नेकपाका महासचिव विप्लव र समाजवादीका अध्यक्ष माधव नेपालवीच भेटवार्ता

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र नेपाल कम्युनिस्ट पार्टी समाजवादीका अध्यक्ष माधवकुमार नेपालवीच समाजवादी पार्टीको केन्द्रिय कार्यालयमा बिहिवार बेलुका भेटवार्ता भएको छ । भेटवार्ताको क्रममा मुलुकको जटिल र संकटपुर्ण आर्थिक राजनीतिक परिस्थिति , नेपालमा कम्युनिस्ट पार्टी र शक्तिहरुको नयाँ आधारमा धुर्विकरणको एतिहासिक आवश्यकता र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
हालै सम्पन्न नेकपाको केन्द्रिय समितिको तेस्रो बैठकले बिचार मिल्नेहरुसङ्ग पार्टी एकता गर्ने र मुद्दा मिल्नेहरु सङ्ग कार्यगत एकता गर्दै मुलुकको निराशपुर्ण परिस्थितिलाई चिरेर अघि बढ्ने निर्णय गरेसगै नेकपाले बिभिन्न राजनीतिक दलका नेताहरुसगको भेटघाटलाई तिब्रता दिएको छ।
यसैक्रममा महसचिव बिप्लव र प्रवक्ता प्रकाण्डले यसअघि प्रधानमन्त्री प्रचण्ड , एमाले अध्यक्ष केपि शर्मा ओली, माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी( शुसिल) लगाएतका कम्युनिस्ट नेताहरूसङ्ग भेटवार्ता गरिसकेका छन।