहरु मिलन सी, प्रज्वल सी,बन्धु सी, आस्था सी, लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको जानकारी दिइएको छ।

प्रतिक्रियाहरु

[anycomment]